दाेस्राे बाटाे कथाकाे सङ्कथन विश्लेषण

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह ९एम।एड० चौथो सेमेस्टरको ९नेपा। शि। ५४४० पाठ्यांशको लागि तयार पारिएको छ । प्रस्तुत शोध ुदोस्रो बाटो कथाको सङ्कथन विश्लेषण रहेको छ । प्रस्तुत शोधपत्र गुणात्मक प्रकृतिको भएकाले यो अध्ययन वर्णनात्मक र विश्लेषणात्मक विधिमा आधारित छ । जसका लागि सामग्री सङ्कलन प्रकाशित पुस्तकहरूबाट अध्ययन गरिएको छ । यस शोधपत्रमा प्राथमिक सामग्रीका रूपमा दोस्रो बाटो कथालाई लिइएको छ । द्वितीयक सामग्रीका रूपमा सङ्कथन विश्लेषण सम्बन्धी पाठ्यपुस्तक, शोध प्रतिवेदन, पत्रपत्रिकालाई लिइएको छ । प्रस्तुत शोधमा कथ्य र लेख्य रूपमा रहेका सन्दर्भ, प्रसङ्ग र अर्थपूर्ण भाषिक अभिव्यक्तिले सङ्कथनको निर्माण गरेको पाइन्छ । प्रस्तुत दोस्रो बाटो कथामा प्रयुक्त सार्वनामिक, स्थानिक, कालिक, संयोजक, प्रतिस्थापन, लोप, निपात, पुनरावृत्ति र कोशीय अर्थ सम्बद्धक जस्ता सम्बद्धकहरूको प्रयोग गरिएको पाइन्छ । प्रस्तुत दोस्रो बाटो कथामा प्रयुक्त सम्बद्धक र सम्बद्धन सारपूर्ण सिङ्गो सान्दर्भिक अभिव्यक्तिका लागि उपयुक्त र अर्थपूर्ण रहेका छन् । यस शोधपत्रमा पहिलो अध्यायमा वा पहिलो परिच्छेदमा अध्ययको उद्देश्य तीन ओटा रहेका छन् जसमा दोस्रो बाटो कथामा प्रयुक्त समबद्धकहरुको पहिचान गरी तिनको स्थिति केलाउनु, कथामा प्रयुक्त सम्बद्धकहरुको पहिचान गरी तिनको स्थिाति केलाउनु, कथामा प्रयुक्त सम्बद्धनहरुको पहिचान गरी तिनको स्थिति केलाउनु र सम्बद्धक र सम्बद्धनका दृष्टिले दोस्रो बाटो कथाको उपयुक्तता निक्र्यौल गर्ने बारेमा रहेका छ । यसमा समस्याकथन तीन ओटा रहेको छन् । अध्ययनको महत्य र औचित्य, अध्ययनको सीमाङ्कन राखी व्याख्या गरिएको छ । दोस्रो अध्यायनका सैद्धान्तिक साहित्यको समीक्षा पुनरावलोकन पूर्व सहित्यको महत्व र प्रयोग र सङ्कथनको सैद्धान्तिक धारणात्मक संरचनाको व्याख्या गरिएको छ । तेस्रो अध्यायमा अध्ययन विधि र ढाँचा उल्लेख गरिएको छ । यसमा वर्णनात्मक, गुणात्मक विधिको उपयोग गरी तयार पारिएको छ । तथ्याङक सङ्कलनका साधनभित्र प्राथमिक स्रोत भागीरथी श्रेष्ठको रातो गुलाफ कथा संग्रहभित्रको दोस्रो बाटो कथालाई लिई उपयोग गरिएको छ भने, द्धितीय स्रोत अन्तर्गत सङ्कथन विश्लेषणसंग सम्बन्धित लेखहरु, प्रकाशित, अप्रकाशित पुस्तकहरु, अध्ययन प्रतिवेदनहरु तथा विज्ञहरुको सल्लाह सुझाव र परामर्शलाई द्धितीयक स्र्रोतका रुपमा लिइएको छ । अध्ययनको क्षेत्र, तथ्याङ्कको व्याख्या विश्लेषण र शोधपत्रको रुपरेखा उल्लेख गरिएको छ । चौथो परिच्छेदमा सङ्कथनका युक्तिको आधारमा अथवा सम्बद्धक र सम्बद्धनका प्रकारका आधारमा रातो गुलाफ कथा सङ्ग्रह भित्रको दोस्रो बाटो कथाको व्याख्या र विश्लेषण गरिएको छ । पाँचौ अध्यायमा÷परिच्छेदमा शोध कार्यको सारांश निष्कर्ष सुझाबहरु र शोधको उपयोगितालाई विश्लेषण गरिएको छ ।

Description

Citation