उच्च माध्यमिक तहमा महिला शिक्षकको अवस्था {Status of Female Teachers at Higher Secondary Level}
| dc.contributor.author | बस्याल Basyal, जगन्नाथ Jagannath | |
| dc.date.accessioned | 2022-03-07T04:20:49Z | |
| dc.date.available | 2022-03-07T04:20:49Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | यस अध्ययनको शीर्षक उच्च माध्यमिक तहमा महिला शिक्षकको अवस्था रहेको छ र अध्ययनको मुख्य उद्देश्य उच्च माध्यमिक तहमा महिला शिक्षकको अवस्था विश्लेषण गर्नु रहेको छ । अध्ययन लुम्बिनी अञ्चल पाल्पा जिल्लाको तीन ओटा स्रोतकेन्द्रका ८ ओटा उ.मा.वि. सञ्चालन भएका विद्यालयमा सीमित राखिएको छ । यो अध्ययन मिश्रित ढाँचामा आधारित छ । निर्धारित उद्देश्य प्राप्तिका लागि तथ्याङ्क संकलनका साधनको रुपमा विद्यालय सर्वेक्षण फारम, अन्तर्वार्ता , प्रश्नावली र डायरी टिपोटको प्रयोग गरिएको छ । विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी र विद्यालय शिक्षक अभिभावक संघका पदाधिकारी यस अध्ययनका उत्तरदाताको रुपमा रहेका छन् । अध्ययनको मुख्य प्राप्तिमा उच्च माध्यमिक तहमा महिला शिक्षकको संख्या भन्दा पुरुष शिक्षक संख्याको बाहुल्यता रहेको पाईयो । अध्ययनको क्रममा विद्यालयमा प्राचार्य तथा व्यवस्थापन समितिमा महिला प्रतिनिधि अति न्यून देखियो । शिक्षकको अवस्था उच्च माध्यमिक तहमा हरेक क्षेत्रमा महिला उपस्थिति न्यून देखिन्छ । अध्ययनको क्रममा महिला प्राचार्य र शिक्षक प्रतिनिधि भएका विद्यालयहरु राम्रोसंग सञ्चालन भईरहेका पाईएकोले मौका पाएमा पुरुषले भन्दा महिलाले इमान्दारिता तथा कर्तव्य निष्ट भएर आफ्नो जिम्मेवारी पुरा गर्न सक्दछन्् भन्ने अध्ययनबाट पाईयो । विद्यालयमा महिला शिक्षकको संख्या वृद्धि गर्नका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने र अभिभावकहरु व्यवस्थापन समिति साथै प्राचार्यबाट महिला शिक्षकको संख्या वृद्धि गर्नको लागि सकारात्मक भूमिका खेल्नुपर्ने घरपरिवारबाट महिलालाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने महिलालाई शिक्षण तालिमको विशेष व्यवस्था गर्नुपर्ने साथै महिलाको मनोवल बढाउन सबै सरोकार वालाहरुले सहयोग गर्नुपर्ने, प्रा.वि तहमा जस्तै उच्च माध्यमिक तहमा पनि महिला शिक्षकको लागि अनिवार्य कोटा छुट्टाउनुपर्ने साथै संविधानको भावनाअनुसार महिलालाई हरेक क्षेत्रमा ३३% आरक्षण कोटा तत्काल लागु गर्नुपर्ने राज्यले हरेक क्षेत्रमा सबै पक्षलाई समावेश गर्ने नीति अनुरुप महिलाहरु पनि समावेशी सूचीमा रहेको हुनाले उच्च माध्यमिक विद्यालय तहको शिक्षण पेशामा हालको न्यून अवस्थालाई वृद्धि गर्न प्रशिक्षण दिएर गुणात्मक शिक्षाको लागि महिलाहरुलाई शिक्षण पेशामा प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8794 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | उच्च माध्यमिक तह Higher secondary level | en_US |
| dc.subject | महिला शिक्षक Female teacher | en_US |
| dc.title | उच्च माध्यमिक तहमा महिला शिक्षकको अवस्था {Status of Female Teachers at Higher Secondary Level} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | तानसेन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
