स्नातक तहका विद्यार्थीको संसक्ति पहिचान र प्रयोग
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत अनुसन्धान स्नातक तहका विद्यार्थीको संसक्ति पहिचान र प्रयोगमा आधारित छ ।
विद्यार्थीमा संसक्तिप्रतिको बुझाइ र व्यावहारिक सामथ्र्यबिचमा रहेको रिक्तता निरूपण गर्नु
अनुसन्धानको केन्द्रीय समस्या हो । यस अध्ययनको मख्य उद्देश्य स्नातक तह दोस्रो वर्षका
विद्यार्थीमा रहेको साङकथनिक संरचनाको ज्ञान र बाधको पहिचान गर्नु रहेको छ ।
विद्यार्थीमा रहेको व्याकरणिक र कोशीय संसक्ति पहिचान र प्रयोग क्षमताको तुलना गर्नु
अध्ययनको अर्को उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन काठमाडौ उपत्यकाभित्रका चारओटा
क्याम्पसमा अध्ययनरत स्नातक तह, दोस्रो वर्षका २०२ जना विद्याथीका प्रतिक्रियामा
आधारित छ । यसमा ह्यालिडे र हसन (१९७६) को संसक्ति सिद्धान्तद्वारा प्रस्तावित
व्याकरणिक ससक्तिका छ र कोशीय संसक्तिका पाँच प्रकारहरूमा मात्र परिसीमित गरिएको
छ ।
यस अनुसन्धानमा प्रत्यक्षवादी दार्शनिक आधारको अवलम्बन गरिएको छ ।
संसक्तिलाई साङख्यिकीय रूपमा मापन गर्न सकिने वस्तुगत यथार्थका रूपमा ग्रहण
गरिएकाले यसको तŒवमीमांसा वस्तवादी र यथार्थपरक रहेको छ । ज्ञानमीमांसाका दृष्टिले
निगमनात्मक पद्धितको प्रयोग गरी संरचित प्रश्नावली र क्षमता परीक्षण साधनकाबाट
तथ्याङक सङकलन गरी संसक्तिसम्बन्धी ज्ञान पहिचान गरिएको छ । त्यसैगरी
मूल्यमीमांसाअन्तर्गत अनुसन्धान प्रक्रियालाई अध्येताको व्यक्तिगत पूर्वाग्रहबाट मक्त राखी
तटस्थ एवम मूल्यमुक्त पद्धतिको प्रयोग गरिएको छ ।
प्रस्तुत शोधप्रबन्ध परिमाणात्मक अनुसन्धान ढाँचाअन्तर्गत विवरणात्मक र
तुलनात्मक ढाँचामा आधारित छ । काठमाडौ उपत्यकाका स्नातक तह, दोस्रो वर्षमा
अध्ययनरत ६३४ जना विद्याथीबाट चारओटा क्याम्पसमा (दुई आङगिक र दुई सामुदायिक)
सरल यादृच्छिक नमना छनोट प्रक्रियामार्फत २०२ जना विद्यार्थीलाइ सहभागी गराइएको छ
। तथ्याङक सङकलनका लागि प्राथमिक स्रोतका रूपमा लिकर्ट स्केलमा आधारित संरचित
प्रश्नावली र संसक्ति पहिचान प्रयोग क्षमता परीक्षण गर्न संरचित पश्नावली साधनका
प्रयोग गरिएको छ । द्वितीयक स्रोतका रूपमा सङकथन विश्लेषणसँग सम्बन्धित शोधकार्य,
पुस्तक, लेखरचना र पाठयक्रमको सहयोग लिइएको छ । सङकलित तथ्याङकहरूको
विश्लेषण औसत, मानक विचलन, प्रतिशत र टी परीक्षण विधिद्वारा साङख्यिकीय विश्लेषण
गरिएको छ ।
अनुसन्धानका मुख्य प्राप्तिका रूपमा विद्यार्थीमा संसक्तिसम्बन्धी सैद्धान्तिक ज्ञानको
बुझाइ ८० प्रतिशत देखिएको छ । संसक्तिका व्यावहारिक पहिचान र प्रयोग क्षमता भने
मध्यम स्तर (औसत २.९ देखि ३.२ सम्म) को रहेको पाइयो । व्याकरणिक ससक्तिअन्तर्गत
सर्वनाम र संयोजकको पहिचान र प्रयोगमा विद्यार्थी राम्रा देखिए भने कालिक र स्थानिक
संसक्तिका पहिचान र प्रयोगमा मध्यम स्तर देखियो । लोप, प्रतिस्थापन जस्ता सूक्ष्म
साङकथनिक संरचनाको पहिचान र प्रयोगमा तुलनात्मक रूपमा कमजोर देखिएका छन ।
कोशीय संसक्तिमा पुनरावृत्ति, पर्यायवाची, विपरीतार्थी र समावेशात्मक ससक्तिको ज्ञान राम्रो
देखिए तापनि सन्निधानका पहिचानमा विद्यार्थीमा अन्योल वा कमजोर पाइयो । चरहरूको
तुलनात्मक विश्लेषण गर्दा संस्थाको प्रकृति, विषयगत र लैङगिकताका आधारमा संसक्ति
पहिचान र प्रयोग क्षमतामा सार्थक भिन्नता नरहेको पाइयो । भाषिक पृष्ठभूमि र विद्यालय
तहको शिक्षाको माध्यम भाषाका आधारमा विद्यार्थीको क्षमतामा सार्थक भिन्नता पाइएको छ
। यसमा अन्य मातृभाषी र संस्थागत विद्यालय तहको शिक्षाको माध्यम भाषा पृष्ठभूमि
भएका विद्यार्थीको स्तर उच्च देखिएको छ ।
प्रस्तुत अध्ययनबाट संस्थाको प्रकृतिका कारण विद्यार्थीको संसक्ति पहिचान र प्रयोग
क्षमतामा सार्थक भिन्नता हुँदैन । यसै गरी मूल विषय नेपाली र मूल विषय अन्य अध्ययन
गर्ने विद्यार्थीको संसक्ति पहिचान प्रयोग क्षमतामा पनि सार्थक भिन्नता हुँदैन । अध्ययनले
लैङगिकताका कारण विद्यार्थीको संसक्ति पहिचान र प्रयोग क्षमतामा फरक पर्दैन तर
भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी र अन्य मातृभाषी विद्याथीबिच तथा
विद्यालय तहको शिक्षा सामुदायिक र संस्थागत विद्यालयबाट आर्जन गरेका विद्यार्थीको
संसक्ति पहिचान र प्रयोग क्षमतामा भने स्पष्ट र सार्थक भिन्नता हन्छ भन्ने निष्कर्ष प्राप्त
भएको छ ।
विद्यार्थीको प्राज्ञिक लेखनलाई स्तरीय र तार्किक बनाउन पाठयक्रममा संसक्तिका
सूक्ष्म पक्षहरूको सचेत शिक्षण र प्रयोगात्मक अभ्यास गराउनु अपरिहार्य देखिन्छ । यस
अध्ययनको उपयोगिता पाठयक्रम निमाणमा सङकथन व्याकरण समावेश गर्न,
शिक्षकहरूलाई प्रयोगात्मक शिक्षण पद्धति अपनाउन र आगामी शोधार्थीहरूलाई सङकथन
विश्लेषणको क्षेत्रमा थप अनुसन्धान गर्नका लागि नीतिगत एवम व्यावहारिक आधार प्रदान
गर्ने सन्दर्भमा महत्वपूर्ण रहेको छ ।
