टिपिडी तालिम प्रति शिक्षककाे दृष्टिकाेण { Tipidi talim parti sikshakako dristikon}

Abstract

शोधसार टिपिडी तालिम प्रति शिक्षकको दृष्टिकोण नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य टिपिडी तालिमप्रति शिक्षकको दृष्टिकोण, यसको आवश्यकता, यसको प्रयोगमा आएको समस्या र टिपिडी तालिमलाई प्रभावकारी बनाउने उपायको पहिचान गर्ने कुरामा केन्द्रित छ । प्रस्तुत अध्ययनलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यकता अनुसार परिमाणात्मक र गुणात्मक अध्ययन ढाँचा मिश्रित रुपमा प्रयोग गरिएको छ । नमूना विद्यालय र प्रअ.को छनोट उद्देश्य मुलक र शिक्षकको छनोट सम्भावनायुक्त नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनको लागि पथरी स्रोतकेन्द्रमा पर्ने वयरवन गा.वि.स.का १२ वटा सामुदायिक विद्यालय मध्ये ४ वटा सामुदायीक विद्यालयका १\१ जना प्र.अ. र २\२ जनाका दरले जम्मा ८ जना शिक्षकगरी १२ जनालाई नमुना आकारको रुपमा लिएको छ । यस अध्ययनको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न प्रश्नावलीको प्रयोग, उनीहरुलाई भेला गराई छलफल र विद्यालयको अभिलेखबाट प्राप्त विवरण संकलन गरिएको छ । टिपिडी तालिम प्राप्त शिक्षकको यस अध्ययनबाट प्राप्त भएका प्राप्तिहरु निम्नानुसार छन् । टिपिडी तालिमले शिक्षकको पेशागत ज्ञान, सीपको विकास गर्ने ज्ञान,को पुनर्ताजगी गर्ने नयाँ विधि र प्रविधिको प्रयोग गर्न सहयोग गर्ने शिक्षकलाई पेशाप्रति जिम्मेवार बनाउने भएकाले यस तालिमप्रति शिक्षकको दृष्टिकोण सकारात्मक पाइयो । टिपिडी तालिम लिए पछि कक्षा शिक्षण प्रभावकारी हुने योजनाको निर्माण गर्न सहयोग गर्ने, शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्न सहयोग गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, बालकेन्द्रित शिक्षण विधिको प्रयोग गर्न सहयोग गर्ने पेशागत विकासलाई ज्ञान र अनुभवबाट निर्माणात्मक सुधार गर्न सहयोग गर्न मद्दत गर्ने भएकाले यस तालिमको आवश्यकता छ । टिपिडी तालिममा समय कम हुने तालिममा प्राप्त भएको ज्ञान, सीपलाई शिक्षणमा प्रयोग गर्ने शैक्षिक सामग्री नहुनु, शिक्षण सिकाइ प्रति विद्यार्थीको चासो कम हुनु, केन्द्रिकरण प्याकेज हुनु, शिक्षक स्वयमले समस्याको पहिचान गर्न नसक्नु, माग अनुसारको प्रशिक्षण नहुनु, प्रशिक्षक सहजकर्ता नभई प्रशासकको रुपमा उपस्थित हुनु, प्रभावकारी र निष्पक्ष अनुगमनतथा सुपरिवेक्षण नहनुु यस तालिमका समस्या रहेका छन् । तालिम सञ्चालन गर्दा शिक्षकको मनोविज्ञान बुझेर सञ्चालन गरेमा माग अनुसार तालिम सञ्चालन गरेमा समयलाई बढाएमा, तालिममा प्राप्त ज्ञान, सीपलाई कक्षाकोठामा प्रयोग गर्ने वातावरण भएमा, प्रभावकारी अनुगमन र निरीक्षण भएमा, कार्य सम्पादनको सही मुल्याङ्कन भइ राम्रो गर्ने शिक्षकलाई पुरस्कृतगरेमा यो तालिम प्रभावकारी हुने थियो । समग्रमा टिपिडी तालिम सम्पूर्ण तालिमको समष्टिगत रुप हो जसले कक्षाकोठाको शैक्षिक समस्या समाधान मात्र गर्दैन त्यहाँ उत्पन्न भएका अन्य समस्या समाधान गर्न पनि सहयोग गर्छ । यस तालिमले व्यवहारिकताको विकास गरी नरम सीपअनुसार शैक्षिक गुणस्तर वृद्धि गर्ने भएकाले यस टिपिडी तालिम प्रति शिक्षकको सकारात्मक दृष्टिकोण पाइन्छ ।

Description

Citation