निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कार्यान्वयनः चूनौति र समाधान {Nirantar bidyarthi mulyankan pranali karyanabayan: Chunauti ra samadhan}
| dc.contributor.advisor | ऋषिराज धिमाल (Rishiraj Dhimal) | |
| dc.contributor.author | तुम्बाहाम्फे, नारायण कुमार (Tumbahamphe, Narayan Kumar) | |
| dc.date.accessioned | 2026-03-13T10:09:24Z | |
| dc.date.available | 2026-03-13T10:09:24Z | |
| dc.date.issued | 2015 | |
| dc.description.abstract | निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनः चुनौति र समाधान शीर्षकमा यो शोधपत्र तयार पारिएको छ । अध्ययनको मुख्य उद्देश्य निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनको वर्तमान अवस्था विश्लेषण गर्नु रहेको छ । यस अध्ययनले शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय बनाई निर्माणात्मक मूल्याङ्कनको आधारमा पृष्ठपोषण प्रदान गर्दै निरन्तर मूल्याङ्कन प्रणालीको उद्देश्य अनुसार शिक्षण सिकाइ प्रभावकारी बनाएर वर्तमान शैक्षिक क्षति न्यूनीकरण गर्ने तथा यस विषयसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई सहयोग पुर्याउने रहेको छ । यो अध्ययन पाँचथर जिल्ला श्री सिद्ध मा.वि. रानीगाऊँ स्रोत केन्द्र अन्तर्गतका सामुदायिक प्राथमिक विद्यालयहरूमा सीमित रहेको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित यो अध्ययनमा स्रोतकेन्द्रका २१ वटा सामुदायिक विद्यालयलयहरू मध्ये प्राथमिक विद्यालयहरू, ती विद्यालयहरूमा कार्यरत प्र.अ., शिक्षक, वि.नि.÷स्रोत व्यक्ति, वि.व्य.स., शि.अ. संघलाई अध्ययनको जनसङ्ख्याको रूपमा लिइएको छ । तथ्याङ्कको स्रोतको रूपमा प्राथमिक र सहायक दुवै प्रकारका स्रोतहरूको आवश्यकता अनुसार उपयोग गरिएको छ । प्राप्त तथ्य, तथ्याङ्क तथा सूचनाहरूलाई अझ स्पष्ट गर्न तालिका, स्तम्भ चित्र, बृत्त चित्र र लेखा चित्रको माध्यमबाट प्रस्तुत गर्दै ब्याख्या विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रबाट प्राप्त तथ्याङ्क र सूचनाहरूको ब्याख्या विश्लेषण गर्न तीनवटा शीर्षक र विभिन्न उपशीर्षकहरूमा विभाजन गरेर यो अध्ययन पूरा गरिएको छ । वर्तमान अवस्थामा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनको अवस्था अध्ययन गर्न प्राथमिक तहको विगत ३ वर्षको अवस्था, कक्षा दोहोर्याउने दर, बीचैमा कक्षा छोड्ने दर, उत्तीर्ण दर, कार्य सञ्चयिका प्रयोग र व्यवस्थापन, प्रतिभावान विद्यार्थीहरूको कक्षोन्नति तथा मूल्याङ्कनका साधन जस्ता सूचकहरूको प्रयोग गरिएको छ । निरन्तर मूल्याङ्कन प्रणाली पूर्वाधार अध्ययनका लागि विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, तालिम विवरण, शिक्षक विद्यार्थी अनुपात, सामग्री उपलब्धता, कक्षाकोठामा बालपुस्तकालयको व्यवस्था र प्रयोग, बसाइ व्यवस्थापन, विद्यालय र समुदायको सम्बन्ध जस्ता उपशीर्षकहरूमा विभाजन गरी अलग–अलग विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रमा तालिम प्राप्त शिक्षक ७३% र नमुना विद्यालयमा ७४.२८% रहेका छन् । त्यस्तै गरी स्रोत केन्द्रको शिक्षक विद्यार्थी अनुपात १ः१४ र नमुना विद्यालयहरूको शिक्षक विद्यार्थी अनुपात १ः१९ रहेको पाइयो । विद्यार्थी बसाइ व्यवस्थापन उपयुक्त नभएको, विद्यालय समुदाय सम्बन्ध कमजोर, न्यून निरीक्षण अनुगमन जस्ता कारणले यस अध्ययन क्षेत्रमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीका आधारभूत अवस्था कमजोर भएको कारण यो कार्यव्रmमको वर्तमान अवस्था प्रभावकारी हुन नसकेको पाइएको छ । यस अध्ययनमा आवश्यक सामग्रीहरूको उपयुक्त समयमा उपलब्धता, शिक्षक तालिम र आपसी समन्वय जस्ता पक्षहरूलाई सूचक मानी व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रका अधिकांश विद्यालयहरूमा आधारभूत आवश्यकताहरू अति न्यून मात्रामा पूरा भएको पाइयो भने अधिकांश आधारभूत मापदण्डहरू पूरा हुन नसकेको जस्ता चुनौतीहरू रहेको पाइयो । कार्यक्रम प्रति धेरै शिक्षकहरूको सकारात्मक धारणाको अभाव कमजोर सूचना प्रणाली, सम्बन्धित सरोकारवालाहरूको कार्यक्रम प्रति न्यून लगाव, विद्यालय समुदाय बीच कमजोर सम्बन्ध, कार्यक्रमको लागि सहयोगी अन्य कार्यक्रमको अभाव, न्यून विद्यार्थी उपस्थिति जस्ता वर्तमान चुनौतीहरूको सामना गर्न सकेमा निरन्तर मूल्याङ्कन प्रणाली लक्ष्य अनुसार सफल गर्न सकिने देखिन्छ । नीति निर्माण तह तथा कार्यान्वयन तह बीच उचित समन्वय स्थापना गर्ने विद्यालयप्रति अभिभावक वर्गलाई सचेत गर्दै विभिन्न कार्यक्रममा आकर्षित गर्ने, निरीक्षण अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउन वि.नि.÷स्रोत व्यक्तिलाई प्रशासनिक कार्यको बोझबाट न्यूनीकरण गर्दै विशुद्ध स्रोत शिक्षक बनाइनु पर्ने, विद्यालयमा आवश्यक स्रोत साधन उचित समयमा पर्याप्त मात्रामा पु¥याउनु पर्ने, करार र निजी शिक्षक नियुक्ती गर्दा तालिम प्राप्तलाई मात्र नियुक्ती गर्नुपर्ने, कार्यरत शिक्षकहरूलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम, कार्यरत सम्पूर्ण शिक्षकहरूलाई तालिम दिने व्यवस्था गर्ने, तालिममा सिकेका ज्ञान, सीप कक्षाकोठामा प्रयोग गर्ने वातावरण विद्यालयमा हुनुपर्ने साथै कार्य सम्पादन मूल्याङ्कन गर्दा कक्षाकोठामा आधारित अनुसन्धानात्मक कार्यलाई पदोन्नतिको आधार मान्ने व्यवस्था गर्न सकेमा वर्तमान पाठ्यक्रम र निरन्तर मूल्याङ्कन प्रणाली कार्यव्रmम निर्देशिकाले निर्देशन गरे अनुरूप कार्यक्रम प्रभावकारी हुने र वर्तमान अवस्थामा रहेको शैक्षिक क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/25913 | |
| dc.language.iso | ne | |
| dc.subject | साहित्यको पुनरावलोकन (Sahityako punraabalokan) | |
| dc.subject | विद्यार्थी मूल्याङ्कन (Bidyarthi mulyankan) | |
| dc.title | निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कार्यान्वयनः चूनौति र समाधान {Nirantar bidyarthi mulyankan pranali karyanabayan: Chunauti ra samadhan} | |
| dc.type | Thesis | |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, मोरंग |
