माेरङ् जिल्ला शनिश्चरे गा. वि. स, वडा नं. ५ मा गरिएकाे सुरक्षित मातृत्वकाे ज्ञान र अभ्यासकाे अध्ययन { Morang jilla sanischare ga, bi, sa, wada N. 5 ma gariyeko surkshit mattritwako gyan ra abhyasako adhyayana}

dc.contributor.advisorमनिषकुमार थापा Manishkumar Thapa
dc.contributor.authorराई, राधिका Rai, Radhika
dc.date.accessioned2024-12-04T08:50:13Z
dc.date.available2024-12-04T08:50:13Z
dc.date.issued2014
dc.description.abstractशोधसार यस अध्ययन मोरङ जिल्ला शनिश्चरे गा.वि.स. वडा नं. ५ स्थित माझिटोलका समुदायका सुरक्षित माृतत्वको ज्ञान र अभ्यासको विषयमा खोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्नुको लागि सुझावहरू संकलन गर्नु मुख्य उद्देश्य हो । यस अध्ययन शनिश्चरे गा.वि.स.को माझिटोलको जम्मा ५२ घरधुरीका २६० जनसंख्या मध्ये २९ प्रतिशतले ७४ जनालाई सामान्य सम्भावनायुक्त नमुना छनोटको आधारमा जनसंख्याको रुपमा लिई अन्तरवार्ता सूचीको प्रयोग गरेर तथ्याङ्कहरूको संकलनलाई व्याख्यात्मक र संख्यात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । अध्ययनबाट प्राप्त नतिजालाई हेर्दा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी भएका ४०.५४% र नभएका ३९.४६% रहेको पाइयो । यस समुदायमा २० वर्ष अगाडी नै विवाह गर्नेको संख्या बढी अर्थात ६६.२९% रहेको पाइयो । सुरक्षित मातृत्व सम्बन्धी जानकारी नभएकोकारण पोषण खाना, सुई, खोप स्वास्थय परिक्षण आदिको अभावको कारण शिशुको मृत्यु भएको उत्तर दिनेको संख्या २८.३८ % पाइइो । गर्भावस्थामा ४ पटक स्वास्थ्य परिक्षण गर्न जाने ३१.०८% रहेको पाइयो । पत्नीलाई गर्भावस्थामा जाँच गर्नसँगै लेर जाने पती ४१.८९% र नजाने ५८.११% रहेको पाइयो । गर्भावस्थामा थप पौष्टिक खाना खानेभन्दा नखानेको संख्या बढी अर्थात ७२.९६% पाइयो । बच्चालाई लगाउनु पर्ने खोपको जानकारी भएका पती ४४.५९% र नभएका ५५.४१% रहेको पाइयो । महिलाहरूले परिवार नियोजनको अस्थायी साधानको रुपमा डिपोलाई अपनाउने ३५.१४ पुरुषहरूले परिवार नियोजनको साधान प्रयोग गर्ने १६.२३% र नगर्ने ८३.७८ रहेको पाइयो । अध्ययनबाट प्राप्त भएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधान गर्नको निम्ति स्वास्थ्य सेवा विभाग सरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमा समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी समस्यालाई कम गर्न सकिन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23329
dc.language.isone
dc.subjectसुरक्षित मातृत्व Surakshit mattritwa
dc.subjectपरिवार नियोजन Pariwar niyojan
dc.titleमाेरङ् जिल्ला शनिश्चरे गा. वि. स, वडा नं. ५ मा गरिएकाे सुरक्षित मातृत्वकाे ज्ञान र अभ्यासकाे अध्ययन { Morang jilla sanischare ga, bi, sa, wada N. 5 ma gariyeko surkshit mattritwako gyan ra abhyasako adhyayana}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस इन्द्रपुर ,मोरङ

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
322.45 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections