एच.आई.भी. संक्रमित बालबालिकाको शैक्षिक अवस्था {HIV Educational status of infected children}

dc.contributor.authorपौडेल Poudel, हिरादेवी Hiradevi
dc.date.accessioned2022-02-01T10:02:00Z
dc.date.available2022-02-01T10:02:00Z
dc.date.issued2010
dc.description.abstract“एच.आई.भी. संक्रमित बालबालिकाकोे शैक्षिक अवस्था” नामक यस शोधपत्रको मुख्य उद्देश्य एच.आई भी. संक्रमित बालबालिकाको शैक्षिक अवस्था पहिचान गर्नु, एच.आई. भी. संक्रमित बालबालिकाको समस्या र चुनौतिहरुको लेखाजोखा गर्नु, संक्रमित बालबालिकाप्रति विद्यालयमा हुने विभेद न्यूनीकरणका उपायहरु पत्ता लगाउनु रहेको छ । यस शोध अध्ययन गुणात्मक तथा परिणात्मक ढाँचामा गरिएको छ साथै शोधपत्रलाई पूर्णता प्रदान गर्नको लागि तथ्यांकका दुई प्रकारका साधनहरु प्राथमिक तथा द्वितीय लाई अवलम्बन गरी प्राथमिक तथ्यांक अन्तर्गत अन्तरवार्ता प्रश्नावली, छलफललाई लिइएको छ भने द्वितीय तथ्यांक अन्तर्गत अवलोकन फारम, यस अनुसन्धानसँग सम्बन्धित विभिन्न पत्रपत्रिका, लेखरचना, वुद्विजिवीका भनाईलाई लिइएको छ । अध्ययनको क्रममा प्राप्त भएका तथ्याङ्कहरुको व्याख्या तथा विश्लेषण गर्दा संक्रमित बालबालिकाहरु विद्यालय शिक्षाको पहुँचबाट टाढा रहेको पाइयो । केही बालबालिकाहरु विद्यालय अध्ययनका लागि पुगेका रहेछन् जसलाई सकारात्मक सन्देशको रुपमा लिइएको छ । घर, परिवार, समाज तथा विद्यालयमा हुने विभेदका कारण पुर्नस्थापना केन्द्रको साहारा लिनुपर्ने वाध्यता आम नेपालीको लागि छँदैछ । अध्ययनको छनौटमा परेको नवलपरासी जिल्ला एच.आई.भी. संक्रमणको उच्च जोखिममा परेको पाइयो । जहाँ २२० जना एच.आई.भी. संक्रमित भएर बाँचीरहेको पाइन्छ । जसमा १२ जना बालबालिकाहरु रहेका छन् । बेरोजगारी, गरिवी, चेतनाको कमी, नेपाल र भारत बीचको खुल्ला सिमाना, चेलीवेटी बेचविखन, एच. आई.भी. संक्रमणको मूल कारक तत्वको रुपमा पाइन्छ । समाजमा पढेलेखेका बुद्धिजिवी वर्गहरुमा नै संक्रमित बालबालिकाहरु माथि लगानी गर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ । जसले बालअधिकारको हनन हुने कुरालाई संकेत गरेको पाइएको छ । एच. आई. भी.÷एड्स रोकथाम, उपचार र हेरचाह सम्बन्धमा नीति र रणनीतिमा केही व्यवस्था भएता पनि संक्रमित बालबालिकाको लागि कुनै छुट्टै व्यवस्था भएको भने पाइएन । अझ भन्ने हो भने त्यसको प्रभावकारी कार्यान्वयनको अभाव रहेको कुरा शोधपत्र अध्ययनका क्रममा महसुश गरिएको छ । एच. आई. भी. संक्रमित बालबालिकाहरुलाई साच्चै नै सामाजिक न्याय प्रदान गर्न र उनीहरुको बालअधिकार शुनिश्चित र शैक्षिक पहुँच बृद्धि गर्ने हो भने सरकारी तथा गैर सरकारी क्षेत्रबाट एच. आई.भी. संक्रमित तथा प्रभावित बालबालिकाका लागि उच्च शिक्षा सम्म निःशुल्क अध्ययन सुविधा, मासिकरुपमा भत्ताको व्यवस्था बालअधिकारको सुनिश्चितताका लागि प्रयत्न गर्नु पर्दछ । साथै एच.आई.भी. र एड्स सम्बन्धी विषयवस्तु विद्यालयको पाठ्यक्रममा नै समावेश गरी आवश्यक शिक्षा प्रदान गर्नुपर्दछ । एच. आई. भी.र एड्सको रोकथाम, उपचार र हेरचाहका लागि सडक नाटक, रेडियो कार्यक्रम, विद्यालयमा वक्तित्वकला प्रतियोगिता, डकोमेण्ट्री फिल्म प्रदर्शन, गोष्ठी जस्ता कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लागू गर्नुपर्दछ भन्ने जस्ता कुराहरुलाई सुझाव स्वरुप प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8000
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकाय शिक्षा योजना तथा व्यवस्थापनen_US
dc.subjectएच.आई.भी. संक्रमित HIV Infecteden_US
dc.subjectबालबालिका शैक्षिक अवस्था Children's educational statusen_US
dc.titleएच.आई.भी. संक्रमित बालबालिकाको शैक्षिक अवस्था {HIV Educational status of infected children}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
60.41 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
652.45 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: