चल्दै छ जिन्दगी” गजल सङ्ग्रहका गजलकृतिहरुको अध्ययन एवम् विश्लेषण {Chaldai Chha Jindagee Gajal Sangrahaka Gajalkritiharuko Adhyayan Ebam Bishleshan}
| dc.contributor.author | शर्मा Sharma, हिमकला Himkala | |
| dc.date.accessioned | 2022-03-09T10:04:51Z | |
| dc.date.available | 2022-03-09T10:04:51Z | |
| dc.date.issued | 2012 | |
| dc.description.abstract | शोधपत्रको शीर्षक :“गजलकार बूँद रानाको गजल सङ्ग्रका गजलकृतिहरूको अध्ययन एवम् विश्लेषण” शोधपत्रको प्रयोजन : त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय नेपाली विभाग महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम स्नातकोत्तर तह, दोस्रो वर्षको नेपाली विषयको लागि प्रस्तुत । शोधनिर्देशक : शि. मुकुन्दप्रसाद गुरागाईँ, नेपाली विभाग, इलाम । शोधार्थी :हिमकला शर्मा शैक्षिक सत्रः २०६२\०६३ प्रस्तुत मिति :२०६९\०९\२० “बूँद रानाको गजल सङ्ग्रका गजलकृतिहरूको अध्ययन एवम् विश्लेषण” मूल शीर्षक रहेको छ । शीर्षकको शोधपत्रलाई निम्नलिखित छ परिच्छेदभित्रको मूल शीर्षकमा विभाजन गरी आवश्यक विभिन्न उपशीर्षकहरुमा राखेर बूँद रानाको गजल सङ्ग्रका गजलकृतिहरूको अध्ययन एवम् विश्लेषण गरिएको छ । पहिलो परिच्छेद : शोधपत्रको परिचय । दोस्रो परिच्छेद : गजलकार बूँद रानाको परिचय, व्यक्तित्व र कृतित्व तेस्रो परिच्छेद : गजल सिद्धान्त र नेपाली गजलको विकासक्रम चौथो परिच्छेद : ‘चल्दै छ जिन्दगी’ गजल सङ्ग्रहका गजलहरुको संरचनात्मक स्वरुप पाँचौ परिछेद : ‘चल्दै छ जिन्दगी’ गजल सङ्ग्रहका गजलहरुको भावगत विश्लेषण छैटौं परिच्छेदः उपसंहार एवम् समग्र मूल्यांकन प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा “शोधपत्रको परिचय” मूल शीर्षक रहेको छ । शोधपत्रको शीर्षक, शोधको प्रयोजन, शोधसमस्या, शोधकार्यको उद्देश्य, पूर्वकार्यको सीमाङ्कन, सामग्री सङ्कलन तथा अध्ययन विधि र शोधपत्रको रुपरेखा जस्ता शीर्षक दिएर यो परिच्छेद तयार पारिएको छ । प्रस्तुत शाोधपत्रको दोस्रो परिछेदमा गजलकार बूँद रानाको परिचय व्यक्तित्व र कृतित्व मूल शीर्षक रहेको छ । यस परिच्छेदमा सबै भन्दा पहिले गजलकार बूँद रानाको परिचय दिइएको छ । यस अन्तगत बूँद रानाको व्यक्तित्व र कृतित्वको आधारमा उनलाई प्रगतिवादी, यथार्थवादी, समसामयिक, जीवनवादी गजलकार हुन् भनी चिनाउने काम गरिएको छ । प्रस्तुत शोधपत्रको तेस्रो परिच्छेदमा गजल सिद्धान्त र नेपाली गजलको विकासक्रम मूल शीर्षक राखिएको छ । यस परिच्छेदमा सबै भन्दा पहिले गजललमई चिनाउने काम गरिएको छ । त्यसपछि गजलको उत्पतिकाललाई विभिन्न समयक्रममा विभाजन गरी काल विभाजनका आधारमा बूँद रानालाको स्थान पहिल्याउने काम गरिएको छ । प्रस्तुत शोधपत्रको चौँथो परिच्छेदमा ‘गजलकार बूँद रानाको चल्दै छ जिन्दगी’ गजल सङ्ग्रहका गजलहरुको संरचनात्मक स्वरुप मूल शीर्षक दिइएको छ । यस परिच्छेदमा गजलका आन्तरिक तत्वहरुको सामान्य परिचय दिदै बाह्य तत्वहरुलाई विशेष ध्यानमा राखी यिनीहरुको ‘चल्दै छ जिन्दगी’ गजल सङ्ग्रहका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रको पाँचौँ परिच्छेदमा ‘गजलकार बूँद रानाको चल्दै जिन्दगी गजल सङ्ग्रहको भावगत विश्लेषण’ मूल शीर्षक राखिएको छ । यसमा चल्दै छ जिन्दगी गजल सङ्ग्रहको भावका आधारमा गजलकार बूँद रानालाई चिनाउने काम गरिएको छ । अन्तिम तथा छैटौँ परिच्छेदमा अघिल्ला परिच्छेदहरुमा गरिएको अध्ययन र वर्णन गरिएको कुराहरुको सारांश प्रस्तुत गरिएको छ । साथै शोधपत्रको समष्टि निष्कर्ष प्रस्तुत गरिएको छ । अन्त्यमा भावी शोधकर्ताहरुका लागि शोध शीर्षक प्रस्तुत गरिनुका साथै शोधपत्र तयार गर्दा प्रयोग गरिएका प्रमुख सन्दर्भ सामग्रीहरुको सूची र परिशिष्ट समावेश गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8862 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली सङ्काय | en_US |
| dc.subject | गजल सङ्ग्रह Gajal sangraha | en_US |
| dc.subject | भावगत विश्लेषण Bhabgat bishleshan | en_US |
| dc.title | चल्दै छ जिन्दगी” गजल सङ्ग्रहका गजलकृतिहरुको अध्ययन एवम् विश्लेषण {Chaldai Chha Jindagee Gajal Sangrahaka Gajalkritiharuko Adhyayan Ebam Bishleshan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Mahendra Ratna Multiple Campus, Ilam | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
