विद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयता {Social Benefits of School Scholarship Program}

dc.contributor.authorदाहाल Dahal, प्रकाश प्रसाद Prakash Prasad
dc.date.accessioned2022-03-04T10:38:09Z
dc.date.available2022-03-04T10:38:09Z
dc.date.issued2012
dc.description.abstractविद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयता शिर्षकको शोध कार्य एम.एड दोस्रो बर्षको आंशिक आवस्यकता पुरा गर्नका लागि विद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयताको लेखाजोखा गर्ने, छात्रवृत्ति वितरणका आधारहरूको विश्लेषण गर्ने, छात्रवृत्ति कार्यक्रमका समस्या पहिचान गर्ने, छात्रवृत्ति कार्यक्रमको मूल्याङ्कन गरि छात्रवृत्ति कार्यक्रमलाइ प्रभावकारी बनाउने उपायहरू सुझाव दिने मुख्य उद्देष्य राखि सम्पन्न गरिएकोछ । साधन र स्रोतको सीमितताका कारण यस अध्ययनलाई तेह्रथुम जिल्ला म्याङ्लुङ स्रोत केन्द्रमा सिमित गरिएको छ । यसले राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने छैन् । यसलाई सीमित मात्र सामान्यीकरण गर्न सकिने छ । अध्ययनले म्याङ्लुङ स्रोत केन्द्रका प्र.अ., स्रोत व्यक्ति, वि.नि., शिक्षक र सेवाक्षेत्रका अभिभावकहरूलाई उद्देश्य मुलक नमुना छनोटका आधारमा ३३ जना छनोट गरी प्रश्नावली, अन्तर्वार्ता प्रश्नावली र लक्षित समुह छलफलबाट तथ्य धारणा र अभिमत लिई तिनीहरूलाई परिमाणात्मक र गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । अध्ययनका क्रममा प्राप्त भएका तथ्य धारणा र दृष्टिकोणलाई छात्रवृत्ति कार्यक्रमको उपादेयता, छात्रवृत्ति रकम प्रतिको धारणा, छात्रवृत्ति वितरण गर्ने प्रक्रिया, छात्रवृत्ति वितरणको समय, वितरण गर्ने सामग्री, छात्रवृत्ति कोटा र कोटा वितरण गर्ने आधारहरूका बारेमा अध्ययन गरिएको छ । यसबाट प्राप्त तथ्य, धारणा र विचारलाई मास्लोको आवश्यकताको सिद्धान्त, दुर्खिमको शिक्षाको समाज शास्त्रको सिद्धान्त, प्याव्लभको शास्त्रीय प्रत्यावर्तनको सिद्धान्त र थन्डाइकको सम्वलनको सिद्धान्तसँग सम्बन्धित गराई व्याख्या विश्लेषण गरिएको छ । अध्ययनमा छात्रवृत्ति कायृक्रममा समस्याहरू खोजी गर्नका साथै छात्रवृत्ति कार्यक्रमको मूल्याङ्कन गरी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउने उपाय प्रस्तुत गरिएको छ । अध्ययनबाट प्राप्त तथ्य र तथ्याङ्कलाई प्रतिशत र रेखाचित्रमा प्रस्तुत गरिएको छ । अध्ययनबाट छात्रवृत्ति कार्यक्रमको आवश्यकता रहेको, छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी, अभिभावक र समुदायले महत्वपुर्ण लाभहरू प्राप्त गरिरहेको पाइएको छ । छात्रवृत्ति वितरण गर्ने प्रक्रिया र समय प्रभावकारी नभएको अधिकाशं प्र.अ., शिक्षक तथा अभिभावकहरूको दृष्टिकोण रहेको पाइएको छ । छात्रवृत्ति वितरणमा कुनै विशिष्ट शैक्षिक उन्नयनका आधारहरू निर्धारण गरिएको छैन् । केवल विद्यालय हातामा प्रवेश गरेको भरमा छात्रवृत्ति दिइने चलन प्रति अभिभावकहरूको गुनासो रहेको पाइएको छ । छात्रवृत्ति पाउने विद्यार्थीको शैक्षिक उपलब्धि सुधार भएपनि उमेर पक्षलाई ख्याल गरेको देखिदैन् । छात्रवृत्ति वितरणको सम्बन्धमा प्रभावकारी र जिम्मेवारीपूर्ण निरिक्षण अनुगमन भएको पाइएन । यसरी छात्रबृत्ति कार्यव्रmयका सम्वन्धमा प्राप्त तथ्य र दृष्ट्रिकोणका आधारमा परिवारिक सामाजिक तथा आर्थिक स्तरिकरणको आधारमा छात्रबृत्ति वितरण गर्नु पर्नु, छात्रबृत्ति वितरण गर्ने निर्देशिका वनाई प्रभावकारी रूपमा लागु गर्ने, विद्यार्थी तथ्याङलाई चुस्त र वास्तविक बनाउने एकिकृत तथ्याङ्क प्रणालीको बिकास गर्नु पर्ने, अनुगमन र निरिक्षण प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8747
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectविद्यालय छात्रवृत्ति School scholarshipen_US
dc.subjectसामाजिक उपादेयता Social upliftmenten_US
dc.titleविद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयता {Social Benefits of School Scholarship Program}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
58.23 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
323.76 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: