वर्तमान समयमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीहरूको अवस्था (कास्की जिल्ला, पो.ले.म.न.पा.वडा नं. १६ स्थित चमेरी गुफा मार्गका समाजशास्त्रीय अध्ययन){The Present situation of Daughters-in-law in the Brahmin Chhetri Family (Sociological Study of Chameri Cave Road Located at Kaski District, Po.L.M.N.P. Wada No. 16)}

dc.contributor.authorबस्नेत Basnet, निरु Niru
dc.date.accessioned2022-06-14T06:25:08Z
dc.date.available2022-06-14T06:25:08Z
dc.date.issued2009
dc.description.abstractवर्तमान समयमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीहरूका अवस्थाको बारेमा अध्ययन गरिएकोछ । अध्ययन क्षेत्रका रुपमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६, बाटुलेचौरको चमेरी गुफा मार्गलाई छनौट गरिएको छ । बुहारीलाई सक्षम र सबल बनाउनको लागि विभिन्न समुह, सघ–संस्थाहरूको प्रायस अभिमुखीकरण तालिम, सेमिनारहरू भएतापनि महिलाको संलग्नता न्यून रहेको छ । यस अध्ययनको मुख्य उद्देश्यहरू निम्न छन ब्राह्मण क्षेत्री परिवारका बुहारीहरूका समाजिक आर्थिक स्थिति पत्तालगाउने र । दैनिक जीवनयापन एवंम पारिवारिक कार्य प्रक्रियामा बुहारीहरूको अवस्थाका विश्लषण गर्ने । यस क्षेत्रमा विवाहित महिला जुन विशेषगरी बुहारीहरूको वर्तमान अवस्थामा उनीहरूका भूमिकाको बारेमा यस भन्दा अगाडि कुनैपनि सङघसंस्था तथा व्यक्तिबाट अध्ययन नभएको कारणले यो शोधपत्र तयार गरिएको छ । यस शोधपत्रमा ब्राह्मण क्षेत्रीजातिका बुहारीहरूलाई मात्र समेटिएका छ र उनीहरूनै उत्तरदाताको रुपमा रहेका छन ।यस अध्ययनमा सैद्धान्तिक व्याख्या र विश्लेषणका लागि लैङिगक दष्टिकोणको प्रयोग गरिएकोछ । यसमा अन्वेषणात्मक एवम वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ भने एउटै वडाका ६२ घर परिवारलाई जनगणना विधिद्वारा अध्ययन गरिएको छ । तथ्याङ्ख संकलन गर्नकालागि प्राथमिक तथ्याङ्क र द्वितीय तथ्याङ्कको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङकमा अन्र्तवार्ता अनुसूचि र वैयक्तिक अध्ययन रहेका छनभने द्वितीय तथ्याङकमा सघ संस्थाबाटप्रकाशित लेख, रचना, जर्नल, थेसिस आदि रहेका छन । प्राथमिक तथ्याङ्कबाट प्राप्तमात्रात्मक तथ्याङ्कहरूलाइ तालिकाको माध्यमद्वारा विश्लोषण गरिएको छ भने गुणात्मक तथ्याङ्कहरूलाई व्याख्यात्मक रुपमा विश्लेषण गरिएको छ । प्राप्ति परिवारमा शैक्षिक चेतनाको विकास भएको दखियो । पितृसत्तामा आधारित मुलकका कारण महिलाप्रतिको त्यवहारमा परिवर्तन आए तापनि धारणा अझै पनि त्यस्तै रहेको देखियो । छोरा र छोरी पनि बराबर छनभन्ने धारणाको विकास भएको पाइयो । विगतको तुलनामा छोरी बुहारी बराबरी छनभन्ने धारणाको विकास भएको पाइयो । बुहारीहरूले पनि आयार्जनका क्षेत्रमा लागेको देखियो । निष्कर्ष वर्तमान परिवेशमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीको भूमिकामा परिवर्तन आएका छन् तरपनि हाम्रो समाज पितृपसत्तामा आधारित समाज रहेकाले बुहारीहरू अझै पनि घरभित्र सीमित भूमिकामा रहेको पाइयो । बुहारीहरूको व्यक्तिगत, समाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरूमा केही सुधार भएता पनि उनीहरूको अवस्था अझै पनि कमजोर नै रहेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11199
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectब्राह्मण क्षेत्री परिवार Brahmin Kshetri familyen_US
dc.subjectशैक्षिक चेतना Educational consciousnessen_US
dc.titleवर्तमान समयमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीहरूको अवस्था (कास्की जिल्ला, पो.ले.म.न.पा.वडा नं. १६ स्थित चमेरी गुफा मार्गका समाजशास्त्रीय अध्ययन){The Present situation of Daughters-in-law in the Brahmin Chhetri Family (Sociological Study of Chameri Cave Road Located at Kaski District, Po.L.M.N.P. Wada No. 16)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
106.05 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(4).pdf
Size:
381.67 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: