विद्यालय सुपरिवेक्षणको वर्तमान अवस्था {Current state of school supervision}
| dc.contributor.author | ढकाल Dhakal, रामजी प्रसाद Ramji Prasad | |
| dc.date.accessioned | 2022-02-03T07:45:18Z | |
| dc.date.available | 2022-02-03T07:45:18Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | मानव जीवनका लागि अत्यावश्यक शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता हर पक्षको आफ्नैकिसिमको प्रशासन यन्त्र हुन्छ र उक्त प्रशासनको सुसञ्चालनमा सुपरिवेक्षणको महत्वपूर्ण स्थान रहन्छ । शैक्षिक योजनाका उद्देश्यहरु व्यावहारिक रुपमा पूरा भए नभएको हेर्ने कार्य सुपरिवेक्षणले नै गर्दछ । यस अर्थमा शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गत शिक्षक तथा विद्यार्थीहरुले योजना अनुसारका उद्देश्य पूरागर्न आवश्यक क्रियाकलापहरू गरेका छन कि छैनन ? कुन हदसम्म उद्देश्य पूरा गरे र उद्देश्य प्राप्तिमा के कस्ता बाधा अड्चन आइपरे ? आदि प्रश्नहरुको उचित लेखाजोखा गरी आवश्यक पृष्ठपोषण तथा निर्देशन गर्नुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी वनाउन शिक्षक तथा विद्यार्थी दुवै पक्षलाई उत्पे्ररित गर्ने कार्य नै सुपरिवेक्षण हो । विद्यालय सुपरिवेक्षणको वर्तमान अवस्था पहिचान गर्ने, विद्यालय सुपरिवेक्षणमा आईपरेका समस्या पत्ता लगाउने र विद्यालय सुपरिवेक्षणका समस्या समाधानका उपायहरु सुझाउने उद्देश्यका साथ यो शोधकार्य गरिएको छ । शोधकार्यको सिलसिलामा शिक्षा ऐन नियम, विभिन्न पत्र पत्रिकामा प्रकाशित लेखहरु, विभिन्न आयोगका प्रतिवेदनहरु तथा शिक्षाविद्का विचारहरुलाई समेत सम्बन्धित साहित्यको रूपमा व्याख्या विश्लेषण गरिएको छ । अनुसन्धानमा व्याख्यात्मक तथा वर्णनात्मक विधि अपनाइएको छ भने प्राप्त तथ्य र सूचनालाई व्याख्या विश्लेषण गरी उद्देश्य केन्द्रित वनाइएको छ । नमुना छनौटमा परेको लाली स्रोतकेन्द्रका विद्यालयहरुमा गई सम्वन्धित सरोकारवाला पक्षसँग प्रश्नावली मार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । अध्ययनबाट प्र.अ., स्रोतव्यक्ति, तथा विद्यालय निरीक्षकहरुमा शैक्षिक प्रशासन र विद्यालय सुपरिवेक्षण सम्वन्धी सैद्धान्तिक ज्ञानको कमी रहनु, विद्यालय सुपरिवेक्षणसँग सम्बन्धित व्यक्तिहरु आफ्नो कार्यक्षेत्रमा नगई जि.शि.का.मा आफ्ना कामले आउने शिक्षकहरुसँग आवश्यक विवरण सोधि गलत तथ्याङ्कक सङ्कलन गरी काम चलाउने प्रवृत्ति रहनु, विद्यालय व्यवस्थापन समिति, प्र.अ. र स्रोतव्यक्ति समेतको छनोटमा राजनीतिकरण गर्न, विद्यालय निरीक्षण, अनुगमन र सुपरिवेक्षण तथा अन्य गतिविधिमा जिल्ला शिक्षा कार्यालय मौन रहनुका साथै विद्यालय सुपरिवेक्षकले आफ्नो काम, कर्तव्य, अधिकार र दायित्व बोध गर्न नसकेकाले विद्यालय निरीक्षण तथा सुपरिवेक्षणमा समस्या देखिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सुपरिवेक्षकहरुले विद्यालय निरीक्षणमा गएको समयमा नमुना पाठ प्रदर्शन गरी शिक्षकहरुलाई त्यसै अनुसार शिक्षण गर्न अभिप्रेरित गर्नुपर्ने, कुनै एक स्रोतब्यक्ति तथा निरीक्षकले सबै विषयको कक्षा अवलोकन, नमुना पाठ प्रदर्शन र पृष्ठपोषण गर्न सम्भब नहुने भएकोले विषयगत सुपरिवेक्षकहरुको व्यबस्था गर्नुपर्ने, स्रोतब्यक्ति तथा विद्यालय निरीक्षकहरुको योग्यता मा. वि. शिक्षकहरुको भन्दा एक तह माथी एम्. एड्. कायम गरिनु पर्ने सुझाव समेत दिइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8037 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | विद्यालय सुपरिवेक्षण School supervision | en_US |
| dc.subject | शिक्षण सिकाइ क्रियाकलाप Teaching-learning activities | en_US |
| dc.title | विद्यालय सुपरिवेक्षणको वर्तमान अवस्था {Current state of school supervision} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
