शिक्षकहरुको पेशागत नैतिकताको अध्ययन {Sikshakaharuko peshagat naitikatako adhyayan}

dc.contributor.advisorसन्तोषकुमार बराल (Santoshkumar Baral)
dc.contributor.authorराई, वीरबहादुर (Rai, Birbahadur)
dc.date.accessioned2026-02-27T07:42:12Z
dc.date.available2026-02-27T07:42:12Z
dc.date.issued2014
dc.description.abstractनेपालमा विद्यालय शिक्षाको विकास र विस्तारको लामो इतिहास भएता पनि आधुनिक शिक्षाको विकास वि.सं. २००७ सालको प्रजातन्त्रको आगमन पछि यसले व्यापकता पाएको हो । विद्यालय तहको शिक्षामा विद्यालयको संख्या उल्लेख्य मात्रमा खोलिएको भएतापनि अझै प्राथमिक तहका करिब ५% बालबालिकाहरु आधुनिक औपचारिक शिक्षाबाट वञ्चित छन् । त्यस्तैगरी विद्यालयको अवसर प्राप्त गरेको बालबालिहरुलाई पनि शिक्षामा नयाँ पाठ्यक्रम तथा विभिन्न किसिमका शिक्षकहरुलाई तालिमको व्यवस्था गरेता पनि गुणस्तरीय शिक्षा व्यवस्था अपेक्षाकृत हुन नसकेको देखिएको छ । राष्ट्रले अपेक्षा गरेको उपलब्धिमा सोचे अनुरुप प्राप्ति हुन नसक्नाका विविध कारणहरु मध्ये शिक्षण गर्ने शिक्षकको पनि पेशाप्रति समर्पण, पेशागत नैतिकता पनि एक हो भन्ने मलाई लागेको छ । शिक्षा ऐन र नियमहरुमा शिक्षकका पेशागत नैतिकताका बारेमा आचारसंहिता उल्लेख भए तापनि यसलाई स्थानीय तहसम्म सामान्यीकरण गर्न नसकिएको अवस्था रहेको छ । जब अध्यापन गर्ने शिक्षक आफ्नो आचार संहितामा रहन नसकेको अवस्थामा राज्यले अपेक्षा गरेको शैक्षिक उपलब्धि प्राप्त गर्न सक्दैन । यस सम्बन्धमा शिक्षकको पेशागत नैतिकता बुझाइ , शिक्षकको पेशालाई खराब बनाउने तत्वहरुको पहिचान , नीतिनियमका प्रयोगका अभ्यासहरुको बारेमा गहन रुपमा खोजी गर्न आवश्यक देखिन्छ । यसका निमित्त पेशागत नैतिकताको सिद्धान्तको बारेमा बुझ्न यस अध्ययनमा शिक्षक र प्रधानाध्यापकहरुले नैतिक सिद्धान्तका नीतिहरुलाई के कसरी लिएका छन् ? नैतिकवान हुनका लागि शिक्षकहरु सचेत छन् ? नैतिकताको बारेमा शिक्षकलाई कुनै जानकारी छ ? शिक्षकलाई नैतिक जिम्मेवारी थाहा छ ? विद्यार्थी र अभिभावकहरुमा शिक्षकको पेशागत नैतिकताको बुझाइ कस्तो रहेको छ ? यी समस्याका समाधानका उपायहरु के के हुन सक्छन् ? जस्ता प्रश्नहरुका उत्तर खोजी गर्नका लागि अनुसन्धानका उद्देश्यहरु शिक्षकहरुका पेशागत नैतिकताको व्यवहारिक अभ्यास खोजी गर्नु, विद्यार्थीको दृष्टिकोणमा शिक्षकहरुको पेशागत नैतिकतालाई पत्ता लगाउनु, शिक्षकको पेशागत नैतिकतालाई प्रभावकारी बनाउन प्रधानाध्यापकको भूमिका पत्ता लगाउनु, शिक्षकको पेशागत नैतिकताको सम्बन्धमा वि.व्य. स. तथा अभिभावकहरुको धारणलाई उजागर गर्न जस्ता उद्देश्य राखी अनुसन्धान गरी निष्कर्षमा पुग्ने कोशिस गरिएको छ । यस अनुसन्धानलाई अघि बढाउन विषयसंग सम्बन्धित शोधकार्य, दस्तावेज , जर्नल समेत अध्ययन गरिएको छ । अनुसन्धानलाई पुरा गर्न प्रश्नावली, अन्तरवार्ता एवं अवलोकनलाई प्रयोग गरी तथ्यांक संकलन गरिएको छ । तथ्यांक संकलनका विधिमा परिमाणात्मक र गुणात्मक दुवै विधि प्रयोग गरी मिश्रित विधिबाट संकलन गरिएको छ । प्राप्त भएका तथ्यांकलाई विषयवस्तुको आधारमा शिक्षकसँगको प्रश्नावली , विद्यार्थीसँगको प्रश्नावली , प्र.अ.सँगको प्रश्नावली र वि.व्य.स.तथा अभिभावकसँगको प्रश्नावलीबाट प्राप्त भएको उत्तरलाई छुट्टाछुट्टै तालिकामा राखी प्रतिशत मानमा पत्ता लगाई प्राप्त तथ्यांकहरुको विश्लेषण गरिएको छ । विश्लेषणको आधारमा शिक्षकको पेशागत नैतिकताको सवालमा शिक्षकलाई आचार संहिताको बारमा थुप्रै कुराहरुको ज्ञान रहँदा रहँदै पनि यसको अनुगमनको पक्षको कमीले गर्दा यसलाई सहज रुपमा प्रयोग नभएको पाइयो । पेशागत नैतिकतालाई कार्यन्वयन गराउन शिक्षकलाई पेशा प्रति समपिर्त भावना जाग्रित हुने किसिमका तालिम गोष्ठि तथा पेशालाई आर्थिक रुपमा पनि आकर्षण गरिनु पर्छ भन्ने विष्लेषणबाट देखिएको छ । शिक्षक स्वयंम्ले पनि आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ ढंगबाट समर्पित भएर कार्य गर्नु पर्छ । सम्बन्धित पक्षबाट प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्ने सुझाव सहितको निष्कर्ष निकालिएको छ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25768
dc.language.isone
dc.subjectसाहित्यको पुनरावलोकन (Sahityako punrabalokan)
dc.subjectनैतिकताको अध्ययन (Naitikatako adhyayan)
dc.titleशिक्षकहरुको पेशागत नैतिकताको अध्ययन {Sikshakaharuko peshagat naitikatako adhyayan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस, सङ्खुवासभा

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
510.82 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: