सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रभावकारिता: एक अध्ययन { A Study: Effectiveness of Continuing Student Assessment System in Community Schools

dc.contributor.authorशर्मा Sharma, वासुदेव Basudev
dc.date.accessioned2022-02-21T06:59:53Z
dc.date.available2022-02-21T06:59:53Z
dc.date.issued2007
dc.description.abstractयो अध्ययन‘ सामुदायिक विद्यालयमा निरन्तर विद्याथी मूल्याङ्कन प्रणालीको प्रभावकारिता ःएक अध्ययन’ शीर्षकमा गरिएको हो । अवस्था अध्ययन ९ऋबकभ क्तगमथ०को रूपमा याअध्ययन पत्र तयार पारिएको हो । यसअन्तर्गत नेपालको शैक्षिक पृष्ठभूमि, विद्यालयीय विद्याथीमूल्याङ्कन परिपाटी र निरन्तर विद्यार्थी मूल्याङ्कनको छोटो ऐतिहासिक झलक प्रस्तुत गरिएको छ ।यसमा समस्याको परिचय, औचित्य र उद्दश्य प्रस्तुत गरिएका छन । ती उद्देश्यहरू यस पकारछन ः नेपालमा सामुदायिक विद्यालय अन्तर्गतका प्राथमिक तहका विद्यार्थीहरूको मूल्याङ्कनकाप्रचलित विधिहरूको जानकारी दिन, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीमा देखिएका समस्याहरूपत्ता लगाउनु, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई अझ बढी उपलब्धिमूलक बनाउनका लागिदेखिएका समस्या समाधानका उपायहरु पत्ता लगाउनु रहेको छ । यस अध्ययनको सीमा अन्तर्गत निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू भएका नेपालकापाँच जिल्लामध्ये चितवन जिल्लाको भरतपुर नगरपालिका भित्रका चार सामुदायिक विद्यालय(नारायणी उच्च मा.वि., शरदपुर मा.वि., रत्ननगर मा.वि. र नयाँ किरण मा.विद्यालय) लाइसमेटिएको छ । यस अध्ययनका लागि तयार पारिएका प्रश्न र अध्ययन पत्र अन्तर्गत उल्लेखगरिएका पारिभाषिक शब्दको परिभाषा दिने काम गरिएको छ । सम्बन्धित साहित्यको सिंहावलोकन अन्तर्गत निरन्तर विद्यार्थी मूल्याङ्कनको सद्धान्तिकअवधारणा प्रस्तुत गरिएका छ । यो प्रणाली नेपालमा विशेष गरी प्राथमिक तहमा हुने गरेकाशैक्षिक क्षति कम गर्ने उद्दश्यले तत्कालीन सरकार शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०५७÷०५८बाट निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गर्ने नीतिअनुरूप विभिन्न विद्यार्थीको मूल्याङ्कनकासूचक(अनसूचीमा उल्लेख) बाट अभिलेख राखी श्रेणी छुटयाई कक्षोन्नति गन परिपाटीअनुरूपचितवनमा पनि परीक्षणका रूपमा लागू गरिएको हा । यस अध्ययनसंग सम्बन्धित साहित्यकासिंहावलोकन गर्दा यस प्रणालीको सैद्धान्तिक र व्यवहारिक पक्षको वारेमा केही व्यक्ति वासंस्थाहरुद्वारा उल्लेख गरिएको पाइन्छ । अध्ययन विधिका रुपमा यस अध्ययन क्षेत्रकाविद्यालयहरूको विभिन्न पक्षको तथ्याङ्कलाई स्रोतका रूपमा लिइएको छ । यसअन्तर्गत चारविद्यालयका ८० जना विद्यार्थी, चारजना प्रधानाध्यापक, १२ जना कक्षा शिक्षक, १२ जनाअभिभावक र एकजना स्रोतव्यक्ति गरी जम्मा १०९ जनालाई अध्ययनको जनसंख्या मानिएकाछ । सकसम्म फरक फरक