वर्तमान माध्यमिक तहको नेपाली भाषा पाठयक्रमको विश्लेषणात्मक अध्ययन

dc.contributor.advisorज्ञानेन्द्र बहादुर के.सी
dc.contributor.authorगिरी, तिलक बहादुर
dc.date.accessioned2026-06-08T10:40:32Z
dc.date.available2026-06-08T10:40:32Z
dc.date.issued2068
dc.description.abstractप्रस्तुत वर्तमान माध्यमिक तहको नेपाली भाषा पाठ्यक्रमको विश्लेषणात्मक अध्ययन शीर्षक शोधपत्रमा वर्तमान माध्यमिक तहको नेपाली भाषा पाठयक्रमका तत्त्व÷स्तम्भहरू के कति उपयुक्त छन ? उद्देश्यहरूको सिपगत सन्तुलनको अवस्था के कस्तो छ ? उद्देश्य र विषयवस्तुको सम्बन्ध के कस्तो छ भन्ने जस्ता शोध समस्यामा आधारित भएर गर्न थालिएको यस अध्ययनका उद्देश्यहरू वर्तमान माध्यमिक नेपाली भाषा पाठयक्रमका तत्त्वहरूको विश्लेषण गर्नु र पाठयक्रमको कार्यान्वयनको अवस्थाको अध्ययन गर्नु थियो । यो अध्ययन पुरा गर्न प्राथमिक तथ्याङ्कका लागि नमुना छनोट प्रक्रिया अपनाइएको थियो भने द्वितीय तथ्याङ्कका लागि पुस्तकालयीय दस्तावेज अध्ययन गरिएको थियो । प्रस्तुत अध्ययन टी.न.पा.भित्रका १० वटा माध्यमिक विद्यालय, तिनमा अध्यापनरत १० जना शिक्षक, १८ जना अध्ययनरत विद्यार्थीहरू एवम यस क्षेत्रका नेपाली विषयका ५ जना विषय विशेषज्ञलाई अध्ययनमा समावेश गरियो । उनीहरूबाट प्राप्त सूचनालाइ वर्णनात्मक विश्लेषणात्मक विधि अपनाइ वर्णन विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस पाठयक्रममा शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य र विशिष्ट उद्देश्यहरू उपयुक्त नै पाइए । १७ वटा साधारण उद्देश्यमध्ये दास्रो र सत्रौं उद्देश्यमा मापनीय गुणको कमी रहेको देखियो । उद्देश्य नं ७ र १७ का अपेक्षाहरूलाई विशिष्टीकृत गरिएको पाइएन । सनाइ र बोलाइ सिपमा कम जोड दिइएको पाइयो । अपाङ्गहरूका समस्याहरूलाई पनि शिक्षण क्रियाकलाप र मूल्याङ्कन गर्दा ध्यान दिनु पर्ने भन्ने सूचना महत्त्वपूर्ण देखियो । विषयवस्तुको क्षेत्र र क्रम उपयुक्त नै देखियो । यसमा चक्रीय र रेखीय स्तरण दुवैलाई मिश्रण गरिएको पाइयो । लैङ्गिक समानता, नवीनता, शिष्टता, धार्मिक, सांस्कृतिक विविधताको अवस्था चाहिँ कमजोर देखियो । व्याकरणका कुन विषयवस्तु कति गहिराइमा र कुन पाठ वा विधासँग सम्बद्ध गरी सिकाउने भन्ने निर्देशन स्पष्ट पाइएन । शिक्षण सामग्री र शिक्षण विधिको सूचना पर्याप्त देखिएन । निर्माणात्मक मूल्याङ्कनबाट मात्र प्रयोगात्मक सिपको मूल्याङ्कन गर्नु भरपर्दो देखिएन । एस.एल.सी.मा कक्षा १० बाट मात्र प्रश्न सोधिने भन्ने स्पष्ट निर्देशन पाइयो तर अक्षरको सफाइ, सौन्दर्य पक्ष, लेखाइको द्रुतता, बोलाइको स्वाभाविकता, शिष्टता, मिठास, स्रोता अनुसारको बोलाइ, किताब समाताइजस्ता पक्षप्रति पाठयक्रम मौन रहको देखिया । अतिरिक्त क्रियाकलापको निर्देशन, पूरक सामग्रीको निर्देशन, उद्देश्य अनुरुपका प्रश्नपत्र जस्ता पक्षमा यो पाठयक्रम कमजोर नै देखियो । हतार हतारमा पश्न बनाएर झारा टार्ने किसिमको मूल्याङ्कन प्रणालीलाई निरुत्साहित गर्नु पर्ने र विशिष्टीकरण तालिकाको पूर्ण रुपमा अनुसरण गर्नु पर्ने, शिक्षकल योजना बनाएर शिक्षण सामग्री प्रयोग गरेर उद्देश्यलाई ध्यान दिएर शिक्षण कार्य गर्नु पर्ने, साथै पहिलो भाषी, दोस्रो भाषी दुबै खाले विद्यार्थीहरूको आवश्यकता र स्तरलाई हरबखत ध्यानमा राखी शिक्षण गर्नु पर्ने, यसका लागि पाठयक्रम निर्माण गर्दा समेत ध्यान दिनु पर्ने र शिक्षणसँग सम्बन्धित सबै पक्ष इमान्दार भइ पाठयक्रम कार्यान्वयनमा ल्याउनु पर्ने देखियो ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26947
dc.language.isone
dc.subjectमाध्यमिक तह
dc.subjectनेपाली भाषा
dc.titleवर्तमान माध्यमिक तहको नेपाली भाषा पाठयक्रमको विश्लेषणात्मक अध्ययन
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleCentral Department of Education

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
494.8 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: