निरन्तर विद्यार्थी मुल्याङ्कन प्रणालीकाे क्रियान्वयनकाे अवस्था

dc.contributor.advisorभाेजराज घिमिरे
dc.contributor.authorलुईटेल, भीमप्रसाद ( Liutel Bhimprasad )
dc.date.accessioned2026-04-06T09:57:48Z
dc.date.available2026-04-06T09:57:48Z
dc.date.issued2011
dc.description.abstractनिरन्तर विद्यार्थी मूल्याङ्कनप्रणालीको क्रियान्वयनको अवस्था नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनको स्थिति पहिचान गर्ने रहेको छ । प्रस्तुत अध्ययनलाई व्यवस्थित तरिकाले अघि बढाउन आवश्यकताअनुसार परिमाणात्मक र गुणात्मक अध्ययन ढाँचा मिश्रित रूपमा प्रयोग गरिएको छ । नमुना विद्यालय, प्रअ, स्रोतव्यक्ति तथा विनिको छनोट उद्देश्यमूलक र शिक्षक, अभिभावक तथा विद्यार्थीको छनोट सम्भावनायुक्त नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनका लागि पथरी स्रोतकेन्द्रअन्तर्गतका पथरी र शनिश्चरे गा.वि.स.भित्र रहेका २० वटा सामुदायिक विद्यालयहरूमध्ये ६ वटा विद्यालयका ६ जना प्रअ, १२÷१२ जना शिक्षक, विद्यार्थी, अभिभावक र १ जना स्रोतव्यक्ति तथा १ जना विनि नमुना आकारका रूपमा रहेका छन् । यस अध्ययनका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न विद्यालय सर्वेक्षण फाराम, प्रश्नावली, अवलोकन, अभिलेख अध्ययन जस्ता साधनहरूको प्रयोग गरिएको छ । यस अध्ययनबाट यी प्राप्तिहरू प्राप्त भएका छन् ः यस कार्यक्रमअन्तर्गतको कक्षा सहभागिताको स्थिति निम्नस्तर रहेको पाइयो । त्यस्तै कक्षाकार्य र परियोजना कार्यको स्थिति सन्तोषजनक पाइएन तर गृहकार्यको स्थिति भने सन्तोषजनक नै पाइयो । त्यस्तै यस मूल्याङ्कनप्रणालीका लागि पाठ्यक्रमले तोकेका मूल्याङ्कनका मापदण्डहरूलाई समानुपातिक ढङ्गले प्रभावकारी रूपमा अपनाइएको देखिएन तर यस मूल्याङ्कन प्रणालीको क्रियान्वयनले विद्यार्थी नियमिततामा ५.७ र सिकाइ उपलब्धिमा १.९२ औसत प्रतिशतले वृद्धि हुनुले सकारात्मक सङ्केतको सुरूवात देखायो । यस मूल्याङ्कन प्रणालीमा अपनाइने शिक्षण विधिहरूको प्रयोग पनि सन्तोषजनक पाइएन । प्रवचन विधिको प्रयोग नै अत्यधिक देखियो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनलाई अभैm प्रभावकारी बनाउन विद्यालयले योजना बनाई शिक्षक–विद्यार्थी अनुपात र शिक्षक कक्षाभारमा ध्यान दिँदै विद्यार्थी तथा शिक्षकलाई नियमित रूपमा गृहकार्य, कक्षाकार्य, परियोजना कार्य जस्ता व्यावहारिक पक्षमाथि अभ्यस्त गर्न गराउन पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि बालमैत्री वातावरणमा यस मूल्याङ्कन प्रणालीका विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाई व्यवस्थित अनुगमन तथा सुपरीवेक्षणका साथ बालकको सिकाइमा चौतर्फी गुणात्मक स्थिरता ल्याउनु पर्ने देखिन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26216
dc.language.isone
dc.subjectमुल्याङ्कन प्रणाली
dc.subjectशिक्षाण विधि
dc.titleनिरन्तर विद्यार्थी मुल्याङ्कन प्रणालीकाे क्रियान्वयनकाे अवस्था
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहमखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
966.36 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: