चितवन जिल्लाका कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

यस शोधपत्रको शोधशीर्षक कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको अध्ययन रहेको छ । कक्षा बाहमा अध्ययनरत समग्र विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता, लैङगिकताका आधारमा कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता र विद्यालय प्रकृतिका आधारमा कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका उद्देश्यहरूलाई व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य गर्दा प्राथमिक स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र, पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ । विज्ञापन लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १०० जना विद्यार्थीहरूमा २० प्रतिशतभन्दा कम विज्ञापन लेखन क्षमता भएका विद्यार्थी सङख्या ४ रहेको छ, जसको प्रतिशत पनि ४ नै रहेको देखिन्छ । २१ देखि ४० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सङख्या ४१ नै रहेको छ, जसको प्रतिशत पनि ४१ नै रहेको देखिएको छ । ४१ देखि ६० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सख्या ४५ रहेको छ भने प्रतिशत पनि ४५ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू सङख्या १० रहेको छ, भने प्रतिशत पनि १० नै रहेको देखिन्छ । त्यसैगरी ८१ प्रतिशतभन्दा माथि अङक ल्याउने विद्यार्थीहरूको सङख्या शून्य र प्रतिशत अङक पनि शून्य रहेकाले समग्र विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका ०.९४ रहेको छ । मध्यमानभन्दा तल ५५ प्रतिशत र मध्यमानभन्दा माथि ४५ प्रतिशत रहेकाले समग्रमा विद्यार्थीको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । लैङगिकताको आधारमा छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको मानक विचलनका १.३१३ रहेको छ । मध्यमानभन्दा तल ६४ प्रतिशत र मध्यमानभन्दा माथि ३६ प्रतिशत रहेकाले छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको पाइन्छ । छात्र विद्यार्थीहरूको विज्ञापन लेखन प्राप्ताङकका आधारमा मानक विचलन २.२५८ रहेको छ । मध्यमानभन्दा तल ४६ प्रतिशत र मध्यमानभन्दा माथि ५४ प्रतिशत रहेकाले छात्र विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमान ४.४८ छ भने मानक विचलनका १.३६३ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ४७ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमान ४.९४ छ भने मानक विचलनका १.३२२ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९८ प्रतिशत पाइएका छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता रामो रहेको पाइन्छ । सामुदायिक विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ५० प्रतिशतको विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५० प्रतिशत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा माथि छ । संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमानभन्दा तल सङख्या २० र प्रतिशत ४० छ भन मध्यमानभन्दा माथि सङख्या ३० र प्रतिशत ४८ रहेको छ ।

Description

Citation