आधुनिक नेपाली उपन्यासमा मधेसी प्रतिनिधित्व
| dc.contributor.advisor | रजनी ढकाल | |
| dc.contributor.author | केवरत, चतुर्भुजलाल दास | |
| dc.date.accessioned | 2026-04-28T06:14:23Z | |
| dc.date.available | 2026-04-28T06:14:23Z | |
| dc.date.issued | 2082 | |
| dc.description.abstract | प्रस्तुत शोध आधुनिक नेपाली उपन्यासमा मधेसी प्रतिनिधित्व शीर्षकको विश्लेषणमाकेन्द्रित छ । आधुनिक नेपाली उपन्यासको आरम्भ रूपमती (वि.सं.१९९१) भए पनि दौलतविक्रम विष्टको एक पालुवा अनेकौँ याम (वि.सं. २०२६) उपन्यासदेखि मधेस र मधेसीविषयवस्तुको प्रयोग भई क्रमशः विकसित हुँदै आएको छ । वि.सं. २०३७ कोजनमतसङ्ग्रहसँगै नेपाली जनमानसमा राजनीतिक चेतनाको प्रखर रूपमा विकास भएकोहो र उक्त चेतनाको प्रखर प्रभाव मधेसी समुदायमा पनि पर्न गएको हो । यस समयपछिप्रकाशित कृतिहरूमा मधेसी समुदायका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिकसन्दर्भहरूको सघन र सचेत प्रस्तुति भएको छ । यस अध्ययनमा स्टुआर्ट हलद्वारा प्रतिपादितप्रतिनिधित्व सिद्धान्तलाई आधार मानी पाठपरक, विषयपरक तथा सन्दर्भपरकविश्लेषणमार्फत औपन्यासिक पात्रहरूको अवस्थाको व्याख्या गरिएको छ । वि.सं. १९९१ देखि वि.सं. २०८० सालसम्म प्रकाशित आधुनिक नेपालीउपन्यासहरूको सर्वेक्षण गरी मधेस–मधेसी समुदायका सामाजिक, आर्थिक, सांस्कृतिक रराजनीतिक विषयवस्तु प्रखर रूपमा अभिव्यक्त भएका ६ उपन्यासहरू अलिखित (२०४०),उलार (२०५६), घुर (२०६४), गुलरको फूल (२०७१), मालिकहरूको मधेस (२०७५) रदुलारी (२०७६) छनोट गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा वर्गीय, जातीय,लैङ्गिक तथा विचारधारात्मक प्रतिनिधित्वलाई मुख्य आधार बनाइएको छ । यसका साथैसीमान्त मधेसी समुदायका आवाज र प्रतिरोधी चेतना एवम्अर्थ र भाषिक दृष्टिले मधेसीसमुदायको प्रतिनिधित्वका बारेमा विश्लेषण गरिएको छ । उत्पादनका साधनमा नियन्त्रणभएका समूहलाई अभिजात वर्ग र श्रमजीवी, गरिब तथा निम्न आयस्रोत भएको वर्गलाईनिम्न वर्गका रूपमा व्याख्या गरिएको छ । साथै, थारूलाई आदिवासी जनजाति, अन्यमूर्तिपूजकलाई मधेसी, दलित समुदायलाई सामाजिक–सांस्कृतिक निर्मितिका आधारमाशोषित–उत्पीडित, उपेक्षित वर्ग र नेपालको सन्दर्भमा मुस्लिम समुदायलाई धार्मिकअल्पसङ्ख्यक समुदायका रूपमा विश्लेषण गरिएको छ । प्रस्तुत शोधमा विश्लेषण गरिएका उपन्यासहरूमा शासक वर्गको प्रभुत्वशाली रशासित वर्गको अधीनस्थ विचारधारा, पुरुष नेतृत्वमा आधारित पितृसत्तात्मक विचारधारातथा धार्मिक–आध्यात्मिक चिन्तनलाई आदर्शवादी विचारधाराका रूपमा पहिचान गरिएको छ । सीमान्तीकृत मधेसी पात्रहरूले प्रभुत्वशाली वर्ग, जाति र लिङ्गका विरुद्ध व्यक्त गरेकाआवाजलाई वाचिक तथा कायिक प्रतिरोधका रूपमा विश्लेषण गरिएको छ । यससँगैसर्जकको दृष्टिकोणबाट अर्थ उत्पादन र पात्रको दृष्टिकोणबाट अर्थ ग्रहण पद्धतिको व्याख्यागरिएको छ । छनोट गरिएका उपन्यासहरूमध्ये अलिखित, उलार, गुलरको फूल रमालिकहरूको मधेस उपन्यासहरूमा पुरुष पात्रका नायकत्व प्रमुख रहेकाले ती कृतिहरूपरम्परागत रहेका छन् भने घुर र दुलारी उपन्यासमा महिला पात्रका नायकत्व प्रस्तुतभएकाले ती नवप्रवर्तनशील छन्। समग्रमा यी कृतिहरूमा मधेसी जीवनका विविध पक्षहरूसशक्त रूपमा अभिव्यक्त भएका छन् । प्रस्तुत शोधको मुख्य योगदान प्रतिनिधित्वसिद्धान्तको प्रयोगमार्फत मधेसी समुदायको आख्यानात्मक विश्लेषण गर्नु रहेको छ । मधेसीपहिचान परम्परागत छविबाट चेतनात्मक उपस्थितितर्फ अगाडि बढेको पुष्टि भएको छ ।विश्लेषण गरिएका उपन्यासमा मधेसी पहिचान स्थिर नभई गतिशील रहेको तथ्य प्रकट भएको छ । नेपालमा भएको मधेस आन्दोलनपश्चात् मधेसी समुदायमा राजनीतिक चेतनाक्रमशः अभिवृद्धि भई पहिचान र प्रतिनिधित्वको खोजीकार्य तीव्र गतिमा अगाडि बढेको छ ।सीमान्तीकृत मधेसी पात्रहरूले राज्यका विभिन्न एकाइका असमान व्यवहारका विरुद्ध कडाप्रतिक्रिया जनाएका तथ्यहरूको यथार्थपरक प्रस्तुति भएको छ । मधेसी पात्रहरूले राजकीयतहमा सम्मानजनक प्रतिनिधित्व नभएकाले आक्रोशित भएर अन्याय, अत्याचार र असमानव्यवहारका विरोधमा एकताबद्ध भएर आन्दोलन गरेका विषयवस्तुको तथ्यको प्रकटीकरणभएको छ । आन्तरिक औपनिवेशीकरण, मधेसी र गैरमधेसीका बिचको सत्ताशक्तिसम्बन्ध,प्रतिरोधी चेतना र मैथिली, भोजपुरी र थारू राष्ट्र भाषाका कलात्मक प्रस्तुति यसअध्ययनका प्रमुख नवीन उपलब्धि हुन् । वस्तुतः प्रस्तुत अध्ययनबाट छनोट गरिएकाउपन्यासमा मधेसी समुदायको प्रतिनिधित्व भएका विषयवस्तुको पुष्टि भएको छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26495 | |
| dc.language.iso | ne | |
| dc.subject | आधुनिक नेपाली उपन्यास | |
| dc.subject | मधेसी प्रतिनिधित्व | |
| dc.subject | नेपाली साहित्य | |
| dc.title | आधुनिक नेपाली उपन्यासमा मधेसी प्रतिनिधित्व | |
| dc.type | Thesis | |
| local.academic.level | Ph.D. | |
| local.institute.title | Faculty of Humanities & Social Science |
