शिक्षामा आर्थिक लगानी र उपलब्धि {Financial investment and achievement in education}
| dc.contributor.author | सापकोटा Sapkota, हरिदास Haridas | |
| dc.date.accessioned | 2022-02-01T10:54:16Z | |
| dc.date.available | 2022-02-01T10:54:16Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | शिक्षामा लगानी नगरी कुनै पनि राष्ट्रको आर्थिक विकास हुन सक्दैन । शिक्षालाई उपलब्धिमूलक र गुणस्तरीय बनाउन शिक्षा बजेटमा वृद्धि ल्याउनु पर्दछ । सामुदायिक विद्यालयहरुमा गरिएको आर्थिक लागानी र उपलब्धि बीचको तुलना र सम्बन्धको खोजी गर्न, आर्थिक लगानीको न्यूनता बाट उत्पन्न समस्याहरु पत्ता लगाउनु र आर्थिक लगानीको न्यूनताले पार्ने समस्याहरुको समाधान गर्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने सम्बन्धमा यस अध्ययनलाई केन्द्रित गरिएको छ । यस अध्ययनको शीर्षक “शिक्षामा आर्थिक लगानी र उपलब्धि” रहेको छ । उपर्युक्त अध्ययनका निमित्त चितवन जिल्लाका तीनवटा सरकारी विद्यालयहरु संरचना रहित नमूना छनोट विधि (Random Sampling Method) को प्रयोग गरी छनोट गरियो । छनोट गरिएका विद्यालयहरुका प्र.अ., विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजकहरु तथा विद्यालय प्रसाशनट प्राप्त अभिलेख र विद्यार्थीहरुलाई दिइएको अन्तर्वार्ता प्रश्नावलीको आधारबाट अध्ययन सँग सम्बन्धि सूचनाहरु प्राप्त गरिएको छ । विद्यालय अवलोकन फारमको प्रयोगबाट विद्यालयको भौतिक अवस्थाका बारेमा जानकारी प्राप्त गरिएको छ । यसरी अन्तर्वार्ता प्रश्नावली तथा अवलोकन फारमको प्रयोग गरी प्राप्त तथ्याङ्क सङ्कलन गरिएको छ । सम्बन्धित शोधपत्र, सान्दर्भिक शैक्षिक पत्र प्रत्रिका, लेख रचना, पुस्तक, विद्यालय अभिलेख आदिलाई द्धितीय तथ्याङ्कको रुपमा संकलन गरिएको छ । संकलित शैक्षिक सूचनाहरु वा तथ्याङ्कहरुलाई गुणात्मक तथा संख्यात्मक पद्धति अपनाई व्याख्या एंव विश्लेषण गरिएको छ । यसरी यो अध्ययन अनुसन्धान संख्यात्मक तथा गुणात्मक दुबै प्रकृतिको भएकोले मिश्रीत(Mixed) स्वरुपको हुन गएको छ । यस अध्ययनलाई CIPP Model को प्रयोगबाट विश्लेषण एवम् व्याख्या गरिएको छ । प्राप्त तथ्याङ्कको विश्लेषण गर्दा माध्यमिक तहमा आर्थिक लगानी वृद्धि गर्नुपर्ने, अभिभावक र विद्यालय प्रशाशनको वीचमा राम्रो सम्बन्ध हुनु पर्ने विद्यालयको आर्थिक, शैक्षिक तथा व्यवस्थापकिय पक्षहरुमा सुधार गर्नुपर्ने, आधुनिक शिक्षण प्रद्धतिको प्रयोग गरी शिक्षणमा गुणात्मक रुपमा सुधार गर्नुपर्ने पाइयो । यस अध्ययनबाट आर्थिक लगानी वृद्धि गर्दैमा शैक्षिक उपलब्धि राम्रो हुन्छ भन्न नसकिने तथ्य निष्कर्षमा निस्किएको छ । आर्थिक लगानी र उपलब्धिको सहसम्बन्ध गणनाबाट उक्त कुराको पुष्टि हुन आउदछ । आर्थिक लगानी शिक्षकहरुको तलबमा मात्र गरेर हँुदैन आर्थिक लगानी त विद्यार्थीहरुका चौतर्फी विकासका क्रियाकलापहरुमा पनि गर्नुपर्दछ । अतिरिक्त क्रियाकलापहरुको प्रभावकारी सञ्चालनले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पु¥याँउछ । सिकाईका निमित्त अनकूल वातावरण निमार्ण गर्न सकेमा मात्र शैक्षिक उपलब्धि राम्रो हुन सक्दछ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8017 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | आर्थिक लगानी Financial investment | en_US |
| dc.title | शिक्षामा आर्थिक लगानी र उपलब्धि {Financial investment and achievement in education} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
