किरात थुलुङ् मुन्दुममा गाइने रिसियामा विश्वद्धष्टि

dc.contributor.advisorरमेशप्रसाद भट्टराई
dc.contributor.authorराई, बलराम
dc.date.accessioned2026-06-15T09:36:45Z
dc.date.available2026-06-15T09:36:45Z
dc.date.issued2081
dc.description.abstract‘मुन्दुम’ नेपालका प्राचीन जाति किरातको संस्कार एक पद्धति हो । मुन्दुममा किरातहरूको संस्कृति र समाजशास्त्रको वर्णन पाइन्छ । किरातअन्तर्गत मुख्य गरी पूर्वी नेपालका राई, लिम्बू, याक्खा र सनुवारलाई मानिन्छ । यी जातिले आफ्ना सामाजिक सांस्कृतिक पद्धतिका रूपमा ‘मुन्दुम’लाई मानेका छन । मुन्दुम अलिखित थुतुरीवेदका रूपमा संरक्षण हुँदै आएको एउटा दर्शन हो । किरात मुन्दुमको लयात्मक अभिव्यक्ति न रिसिया हो । रिसिया गीत विशुद्ध किरात संस्कारको मौलिक मुन्दुमी लय वा सङगीत हो । मुन्दुम किराती समुदायको मार्ग दशक भएकोले यसभित्र मानव इतिहास, धर्म, संस्कार, संस्कृति, रहनसहन, भाषा, साहित्य, गीत, सङगीत वा सम्पूर्ण सामाजिक गतिविधिहरू समेटिएको हुन्छ । यस शोधप्रबन्धमा किरात थुलुङ राइहरूका मुन्दुममा गाइने रिसिया गीतको विश्वदृष्टिबारे अध्ययन गरिएको छ । २. समस्याकथन यस अध्ययनमा किरात थुलुङ राई जातिको मुन्दुमी रिसियाहरूमा विश्वदृष्टिको क कसरी प्रस्तुत भएका छन, भन्ने समस्यालाई दुई वर्गमा विभाजन गरिएको छ । पहिलो किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूर्वका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि र दोस्रा मृत्य पश्चातका संस्कारमा गाइन रिसियामा विश्वदृष्टिको बारेमा अध्ययन गन रहेको छ । ३. शोधका उददेश्य यस अध्ययनका समस्या समाधानार्थ निम्नलिखित उद्देश्यहरू तय गरिएका छन, १. किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूर्वका संस्कारमा गाइने रिसियामा विश्वदृष्टिको विश्लेषण गन, र २. किरात ‘थुलुङ मुन्दुम’ मा मृत्यु पश्चातका संस्कारमा गाइने रिसियामा विश्वदृष्टिको विश्लेषण गर्नु । ४. शोधका सीमाङकन यस शोधकार्य सुकराज राई, खुक्सङ खम्बु राई र जसिहव थुलुङद्वारा सङकलन तथा सम्पादन गरिएको ‘थुलुङ मुन्दुम’ (२०७७) मा सङकलित मुन्दुमी रिसियाहरूमा विश्वदृष्टिको अध्ययन गरिएको छ । यस शोधमा फ्रान्सेली चिन्तक लुसिएं गोल्डमानद्वारा प्रतिपादित विश्वदृष्टि सम्बन्धी सिद्धान्तका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । ४. शोधविधि र सैद्धान्तिक आधार यस अध्ययनका लागि ‘थुलुङ मुन्दुम’ प्राथमिक सामग्रीको रूपमा रहेको छ । यस शोधमा द्वितीयक सामग्रीको रूपमा साहित्यको समाजशास्त्रीय तथा केही समाजशास्त्रीय अध्ययन तथा व्याख्या विश्लेषण गरिएका पुस्तक तथा लेख, समालोचनाहरू उपयाग गरिएको छ । सामग्री सङकलनका निम्ति पुस्तकालयको प्रयोग गरिएको छ । यस शोधप्रबन्धका लागि सैद्धान्तिक आधार साहित्यको समाजशास्त्रीय अध्ययनको विभिन्न सिद्धान्तहरूमध्ये फ्रान्सेली चिन्तक लुसिएं गोल्डमानद्वारा प्रतिपादित विश्वदृष्टिसम्बन्धी सिद्धान्तलाई लिइएको छ । यसमा मुन्दुममा गाइने रिसियाको पाठ वश्लेषण विधिमा रही विश्लेषण गरिएकाले प्रस्तुत शोध गुणात्मक प्रकृतिको रहेको छ शोधप्रबन्धको रूपरेखा प्रस्तत शाधप्रबन्धलाइ मलतः आमख, मल पाठ र सन्दभ सामगीसची गरी तीन खण्डमा विभाजन गरी आवश्यकता अनसार तिनलाइ थप शीषक एवम उपशीषकहरूमा बाडिएका छन । मल पाठअन्तगत रहका ४ वटा परिच्छद अन्तगतका मल शीषकहरूमा क्रमशः शाधपबन्धका परिचय, किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूवका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि, किरात ‘थुलुङ मुन्दुम’ मा मृत्यु पश्चातका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि र सारांश र निष्कष रहेका छन । ६. शोधप्रबन्धको निष्कष यस शोधका निष्कर्षलाई निम्नानसार उल्लेख गरिएको छ १. थुलुङ राई समुदायमा मानिसको जन्मपश्चातको पहिलो संस्कारगत कर्म नै नङ प्रमु (न्वारान) हो । थुलुङ राई समुदायमा आफ्नो तीन चुलालाई पवित्र स्थान वा शक्तिको प्रतीकको रूपमा मान्नुपुर्ने विश्वदृष्टि रहेको पाइन्छ । यस्ता कार्यमा नराम्रो शक्तिले दःख दिन नहुने तर दुःख दिएमा सबैले गाली गलौज गर्नुपन विश्वदृष्टि रहेको पाइन्छ । किरात थुलुङ राईहरूको जुनसुक पनि राम्रो संस्कारगत कर्ममा भान्सेको शिर उभ्याउनी कार्यक्रम गर्नुपर्ने र भान्सेले पनि त्यसको स्वीकार गर्दै आशीर्वाद दिनुपर्ने विश्वदृष्टि रहेको पाइन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27014
dc.language.isone
dc.subjectकिरात संस्कार
dc.subjectकिरात मुन्दुम
dc.titleकिरात थुलुङ् मुन्दुममा गाइने रिसियामा विश्वद्धष्टि
dc.typeThesis
local.academic.levelM.Phil.
local.institute.titleCentral Department of Nepali

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
917.14 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections