निरक्षरता उन्मूलनमा राष्ट्रिय साक्षरता अभियानका प्रभाव {Impact of National Literacy Campaign on Eradication of Illiteracy}
| dc.contributor.author | बास्तोला Bastola, इन्जकुमार Injkumar | |
| dc.date.accessioned | 2022-02-09T07:21:08Z | |
| dc.date.available | 2022-02-09T07:21:08Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | निरक्षरता उन्मूलनमा राष्ट्रिय साक्षरता अभियानका प्रभाव शीर्षक अन्तर्गत रहेर तयार पारिएको यो शोधपत्रको मुख्य उद्देश्य साक्षरता अभियान कार्यक्रमको प्रभावकारिताको लेखाजोखा गर्नु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणत्मक मिश्रित ढाँचामा रहेको छ । प्राप्त तथ्याङ्कलाई तालिका प्रस्तुत गरी प्रतिशतमा रुपान्तर गरेर आवश्यकता अनसार वृत्तचित्रको समेत प्रयोग गरी व्याख्या विश्लेषण गरिएको छ । यस शोध कार्यमा मोरङ्ग जिल्लामा संचालित कटहरी श्रोतकेन्द्र अन्तर्गतका ७ वटा गाविसहरु मध्ये थलाहा र भौडाहा गाविसअन्तर्गत संचालन भएका ४/४ वटा गरी ८ वटा साक्षरता कक्षाहरुलाई प्रतिनिधिमूलक जनसंख्या छनोट गरी प्रति कक्षा १० जनाका दरले ८० जना सहभागी, प्रति कक्षा १ जना स्वयंसेवकका दरले ४ जना स्वयंसेवक, प्रति गाविस १ जनाको दरले २ जना स्थानीय निरीक्षक गरी जम्मा ८६जनालाई नमूना जनसंख्या मानिएको छ । गाविस गत साक्षरता कक्षाका सहभागीलाई सामान्यसंभावनायुक्त विधिका आधारमा छनोट गरिएको छ । विकासका निर्माणका दृष्टिकोणले पछि परेका दलित, जनजाती, आदीवासीहरुको बाहुल्यता भएका र विशेषत महिला प्रौढहरुको सहभागीता बढी भएका साक्षरताका कक्षाहरुलाई नै नमूनाछनोटको आधारको रुपमा लिइएको छ । तथ्याङ्क तथा सूचना, सहभागी उपस्थिति विवरण फारम,अवलोकन फारम, प्रश्नावली, अन्तरवार्ता प्रश्नावली, जि.शि.काको अभिलेखको माध्यमबाट स्थलगत सर्वेक्षण गरी लिइएको थियो । शिक्षाविद, समाजसेवी, बौद्धिक वर्ग, गाविस, जि.शि.कासाथै यस अन्तर्गत रहेर खोजी कार्य गरी विश्लेषण गरिएका पूर्व प्रकाशित लेखरचना र कृतिहरुलाई तथ्याङ्क संकलनको प्रमुख आधारका रुपमा लिई तिनीहरुबाट प्राप्त तथ्याङ्कको व्याख्याएवं विश्लेषण गरिएको छ । अध्ययनबाट राष्ट्रिय साक्षरता अभियान कार्यक्रममा ८५ प्रतिशत महिलाहरुका सहभागिता रहेको पाइया । राष्ट्रिय साक्षरता अभियान कार्यक्रम निर्देशिका २०६५ तथा संशोधित समेतको आधारमा प्रतिकक्षा ३० जना सहभागी हुनुपर्नेमा औषत ३६.२५ प्रतिशत सहभागी देखिनुमा साक्षरता कार्यक्रमको सन्दर्भमा वितरण गरिएका कोटा न्यून भएकाले यस्तो अवस्था आएको पाइयो । साक्षरताका कक्षाहरुमा ३५ देखि ४५ बर्ष उमेर समूहको सहभागिता सबै भन्दाबढी भएको पाइएको छ । साक्षरता कार्यक्रममा सहभागी भएकाहरु मध्ये ४० प्रतिशत खेतिपाती,१७ प्रतिशत भट्टा तथा मजदुरी, १५ प्रतिशत उद्योग फ्याक्ट्री र अरु अन्य क्षेत्रमा काम गर्न पाइएको छ । अध्ययनबाट दलितको ४० प्रतिशत र जनजातीको २७ प्रतिशत त्यस्तै आदिवासीका २५ प्रतिशत तथा अन्यको बाँकी रहेको देखिएको छ । निर्देशिका अनुसार दैनिक २ घण्टाका दरले संचालन हुनु पर्ने कार्यक्रम २–३ घण्टा सम्म चलेको र कक्षा संचालन दिनको प्रतिशत भने ५४मात्र देखिनुले अनियमितता भएको अध्ययनबाट देखिन्छ । साक्षरता कक्षाका शुरुको भर्ना संख्या३६ प्रतिकक्षा रहेको र कार्यक्रमको अन्त्यमा २५ जना मात्र रहनुले २९ प्रतिशत अनियमितता देखिएको छ । घरायसी काम, केन्द्रको व्यवस्थापन, समय अनुकल नहुनु, घरका सदस्यको अवरोध ,स्वयंसेवकको व्यवहार, गर्मी तथा बर्षाद, बिरामी, झन्झट लाग्दो पठनपाठन, सुत्केरी, महिनावारीतथा अन्य कारणले गर्दा सहभागीहरु नियमित नभएको र बीचैमा कक्षा समेत छाडेको तथ्यअध्ययनबाट देखिएको छ । अध्ययनको क्रममा सहभागी आफै, साक्षरता स्वयंसेवक,साथीसंगतबाट अभिप्रेरणा बढी मिलेको पाइयो । साक्षरता अभियान कार्यक्रमले सहभागीहरुमा कार्यमूलक सीप वृद्धि भई व्यवहारिक परिवर्तनहरु भएको सकारात्मक पक्षहरु पनि देखिएको छ ।साक्षरता अभियान कार्यक्रममा सम्बन्धित गा.वि.स.को अनुगमनको स्थिति अत्यन्तै न्यून रहेको र सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट समेत प्रभावकारी अनुगमन भएको नपाइएकोले निरीक्षण अनुगमनको अवस्था अत्यन्त फितलो रहेको पाइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8161 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षा शास्त्र सङकाय,शक्षिक योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | निरक्षरता उन्मूलन Illiteracy Eradication | en_US |
| dc.subject | राष्ट्रिय साक्षरता National literacy | en_US |
| dc.subject | साक्षरता अभियान Literacy campaign | en_US |
| dc.title | निरक्षरता उन्मूलनमा राष्ट्रिय साक्षरता अभियानका प्रभाव {Impact of National Literacy Campaign on Eradication of Illiteracy} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