अवस्थामा रहेका विद्यालयलाई आधार लिइएको छ । अध्ययनलाइवस्तुगत र प्रामाणिक बनाउनका लागि विद्यालय भ्रमण, पश्नावली परीक्षण, अभिलेख, निरीक्षण, प्रत्यक्ष भेटघाट, अन्तरवार्ता, अवलोकन आदि पद्वतिलाई आधार मानिएको छ । यस अध्ययनकाक्रममा प्राप्त सूचना तथा तथ्याङ्कलाई तालिकीकरण गरी विवेचना, व्याख्या, विश्लेषण, तुलना रमूल्याङ्कन पद्धतिलाई विश्लषणको आधार वनाइएको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रभावकारितामा देखिएका समस्या केलाएरसमाधानका उपायहरू सुझाइएको छ । यस प्रणालीको प्रभावकारितामा विद्यार्थी, शिक्षक,अभिभावक, प्रधानाध्यापक, स्रोतव्यक्ति साथै जि.शि.का.संग समयको अभाव, हेलचेक्रयाइँ,उदासीनताजस्ता समस्याका साथै उक्त समस्या समाधानार्थ उपायहरू उल्लेख गरिएका छन ।यसमा कार्यक्रम पूर्वतयारीका साथ ल्याउनुपर्ने, दण्ड सजायको व्यवस्था क्रियान्वयन हुनुपन,अनुगमन मूल्याङ्कन पद्धतिलाई प्रभावकारी वनाउनु पर्ने, विद्यालयको भौतिक पूर्वाधार व्यवस्थितहुनुपर्ने आदि उपायहरू उल्लेख गरिएका छन । अन्त्यमा यस शोधको सारांश, निष्कर्ष र सुझावलाइ प्रस्तुत गरिएको छ । या निरन्तरविद्यार्थी मूल्याङ्कन प्रणाली जुन उद्देश्यका साथ तत्कालीन सरकारले शैक्षिक सत्र ०५७÷०५८बाट लागु गरेको थियो । त्यसको कार्यान्वयनको छोटो समयमा नै प्रभावकारिता शून्य रहेको यसअध्ययनमा पाइएको छ । यस क्षेत्रका विभिन्न सरोकारवालाहरु बेजिम्मेवार रहेको उल्लेख गनकासाथै यो कार्यक्रम पूणतया असफल भएको उल्लेख गरिएको छ । यस प्रणालीलाई असफल हुननदिनका लागि शिक्षा मन्त्रालयदेखि अभिभावकसम्मका विभिन्न सरोकारवालाहरुको पक्षबाटगरिनुपर्ने सुधारका कुरालाई ठोस रूपमा उल्लेख समेत गरिएको छ । यसमा कार्यक्रम पूर्वतयारीका साथ ल्याउनु पर्ने, माथिल्लो निकायबाट सुपरिवेक्षण हुनु पन, सबै सरोकारवालाहरुजवाफदेही हुनु पर्ने, कर्तव्यहीन व्यक्ति वा संस्थालाई आवश्यक कारवाही गरिनु पर्ने जस्ताःसुझावहरु प्रस्तुत गरिएको छ । अन्त्यमा थप अध्ययनका लागि केही शीर्षकहरु प्रस्तुत गरिएका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8387
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectसामुदायिक विद्यालय सामुदायिक विद्यालयen_US
dc.subjectसाहित्य सिंहावलोकन Literature overviewen_US
dc.subjectतथ्याङ्क विश्लेषण Statistical analysisen_US
dc.titleसामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रभावकारिता: एक अध्ययन { A Study: Effectiveness of Continuing Student Assessment System in Community Schoolsen_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleSaptagandaki Multiple Campus, Bharatpur Chitwanen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
75.36 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page.pdf
Size:
389.99 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: