विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगको अवस्था अध्ययन {Bidyalay shikshama suchana tatha sanchar prabidhi prayogako abastha adhyayan}

dc.contributor.authorपौड्याल, भैरवप्रसाद Poudyal, Bhairav ​​Prasad
dc.date.accessioned2023-01-02T05:01:49Z
dc.date.available2023-01-02T05:01:49Z
dc.date.issued2012
dc.description.abstractप्रस्तुत शोधपत्रको शीर्षक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगका अवस्था अध्ययन रहेको छ । अध्ययनकलाई अघि बढाउने क्रममा अध्ययन क्षेत्र अन्तर्गतका विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको अवस्था पत्ता लगाउनु, विद्यालयका पठन पाठनमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको अवस्था विश्लेषण गर्नु र विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्दा वा गर्नमा देखिएका समस्याहरु पत्ता लगाई समस्या सामधानका लागि सुझाव प्रस्तुत गर्नु जस्ता उद्देश्यहरु रहेका छन् । अध्ययनको क्रममा सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रतिनिधित्व हुने गरी ६ वटा विद्यालयहरु उद्देश्यपूर्ण नमुना छनौट विधिद्वारा छनौट गरिएको छ । प्रत्येक विद्यालयबाट १÷१ जना प्रधानाध्यापक, ६÷६ जना शिक्षक र १०÷१० जना विद्यार्थीहरु छनौट गरी प्रश्नावली भराइएको छ भने सो क्षेत्रका स्रोतव्यक्ति र विद्यालय निरिक्षसँग समेतअसंरचित अन्तरवार्ता लिइएको छ । त्यसै गरी अध्ययनलाई विश्वसनीय बनाउन विद्यार्थी रशिक्षकको ४ समूह बनाई उक्त समूह बीच लक्षित समूह छलफल गराइएको छ ।विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको लागि आवश्यक पूर्वाधार र प्रयोगका अवस्थाको बारेमा आवश्यक सूचना संकलन गर्न अवलोकनलाई समेत अनुसन्धानका साधनको रुपमा प्रयोग गरिएको छ । अध्ययनको सिलसिलामा गुणात्मक तथा परिमाणात्मक तथ्याङ्क संकलन, विश्लेषण र व्याख्या गरी मिश्रित अनुसन्धान ढाँचा उपयोग गरिएको छ । अध्ययनको क्रममा सूचना तथा सञ्चार प्रविधि प्रयोगका लागि आवश्यक पूर्वाधारमध्ये विद्युत, टेलिफोन, कम्प्युटर तथा प्रिण्टर सबै विद्यालयहरुमा रहेको पाइयो । इण्टरनेट रनेटवर्किङ सुविधा ६६.६७∞ विद्यालयहरुमा मात्र पाइयो । शैक्षिक सिडि र कम्प्यूटरकक्षसंस्थागत विद्यालयहरुमा मात्र पाइयो । सामुदायिक विद्यालयतर्पm ३३∞ विद्यालयहरुमा तालिम प्राप्त कर्मचारी रहेको पाइयो भने संस्थागत तर्पm १००∞ विद्यालयहरुमा नै तालिम प्राप्त कर्मचारीको व्यवस्था पाइयो । संस्थागत तर्पm १००∞ शिक्षक सूचना पविधि शिक्षामातालिमप्राप्त छनभने सामुदायिक तर्पm १६.६७∞मात्र रहेका छन। सबै विद्यालयकाव्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गन गरेको पाइएता पनि सामुदायिक तर्पm न्यून रहेको देखियो । संस्थागत विद्यालयहरुमा शिक्षण बिषयको रुपमा र शिक्षणका माध्यमको रुपमा समेत सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्ने गरेको तर सामुदायिक तर्पm यसो नभएको पाइयो । सामुदायिक विद्यालयहरुमा सचना तथा सञ्चार प्रविधि प्रयोग गर्नमा पूर्वाधारहरुको अभाव रहेको पाइयो र विद्युत, लोडसेडिङ्ग जस्ता समस्या रहेको पाइयो । विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि पयोग गर्नमा देखिएका समस्याहरु मध्ये सामुदायिक विद्यालयहरुमा पूर्वाधारको अभाव रहेको समस्यालाई निराकरण गर्न विद्यालयका अभिभावक, स्थानीय बुद्धिजीवि, व्यवसायी सामाजिक कार्यकर्ताहरुसग छलफलगरी आवश्यक समाधान निकाल्न सकिन्छ । दातृ निकायसँग आर्थिक सहयोगको लागि अनुरोध गर्न सकिन्छ । यसका कार्यका लागि राज्यले बालबालिका, समाज र समयका मागलाई मध्यनजर गर्दै विद्यालयको पाठयक्रममा सूचना तथा सञ्चार प्रविधि शिक्षालाइ विषयको रुपमा समावेश गरी सो सञ्चालनको आवश्यक पूर्वाधारको व्यवस्था मिलाउनु पर्ने देखिन्छ । विद्यालयका लागि इ–लर्निङ्ग सामग्रीहरु तयार गर्न काममा पाठयक्रम विकास केन्द्र लाग्नु पर्ने र सबै विद्यालयहरुमा यस्ता इ–लर्निङ्ग सामग्री पुर्याउने र सञ्चालन गर्ने गराउन व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/14277
dc.language.isoneen_US
dc.publisherपाठ्यक्रम तथा मूल्याङ्कन संकायen_US
dc.subjectविद्यालय शिक्षा Bidyalaya shikshaen_US
dc.subjectसञ्चार प्रविधि Sanchar prabidhien_US
dc.titleविद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगको अवस्था अध्ययन {Bidyalay shikshama suchana tatha sanchar prabidhi prayogako abastha adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस इन्द्रपुर,मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
150.67 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
252.68 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: