विद्यालयको व्यवस्थापनमा महिला प्रधानाध्यापकको भूमिका {Role of female headmaster in school management}

dc.contributor.authorखकुराल Khakural, शिरीष Shiris
dc.date.accessioned2022-02-01T07:30:55Z
dc.date.available2022-02-01T07:30:55Z
dc.date.issued2010
dc.description.abstractविद्यालयको व्यवस्थापनमा महिला प्रधानाध्यापकको भूमिका नामक यस सोधपत्रमा महिला र पुरुष प्रधानाध्यापकका व्यवस्थापकीय भूमिकाको विश्लेषण गर्ने , महिला प्रधानाध्यापकको नियुक्तिका उपाय खोजी गन, महिला प्रधानाध्यापकले व्यवस्थापकीय भूमिका निर्वाह गर्दा भोगेका समस्या पहिचान गरी निराकरणका उपाय सुझाउने जस्ता विषयमा खोजी गर्ने उद्देश्य लिइएको छ । यो शोधपत्र गुणात्मक तथा वर्णनात्मक अध्ययन विधिमा आधारित छ । प्रधानाध्यापकहरुका वास्तविक समस्या र चुनौतिहरुको गहिराइ सम्म पुगी यर्थाथता बुझ्न गुणात्मक अध्ययन विधि नै बढी उपर्युक्त देखिएकोले अन्तरवार्ता, अवलोकन र विद्यालय अभिलेखहरुको अध्ययन गएिको छ जुन गुणात्मक तथा वर्णनात्मक अध्ययनका महत्वपूर्ण तत्वहरु पनि हुन । अध्ययनको उद्देश्य पूरा गर्न उद्देश्यमूलक नमूना संकलन विधि अन्तर्गतको सम्भावना रहित नमूनामा छनौट विधि प्रयोग गरिएको छ । सम्भावना नमुना छनौट विधि अनुसार चारवटा विद्यालयहरुलाई छनोट गरी प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको छनोट गरिएको छ । यसका साथै अध्ययनको वैद्यता र विश्वसनीयता कायम गर्न विभिन्न पक्षहरुसंगको छलफल , अन्तरक्रिया र खुल्ला अन्तर्वार्तालाई अवलोकन र अभिलेखसंग भिडाउने र तिनीहरुबाट प्राप्त जानाकारीहरुलाई पनि एक अर्कासंग त्रिकोणत्मक सम्बन्ध कायम गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा खास गरी महिला प्रधानाध्यापकहरुले आफुलाई कुशल व्यवस्थापकका रुपमा स्थापित गर्न थुप्रै प्रयत्न गरिरहेका भए पनि कुनै न कुनै रुपमा सामाजिक, सांस्कृतिक तत्वहरुले त्यसमा वाधा व्यावधानहरु सिर्जना गरिएको कुरा औल्याइएको छ । महिला प्रतिको लैङ्गिक एकोहोरापना परम्परागत सोच र लैङ्गिग पक्षापातपूर्ण व्यवहारले उनीहरुका कार्यहरुको सही ढङ्गले मूल्याङ्कन भइरहेको छ । पारिवारिक कार्य संरचनाको परम्परागत शैलीले उनीहरुका लागि थप कार्यभार र बोझ् सिर्जना गरिरहेको छ । महिलाहरुप्रतिको परम्परागत सोच र दृष्टिकोणहरुलाई सबै सरोकार समूहहरुले त्याग्नुपर्ने, उनीहरुको कार्यशैली र व्यवहारलाई आधार बनाई सही मूल्याङ्कन गरेर महिलालाई व्यवस्थापकीय भूमिकामा पुग्न सहयोग पु¥याउनु पर्ने र यसका लागि परिवार र समुदायको दृष्टिकोणमा सुधार गर्न नीतिगत, कानूनी र व्यवहारिक विधि अवलम्बन गरी आवश्यक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने यस शोधपत्रको सुझाव रहेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7989
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापनen_US
dc.subjectविद्यालय व्यवस्थापन School managementen_US
dc.subjectमहिला प्रधानाध्यापक Female headmistressen_US
dc.titleविद्यालयको व्यवस्थापनमा महिला प्रधानाध्यापकको भूमिका {Role of female headmaster in school management}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
67.66 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
248.87 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: