जे.बी. अधिकारीकाे जीवनी, व्याक्तित्व र कृतित्वकाे अध्ययन र विश्लेषण {J. B. Adhikariko jeevani, vyaktitwa ra krititwako adhyayan ra vishleshan}

dc.contributor.authorअधिकारी Adhikari, चैतन्यप्रसाद Chaitanyaprasad
dc.date.accessioned2023-12-14T09:18:14Z
dc.date.available2023-12-14T09:18:14Z
dc.date.issued2010
dc.description.abstractपाँच दशक भन्दा बढी समयदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका जे.बी. अधिकारीले सुरुमा कविता विधाबाट लेख्न सुरु गरेका थिए । उनी पछिल्लो समयमा आख्यान विधामा कलम चलाउन थालेका छन् । नेपाली साहित्यमा उदयमान वर्तमान पूर्वेली श्रष्टा अधिकारीको समग्र जीवनी, व्यक्तित्व र पुस्तकाकार कृतिहरुको अध्ययन र विश्लेषण यस शोध प्रबन्धमा गरिएको छ । साहित्यकार जे.बी. अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण गर्ने क्रममा यस शोध पत्रलाई जम्मा पाँच परिच्छेदमा विभाजन गरिएको छ । जसको पहिलो परिच्छेदमा ‘शोध परिचय’ मूल शीर्षक भएको हुँदा शोध गर्दा अपनाउनु पर्ने नियमगत उपशीर्षकहरु शोध शीर्षक, शोधकार्यको प्रयोजन, विषय परिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगिता, शोधकार्यको सीमाङ्कन, शोधविधि र शोधपत्रको रुपरेखालाई प्रस्तुत गरिएको छ । यस शोध पत्रको दोस्रो परिच्छेद ‘साहित्यकार जे.बी. अधिकारीको व्यक्तित्वका विविध पक्षको विश्लेषण’ अन्तर्गत अधिकारीको, वंशपरम्परा, जन्म, जन्मस्थान, बाल्यकाल, शिक्षादीक्षा, प्रारम्भिक शिक्षा, निम्न माध्यमिक र माध्यमिक शिक्षा, उच्च शिक्षा, पारिवारिक जीवन, जागिरे जीवन, आर्थिक अवस्था, भ्रमण, शारीरिक बनोट, स्वभाव , रुचि राखिएका छन् । यी सबै कुराहरु शोधनायक, उनको पारिवारिक श्रोत, ‘काश्यप गोत्रीय अधिकारी वन्धु वंशावली’ र ‘अन्तर मनको बगैंचा’ आत्मकथा संग्रहबाट प्राप्त जानकारीको आधारमा प्रस्तुत गरिएका छन् । यस शोध पत्रको तेस्रो परिच्छेदमा ‘साहित्यकारका रुपमा जेबी अधिकारी’ अन्तर्गत व्यक्तित्वका प्रमुख पक्षहरुलाई समेट्ने क्रममा, साहित्यिक व्यक्तित्व, कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, वंशावलीको सङ्कलक र सम्पादक व्यक्तित्वलाई समेटिएको छ भने साहित्येत्तर व्यक्तित्व अन्तर्गत शिक्षक व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्वलाई समेटिएको छ । त्यस्तै उनले पाएको सम्मान तथा पुरस्कारलाई पनि समेटिएको छ । त्यसपछि लेखन कार्यका निम्ति प्रेरणा र प्रभाव, लेखन आरम्भ, प्रथम प्रकाशित कृति, साहित्य लेखनका विधा र पुस्तकाकार कृतिहरु, साहित्यकार जे.बी. अधिकारीको साहित्य यात्रा, जीवनी, व्यक्तित्व र साहित्य लेखन बीचको अन्तरसम्बन्धलाई समेटिएको छ । यस शोध पत्रको चौंथो परिच्छेदमा ‘साहित्यकार जे.बी. अधिकारीका कृतिको अध्ययन, विश्लेषण र मूल्याङ्कन’ मूल शीर्षक अन्तर्गत कृतित्वको विधागत वर्गीकरण सहित कवि व्यक्तित्वका रुपमा जे.बी. अधिकारी, कवि÷लेखक जे.