रामप्रकाश समथिङका सौतेनी आमा, धनबहादुर सर, महलदेखि सडकसम्म उपन्यासको कृतिपरक अध्ययन{Ram Prakash Something's Stepmother, Dhan Bahadur Sir, a Master Piece of the Novel}}

dc.contributor.authorढकाल Dhakal, सुरेन्द्रप्रसाद Surendra Prasad
dc.date.accessioned2022-05-12T06:20:24Z
dc.date.available2022-05-12T06:20:24Z
dc.date.issued2019
dc.description.abstractत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङकाय, नेपाली विभागमहेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम स्नातकोत्तर तह, दोस्रो वर्षको नेपाली विषयको दशापत्रको प्रयोजनको लागि प्रस्तुत रामप्रकाश समथिङको सौतेनी आमा, धनबहादुर सर, सडकदेखि महलसम्म उपन्यासको कृतिपरक अध्ययन” शीर्षकको शोधपत्रलाई पाँच परिच्छेद भित्रका मूल शीर्षकमा विभाजन गरी आवश्यक उप शीषकहरू राखेर अध्ययन गरिएको छ । २०४९ बाट प्रवेश गरी निरन्तर साहित्यमा लागेका समथिङले नेपाली उपन्यास विधामा महत्वपूर्ण योगदान गरेका छन । उनले नेपाली साहित्यमा बहु विधामा कलम चलाएर नेपाली समाजमा हुने अन्याय अत्यचार, सामाजिक विसङगतिको चिरफार गर्र्दै सभ्य समाज निर्माणको लागि आवहन गरेका छन । प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय शीर्षक रहेको छ । शोधपत्रका शीर्षक, शोध प्रयोजन, समस्या कथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधपत्रका औचित्य, महत्व र उपयोगिता, सीमाङ्कन, शोधविधि, र शोधपत्रको रूपरेखा जस्ता शीर्षक दिएर यो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा रामप्रकाश समथिङको संक्षिप्त औपन्यासिक परिचय मूल शीर्षक रहेको छ । यसमा समथिङको संक्षिप्त जीवनी, र व्यक्तित्व कृति विवरण, साहित्यिक यात्राका चरणहरू र उनको मुख्य औपन्यासिक प्रवृत्तिहरू उल्लेख गरिएको छ । तेस्रो परिच्छेदमा उपन्यासका सैद्धान्तिक पक्षको अध्ययन मूल शीर्षक रहेको छ । यसमा उपन्यासको संक्षिप्त परिचय, व्युत्पति, उपन्यासको परिभाषा, विधागत स्वरूप,विकासक्रम, प्रवृत्ति, उपन्यासको प्रकारगत वगीकरण, तत्वहरू, उपन्यासको अन्य विधासँगको सम्बन्ध, आदिको चर्चा गरिएको छ । चांैथो परिच्छेदमा रामप्रकाश समथिङको सौतेनी आमा, धनबहादुर सर, सडकदेखिमहलसम्म उपन्यासको कृतिपरक अध्ययनमूल शीर्षक रहेको छ । यसमा विषय पवेश, सौतेनीआमा, धनबहादुर सर, सडकदेखि महलसम्म उपन्यासको विश्लेषण गरिएको छ । प्रवृत्तिगत आधारमा रामप्रकाश समथिङका औपन्यासिक प्रवृत्तिहरू आदिको चर्चा गरिएको छ । पाचौँ परिच्छेदमा उपसंहार एवम निष्कर्ष मूल शीर्षक दिएर अघिल्ला परिच्छेदहरूमा अध्ययन गरिएका विषयवस्तु र सामग्रीलाई सारांशको रूपमा चर्चा गर्दै समथिङ सामाजिक उपन्यासकार हुन भन्ने कुरा स्पष्ट पारिएको छ । यसप्रकार लामो समयदेखि साहित्य सवामा लागि परेका समथिङ वहुविधामा कलम चलाउने प्रतिभा हुन । यसमध्ये उनको उपन्यास विधा मुख्य रहेको छ । उनले आफ्ना उपन्यास मार्फत समाजमा रहेका साँस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक विसङगतिका माध्यमबाट समाज सुधारको चेतनालाई अभिव्यञ्जित गरेका छन । यी विकृति विसङगति जन्माउने तत्वलाई निमल पार्दै सभ्य समाजको निर्माण गर्नु पर्ने चेतना उनका आख्यानले प्रस्तुत गरेको छ । उनका २२ उपन्यास मध्ये ३ उपन्यास सौतेनी आमा, धनबहादुर सर,सडकदेखि महल सम्ममा समाजमा घटने विभिन्न समस्यालाई प्रस्तुत गरिएको छ । नारी समस्या, मजदुरको समस्या, सामाजिक असमानता, आर्थिक समस्या आदिलाई सफल रूपमा प्रस्तुत गर्दै सामाजिक उपन्यासकार बन्न सफल भएका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10276
dc.language.isoneen_US
dc.publisherनेपाली सङ्कायen_US
dc.subjectनेपाली उपन्यास Nepali novelsen_US
dc.subjectसौतेनी आमा Stepmotheren_US
dc.titleरामप्रकाश समथिङका सौतेनी आमा, धनबहादुर सर, महलदेखि सडकसम्म उपन्यासको कृतिपरक अध्ययन{Ram Prakash Something's Stepmother, Dhan Bahadur Sir, a Master Piece of the Novel}}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Ratna Multiple Campus, Ilamen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
103.89 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
740.44 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections