व्यवसायिक पशुपालनले ग्रामीण क्षेत्रका कृषकमा पारेको प्रभाव पोखरा लेखनाथ म.न.पा. वडा नं. १९, घार्मीमा आधारित समाजशास्त्रीय अध्ययन{Impact of Commercial Animal Husbandry on Rural Farmers: Pokhara Lekhnath Municipal Corporation Vada no. 19, Sociological study based on Gharmi}

dc.contributor.authorशर्मा Sharma, विजया Bijaya
dc.date.accessioned2022-07-13T10:42:14Z
dc.date.available2022-07-13T10:42:14Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोध पत्र “व्यावसायिक पशुपालनको ग्रामिण क्षेत्रका कृषकमा पारेको पभाव” शीर्षक अन्र्तगत, कास्की जिल्लाका पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ को गायत्री टोल विकास संस्था र माझथर टोल विकास संस्थाको क्षेत्रभित्र रही अध्ययन गरिएको छ । व्यवसायिक पशुपालनले यस क्षेत्रका किसानहरुको सामाजिक, आर्थिक अवस्थामा पारेको प्रभाव विश्लेषण गर्नुका साथै कृषकको जीवनस्तरमा पारेको सकारात्मक र नकारात्मक प्रभाव केलाउने कार्य यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनमा गायत्री टोल र माझथर टोलमा बसोबास गर्ने ११५ परिवार मध्ये व्यावसायिक पशुपालनका लागि जम्मा ४२ परिवारलाई मात्र छनोट गरिएको छ । सैद्धान्तिक व्याख्या र विश्लेषणको लागि आधुनिकीकरण सिद्धान्त, विकासको अवधारणा, आर्थिक सिद्धान्तको दृष्टिकोण प्रयोग गरिएको छ । शोध कार्यमा प्राथमिक र द्वितीय तथ्याङक संकलन गरिएको छ । प्राथमिक तथ्याङकको लागि प्रश्नावली अनुसूचि, अवलोकन विधि, वैयक्तिक अध्ययन र मुख्य जानकार व्यक्तिसँगको छलफलको पयोग गरिएको छ । द्वितीय तथ्याङक विभिन्न कार्यालय संघसंस्था आदिबाट प्राप्त तथ्याङकलाई लिइएको छ । यस शोधकार्यमा विभिन्न शीर्षकको तालिकामा तथ्याङक प्रस्तुत गरी प्रतिशत समेत छुटयाई आवश्यकता अनुरोध वर्णनात्मक रुपमा समेत प्रष्टयाइएको छ । यस कार्यका लागि एक अवधारणात्मक खाका बनाई, आर्थिक, सामाजिक र प्राविधिक पक्षले कसरी कृषकको जीवनशैलीमा सुधार ल्याएको छ भन्ने विषय मुख्य रुपमा केलाइएको छ । व्यावसायिक रुपमा पशुपालनमा लाग्नेमा महिलाको तुलनामा पुरुष नै देखिए जुन ५९.२% छ भने उमेरगत हिसावले ३५–४५ वर्ष उमेर समुहका किसान, सबैभन्दा बढी ३५.६२% पाइयो । कृषकको शक्षिक स्तर हेर्दा ३५.७१% पाइयो कृषकको शैक्षिक स्तर हेर्दा ३५.७१% कृषक साक्षर देखिए भने २८.५८% ले माध्यमिक शिक्षासम्म अध्ययन गरेको देखिन्छ । कृषकको पारिवारिक संरचना हेर्दा एकात्मक परिवारमा बस्ने संख्या ७६.१९% पाइयो । कृषि बाहेक अन्य पेशा पनि हुने मानिसको संख्या ३५.७१ प्रतिशत मात्र छ भने कृषि मात्र हुने ६४.२९% छन आर्थिक पक्षको कुरा गर्दा मासिक २०–२५ हजार कमाउने कृषक सबैभन्दा बढी ५२.३८% छन । अझै पनि परम्परागत रुपमा यस पेशालाई अगाल्ने कृषक जम्मा ७.१५% छन । बाँकी सबैले आधुनिक तरिकाले पशुपालन गरेको पाइयो । उत्तरदाता मध्ये अधिकांश ९०.४७ प्रतिशत तालिम प्राप्त व्यक्तिहरु छन । पशपालने पारेको प्रभाव हेर्दा १६.७६ % सामाजिक, ७६.१९% आर्थिक र ७.१४% शैक्षिक क्षेत्रमा प्रभाव पारेको देखिन्छ । आर्थिक पक्षलाई हेर्दा आम्दानीको केही हिस्सा बचत गर्ने कृषकको संख्या ५७.१४% पाइयो । व्यवसायिक सफलतासँगै पशुपालक कृषकले समाजमा सामाजिक प्रतिष्ठा प्राप्त गरेका राम्रो आर्थिक उन्नतीसँगै घरजग्गा जोडेका, स्वास्थ्य सेवामा समेत आफू सक्षम रहेको भेटियो । आर्थिक सुधारताले कृषकको जीवनशैलीमा नै परिवर्तन भएको कुरा अध्ययनबाट पत्ता लागेको छ । आर्थिक सुधारसँगै उनीहरूमा बालबालिकालाई पढाउनुपर्दछ भन्ने धारणाको विकास भएको देखिन्छ । त्यसैगरी पशुपालन पछि भएको आर्थिक सुधारले आत्मनिर्भर बन्ने सक्षम कृषकहरूको संख्या अत्याधिक पाइयो । पशुपालन व्यवसायका धेरै सकरात्मक पक्षहरू हुँदा–हुँदै पनि केही नगन्य मात्रामा यसका नकरात्मक पक्षहरू पनि देखिएका छन । अझै पनि पशुपालनमा लागेका कृषकलाई हेय दृष्टिकोणले हेर्ने, फोहोरी पेशाको रुपमा अपमान गर्ने गरिन्छ । सरसफाइमा ध्यान नदिदा पशु पन्छिका रोग सर्न े, परजीवीले आक्रमण गर्ने देखिन्छ । व्यावसायिक रुपमा पशुपालन गरी आम्दानी गर्ने कृषकमा बाडेर खाने प्रवृत्ति कम हुने, पेशाको लोभले गुणस्तरमा ध्यान नदिने जस्ता यसका नकरात्मक पक्षहरू देखिन्छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11719
dc.language.isoneen_US
dc.publisherDepartment of Sociology and Rural Developmenten_US
dc.subjectव्यवसायिक पशुपालनCommercial Animal Husbandryen_US
dc.subjectग्रामीण क्षेत्र Rural Areasen_US
dc.titleव्यवसायिक पशुपालनले ग्रामीण क्षेत्रका कृषकमा पारेको प्रभाव पोखरा लेखनाथ म.न.पा. वडा नं. १९, घार्मीमा आधारित समाजशास्त्रीय अध्ययन{Impact of Commercial Animal Husbandry on Rural Farmers: Pokhara Lekhnath Municipal Corporation Vada no. 19, Sociological study based on Gharmi}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
103.07 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
629.62 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections