सामुदायिक विद्यालयमा गैरसरकारी संघसंस्थाको सहयोगले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव {With the Help of Non-governmental Organizations in Community Schools Impact on School Management}

dc.contributor.authorदाहाल Dahal, डिल्लीराज Dilliraj
dc.date.accessioned2022-02-09T04:43:07Z
dc.date.available2022-02-09T04:43:07Z
dc.date.issued2011
dc.description.abstractमोरङ जिल्लाको पूर्वी क्षेत्र रहेको विद्यालयहरूमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरूले विद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक व्यवस्थापनमा गरेको सहयोगले सामुदायिक विद्यालयहरूको शैक्षिक सुविधामा वृद्धि भएको देखिन्छ । उक्त सहयोगले विद्यालयहरूको व्यवस्थापनमा पारेको प्रभावका विषयमा यस अनुसन्धान कार्यले खोजी गर्ने प्रयास गरेको छ । यस अनुसन्धानले सहयोगको प्रक्रिया, सहयोगले भौतिक, आर्थिक, शैक्षिक र व्यवस्थापकीय सीप र क्षमतामा पारेको प्रभाव र विद्यालयहरूको भौतिक अवस्थाबारे खोज गरी त्यसमा देखिएका समस्या र समाधानका उपायहरू पत्ता लगाउने उद्देश्य राखेको छ । यस अनुसन्धानमा मोरङ जिल्लाका पूर्वी गाविस पथरी र शनिश्चरे गाविस अन्तर्गतका ७ वटा सामुदायिक विद्यालयलाई उद्देश्यमूलक नमुना छनोटका आधारमा नमुना विद्यालय छानिएको छ । अध्ययनका लागि तथ्याङ्क संकलन गर्ने क्रममा सरोकारवालसँग अन्तर्वाता, तथ्याङ्क फारम, भौतिक अवस्था विवरण फारम, छलफल तथा अन्तक्र्रियाको प्रयोग गरी प्राथमिक तथा सहायक स्रोतबाट सूचना संकलन गरी गुणात्मक विधिबाट विश्लेषण एवम् व्याख्या गरिएको छ । अध्ययनका क्रममा नमुना छनोट गरिएका सामुदायिक विद्यालयबाट प्राथमिक र सहायक स्रोतका आधारमा लिइएका तथ्याङ्कलाई गुणात्मक आधारमा व्याख्या एवम् विश्लेषण गर्दा गै.स.सं.को आर्थिक तथा भौतिक सहयोगले सामुदायिक विद्यालयहरूमा भौतिक, शैक्षिक र व्यवस्थापकीय सीप र क्षमताको सुधारमा सकारात्मक प्रभाव परेको पाइएको छ । अन्तराष्ट्रिय गै.स.सं.ले कक्षाकोठा, शौचालय, फर्निचर, कम्पाउन्ड वाल जस्ता तुलनात्मक रूपमा बढी लागतका कार्यक्रममा सहयोग गरेको पाइयो भने राष्ट्रिय गै.स.सं. ले शैक्षिक गुणस्तर विकास, वातावरण सुधार तथा शैक्षिक सुविधा वृद्धिमा सहयोग गरेको पाइयो । सहयोग कार्यक्रमबाट विद्यालयहरूमा कक्षाकोठा, फर्निचर, शौचालय, कम्पाउन्ड वाल, वृक्षरोपण आदि जस्ता सुविधामा वृद्धि भएको पाइयो । विज्ञान सामग्री, पुस्तकालय, खेलकुद सामग्री, बालक्लब सञ्चालन, शैक्षिक सामग्री आदिमा गरेको सहयोगले शैक्षिक व्यवस्थापनमा सकारात्मक प्रभाव परेको पाइयो । सहयोग कार्यक्रम सञ्चालनबाट वि.व्य. स. र विद्यालय प्रशासनमा व्यवस्थापनका धारणात्मक, मानवीय, र प्राविधिक सीप र क्षमता सुधार हुँदै गरेको पाइयो । सामुदायिक विद्यालयमा व्यवस्थापकीय सीप क्षमतामा अभिवृद्धि गरिनुपर्ने, व्यवस्थापनमा लगनशीलता, इमानदारिता, पारदर्शिता, सहभागिता, सक्रियता जस्ता पक्षमा सुधार गरिनुपर्ने, विद्यालय समुदाय सम्बन्ध विस्तार गरी समुदायको चासो बढाउनुपर्ने जस्ता कुरामा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । दातृ संस्थाहरूले सहयोग प्रक्रिया तथा कार्यक्रम छनोटमा इमानदारिता र पारदर्शिता कामय गर्नुपर्ने, शैक्षिक गुणस्तर वृद्धिमा पनि लगानी गर्नुपर्ने, आवश्यकता देखिन्छ । सरकारी निकायले समन्वयमा ध्यान दिनुपर्ने, उपयुक्त सरकारी नीतिनियम लागु गर्नुपर्ने, लगानी बढाउनु पर्ने, दातृ निकायलाई सहयोगको कदर गर्दै लगानी बढाउन प्रोत्साहन गर्नुपर्ने, विद्यालयमा प्रशासनिक कर्मचारीको व्यवस्था मिलाउनुपर्ने, वि.व्य.स., प्र.अ. र प्रशासनिक कर्मचारीलाई व्यवस्थापकीय तालिमको पर्याप्त व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । विद्यालय अभिलेख, व्यवस्थापन तथा सूचना प्रणालीलाई प्रभावकारी ढङ्गले व्यवस्थापन गर्न समेत आवश्यक देखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8125
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectसामुदायिक विद्यालय Community Schoolen_US
dc.subjectगैरसरकारी संघसंस्था Non-government Organizationen_US
dc.subjectविद्यालय व्यवस्थापन School Managementen_US
dc.titleसामुदायिक विद्यालयमा गैरसरकारी संघसंस्थाको सहयोगले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव {With the Help of Non-governmental Organizations in Community Schools Impact on School Management}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
53.45 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
764.34 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: