सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापन {Samudayik bidyalayma kakshakotha byabasthapan}

dc.contributor.advisorसन्तोषकुमार बराल (Santoshkumar Baral)
dc.contributor.authorपोख्रेल, रोहिणी (Pokhrel, Rohini)
dc.date.accessioned2026-03-10T09:22:14Z
dc.date.available2026-03-10T09:22:14Z
dc.date.issued2013
dc.description.abstractयस अध्ययनको शिर्षक सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापन रहेको छ । यस अध्ययनको प्रमख उद्देश्य सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापनको वास्तविक अवस्था पत्तालगाउनु रहेको छ । यस शोघ पत्र गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा स्थलगत अवलोकन, अन्तर्वार्ता, प्रश्नावली, समुहगत छलफल र दस्तावेजहरुको पुनरावलोकन जस्ता साधनहरुको प्रयोग गरि तथ्यांक संकलन गरिएको छ यस अध्ययनमा सम्भावनायुक्त नमुना छनौट विधिवाट चारवटा सामुदायिक विद्यालयलाई छानिएको छ । यस अध्ययनमा सामुदायिक विद्यालयका प्रधानाध्याक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्रोत व्यक्ति तथा विद्यालय निरिक्षक, अभिभाव र विद्यालयका कर्मचारिहरुलाई नमुनाको रुपमा लिई प्राथामिक तथ्याक संकलन गरिएको छ । यस अध्ययनमा पुस्तक, पत्रपत्रिका, अभिलेख र शोध पत्र आदिको आधारमा द्धितीय तथ्यांक संकलन गरिएको छ । यस अध्ययनवाट सामुदायिक विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापन अन्तरगतको खानेपानी, सरसफाई, कालोपाटीको बनोट र व्यवस्था सन्तोष जनक रहेको र विद्यार्थी बसाई प्रक्रियामा दुई लहरे पद्धती अपनाइएको पाइयो । कक्षाकोठामा शैक्षिक सामग्रीहरु जुटाउन र व्यवस्थापन गर्नको लागि विद्यालयका व्यवस्थापन पक्षले जुटाउने गरेको स्रोतसाधनको अवस्था अपुग रहेको र प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरु विच समन्वयकारी भूमिका खेल्न नसक्नु अध्ययनको निष्कर्ष रह्यो । कक्षाकोठाक व्यवस्थापनमा देखिएका समस्याहरुमा कक्षाकोठामा आपसी दुरी नजिक रहेकाले आवाजको माध्यमवाट वातावरणिय समस्या, कक्षाकोठामा शिक्षण कार्य संचालन हुंदा विद्यार्थी शिक्षक विचमा हुने संचारको समस्या, विद्युत एवम् विद्युतिय सामग्रीहरुको प्रयोगमा समस्या, अनुशासनको प्रयोगमा समस्या, विद्यार्थी–विद्यार्थी विचमा हुने अन्तक्रिया, निरिक्षण तथा आवश्यक तालिम एवम् अनुगमनको अभाव रहेको पाइयो । उल्लेखित समस्याहरु समाधान गर्ने उपायको क्रममा शिक्षक शिक्षिकाहरुले कक्षाकोठा भित्र हल्ला नियन्त्रण हुने उपायसमेतको वातावरण निर्माण गरि विद्यार्थीहरुलाई शिक्षण सिकाइ कार्यमा विद्यार्थी केन्द्रित विधिको प्रयोगद्धारा विद्यार्थीहरुलाई आकर्षित गरि शिक्षण गर्नुपर्ने देखिन्छ । शिक्षण कार्यमा कक्षाकोठामा वालमनोविज्ञान अनुसारको शिक्षण योजनाको निर्माण, छनौट र प्रयोगमा श्रव्य दृष्य समाग्रीका् प्रयोग योजनाबद्ध ढाँचामा तह र स्तर अनुसार शिक्षण गर्ने गर्नुपर्दछ । शिक्षणमा सहभागी शिक्षकको बोलाी स्पष्ट भएको हुनु पर्दछ । शिक्षकलाई तालिमको माध्यमवाट आत्मवल र दक्षता बढाउन पहल गर्ने र दक्षता अनुसारको पुरस्कारको व्यवस्था समेत गर्नुपर्ने देखिन्छ । कक्षाकोठा व्यवस्थापन कार्यको प्रभावकारीता बढाउन र शिक्षण सिकाई कार्य वालसुलभ, वालमैत्रि र वालसहयोगी बनाउनका लागि कक्षाकोठामा विजुली वत्ति, घडि र दृष्य शैक्षिक सामग्रीको आवश्यक सजावटको व्यवस्था गर्नुपर्ने देखिन्छ । आफुसँग रहेका विभिन्न स्रोत र साधनहरुलाई बढि भन्दा बढि प्रयोगमा ल्याई अपुग सामग्रीहरुको पहिचान गरि समयमा नै पुरा गर्न अनवरत प्रयास गर्नुपर्ने देखिन्छ । कक्षाकोठा व्यवस्थापन कार्यलाई सकारात्मक रुपमा अगाडी बढाउनका लागि नितिगत तह, कार्यान्वयन तह र अनुसन्धानात्मक तह आदि पक्षलाई सुझाबको रुपमा प्रस्तुत गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25826
dc.language.isone
dc.subjectसामुदायिक विद्यालय (Samudayik bidyalay)
dc.subjectकक्षाकोठा व्यवस्थापन (Kakshakotha byabasthapan)
dc.titleसामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापन {Samudayik bidyalayma kakshakotha byabasthapan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
291.85 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: