जगमाेहन शाक्यकाे कथाकारिताकाे अध्ययन {Jagmohan Shakyako kathakaritako adhyayan}
| dc.contributor.author | दाहाल, छुनु Dahal, Chhunu | |
| dc.date.accessioned | 2024-01-25T09:22:26Z | |
| dc.date.available | 2024-01-25T09:22:26Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | शोधशीर्षक : जगमोहन शाक्यको कथाकारिताको अध्ययन । शोधप्रयोजन : त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली विभाग महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्नातकोत्तर तहको दोस्रो वर्ष दसौं पत्रको प्रयोजनका लागि । शोधनिर्देशक : रोमनाथ आचार्य शिक्षण सहायक नेपाली विभाग, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम । शोधार्थी : छुनु दाहाल शैक्षिक सत्र : २०६३–२०६५ प्रस्तुत मिति : २०६७/१२/२७ मौखिक मिति : २०६८/०१/१९ यस शोध–पत्रलाई निम्न पाँच परिच्छेदमा बाँडिएको छ : अध्याय एक : परिचय अध्याय दुई : कथाकार जगमोहन शाक्य : व्यक्तित्व र कृतित्वको परिचय अध्याय तीन : कथाको सैद्धान्तिक आधार अध्याय चार : जगमोहन शाक्यका कथाहरूको अध्ययन अध्याय पाँच : उपसंहार प्रस्तुत शोध पत्रको अध्याय एकमा शोधपरिचय मूल शीर्षक रहेको छ । जस अन्तर्गत शोध शीर्षक, शोधको प्रयोजन, शोधको विषय परिचय, समस्या कथन, अध्ययनको उद्देश्य, पूर्व कार्यको समीक्षा, शोध कार्यको औचित्य, अध्ययनको सीमाङ्कन, स्रोत संकलन विधि, शोधपत्रको रूपरेखा जस्ता उप शीर्षक दिएर यो परिच्छेद तयार गरिएको छ । त्यसै गरी अध्याय दुईमा जगमोहन शाक्यको व्यक्तित्व र कृतित्वको परिचय राखिएको छ । यसभित्र शाक्यको जन्म र बाल्यकाल, शिक्षा–दीक्षा तथा प्रेरणा, पारिवारिक जीवन, आर्थिक स्थिति, रुचि र स्वभाव, सार्वजनिक कार्य, कृति लेखनको सुरूवात, पुस्तकाकार कृति, प्राप्त सम्मान तथा पुरस्कारहरू, विविध व्यक्तित्व र निष्कर्ष राखिएको छ । यस शोधपत्रको अध्याय तीनमा कथाको सैद्धान्तिक परिचय र नेपाली कथा मूल शीर्षक भित्र क्रमशः कथाको विधागत परिचय, कथा शब्दको व्युत्पत्ति, कथाको परिभाषा र स्वरूप, कथा सम्बन्धी पूर्वीय मत, कथा सम्बन्धी पाश्चात्य मत, कथाको अन्य विधासँगको सम्बन्ध, कथाका तत्वहरू (संरचना, कथावस्तु, पात्र/चरित्र, दृष्टिविन्दु, सारवस्तु, रूपविन्यास, भाषाशैली, पदविन्यास, बिम्ब विधान, व्यङ्ग्य, प्रतीक विधान, तुलना, शीर्षक), रूचि क्षेत्र र रीति क्षेत्रका आधारमा कथाको वर्गीकरण, नेपाली कथाको विकासक्रम तथा निष्कर्ष आदि उपशीर्षकहरू राखिएका छन् । त्यसै गरी अध्याय चारमा जगमोहन शाक्यका कथाहरूको अध्ययन मूल शीर्षक राखी पृष्ठभूमि, परिचय, जगमाहोन शाक्यको अध्ययन, समाजिक कथा, मनोवैज्ञानिक कथा, प्रगतिवादी कथा, अस्तित्ववादी कथा, यथार्थवादी कथा, स्वच्छन्दतावादी कथा उपशीर्षक भित्र उनका कथाहरूको तt\वगत अध्ययन गरिएको छ, साथै जगमोहन शाक्यको स्थान निर्धारण, दुर्वल पक्ष, सवल पक्ष तथा निष्कर्ष जस्ता उपशीर्षकहरू राखिएका छन् । त्यसै गरी यस शोधपत्रको पाँचौं परिच्छेदमा उपसंहार प्रस्तुत गरिएको छ । यस शोधपत्रको अन्त्यमा शोधपत्र तयार पार्दा सन्दर्भ सामग्रीको रूपमा लिएका सन्दर्भ सामग्रीहरूको सूची र परिशिष्टहरु राखिएका छन् । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/21502 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली विभाग | en_US |
| dc.subject | कथाकृतिगत याेगदान kathakritigat Yogdan | en_US |
| dc.subject | कथाकारिता Kathakarita | en_US |
| dc.title | जगमाेहन शाक्यकाे कथाकारिताकाे अध्ययन {Jagmohan Shakyako kathakaritako adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Mahendra Ratna Multiple Campus, Ilam | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