बी. अधिकारीको कवितागत प्रवृत्ति र विशेषता प्रस्तुत गरिएको छ । यस पछि विषयवस्तुगत प्रवृत्ति र विशेषता, भाषाशैलीगत प्रवृत्ति र विशेषता, भाव र विचारगत प्रवृत्ति र विशेषता, शैली शिल्पगत प्रवृत्ति र विशेषता, रुपविधानगत प्रवृत्ति र विशेषता, अलङ्कार, बिम्ब र प्रतीकको प्रयोग, दृष्टिबिन्दुको प्रयोगलाई समेटिएको छ । यसै चौथो परिच्छेदको अर्को उपशीर्षकमा ‘अनन्त सौरभ’ कविता सङ्ग्रहको अध्ययन र विश्लेषण गरिएको छ । यसको उपशीर्षकमा प्रत्येक कविताको भाव, भाषाशैली, लय, शीर्षक र दृष्टिबिन्दुको चर्चा गरिएको छ । यसै परिच्छेदमा ‘काश्यप गोत्रीय अधिकारी बन्धु बंशावलीको अध्ययन र विश्लेषण’ उपशीर्षकमा काश्यप गोत्रीय अधिकारी बन्धु सम्बन्धी, पं. जयपति ढकाल र सोवाने घर्तीको प्रसङ्ग, आशा अधिकारीले दशथर रैकर लालमोहर प्राप्त गरेको संक्षेप, जे.बी. अधिकारीको पारिवारिक परिचय, शक्ति उपाध्यायका छोरा ध्रुब उपाध्यायका पुस्ताहरु, प्रतिलिपि उतार, खीरकृष्ण (खिरसिने) अधिकारी काश्यप गोत्र अनिल शाखा अस्पष्टको रुपरेखा, गाली–सराप, गाली सराप निमित्त नाम सङ्कलन गर्ने सम्बन्धमा, श्री ५ राजेन्द्रबाट आशा अधिकारीलाई लालमोहर प्रदान, जुठो सुतकको नीति नियम, मानिसका प्रकार, लक्षणलाई प्रस्तुत गरिएको छ । यसै चौथो परिच्छेदको अर्को उपशीर्षकमा प्रेमको अनुभूति उपन्यासको अध्ययन र विश्लेषण गरिएको छ । यसमा कथावस्तुबाट सुरु गरिएको छ । कथावस्तुलाई आरम्भ, संघर्ष विकास, चरमोत्कर्ष र अपकर्ष र उपसंहार गरी ५ भागमा बाँडिएको छ । त्यसपछि, पात्रयोजना, चरित्रचित्रण, परिवेश÷वातावरण, अन्त्य, अङ्क विभाजन, उद्देश्य, भाषाशैली, दृष्टिबिन्दु, शीर्षक सार्थकता, विषयप्रधानतालाई समावेश गरिएको छ । यसै चौथो परिच्छेदमा अर्को उपशीर्षमा ‘अन्तर मनको बगैंचा आत्मकथा सङ्ग्रहको अध्ययन र विश्लेषण’ राखिएको छ । यसमा संकलित कथाहरुको विषयवस्तु कथोपकथन, चरित्र चित्रण, दृष्टिबिन्दु, देश–काल–वातावरण, भाष शैली, सारवस्तुको चर्चा छोटकरीमा गर्ने प्रयास गरिएको छ । यस शोधपत्रको पाँचौ परिच्छेदमा ‘साहित्यकार जेबी अधिकारीको समग्र मूल्याङ्कन’ मूल शीर्षक अन्तर्गत व्यक्तित्वको मूल्याङ्कन, कृतित्वको मूल्याङ्कन यी दुई उपशीर्षकमा अधिकारीको समग्र मूल्याङ्कन छोटकरीमा गर्ने प्रयास गरिएको छ । यसै शीर्षकमा ‘भावी कार्यको सम्भावना’ उपशीर्षक पनि प्रस्तुत गरिएको छ । यस शोधपत्रको अन्त्यमा सन्दर्भ सामग्री अन्तर्गत सन्दर्भ सूची पनि राखिएको छ। जसमा शोधपत्र तयार पार्दा प्रयोग गरिएका अति महत्वपूर्ण ग्रन्थहरुको सूची राखिएको छ । त्यस पछि साहित्यकार जे.बी. अधिकारीलाई प्रदान गरिएको अभिनन्दन पत्रलाई पनि समावेश गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/20975
dc.language.isoneen_US
dc.publisherनेपाली विभागen_US
dc.subjectसाहित्यिक व्यक्तित्व Sahityik vyaktitwaen_US
dc.subjectनेपाली साहित्य Nepali literatureen_US
dc.titleजे.बी. अधिकारीकाे जीवनी, व्याक्तित्व र कृतित्वकाे अध्ययन र विश्लेषण {J. B. Adhikariko jeevani, vyaktitwa ra krititwako adhyayan ra vishleshan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Ratna Multiple Campus, Ilamen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
83.26 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
649.14 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections