समुदायद्धारा व्यवस्थित विद्यालयको शैक्षिक व्यवस्थापनमा पारेको प्रभाव {Samudayadwara bebasthit bidayalayako saishik bebasthapanma pareko prabhab}
| dc.contributor.author | खड्का Khadka, मानबहादुर Manbahadur | |
| dc.date.accessioned | 2022-02-25T05:23:33Z | |
| dc.date.available | 2022-02-25T05:23:33Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | प्रजातन्त्रको पुनस्र्थापना पछि शिक्षाको पहुँचलाई सवैका लागि सर्वसुलभ बनाउने नीति अनुरुप उच्च स्तरीय शिक्षा आयोग २०५५ ले सरकारी विद्यालयलाई समुदायद्धारा व्यवस्थापन गर्न सिफारिश गरे अनुरुप शिक्षा नियमावलीको सातौं संसोधन (२०५९) मा आवस्यक व्यवस्था गरी विद्यालयलाई समुदायद्धारा व्यवस्थापन गर्ने गरेको पाईन्छ । तेह्रथुम जिल्लामा पनि आ.व. २०६०÷०६१ देखि केही सरकारी विद्यालयको व्यवस्थापन समुदायले जिम्मा लिएको छ । यसै प्रसंगमा समुदायद्धारा व्यवस्थित विद्यालयको शैक्षिक व्यवस्थापनमा पारेको प्रभाव शीर्षकमा यो शोध कार्यलाई अगाडि बढाइएको छ । उल्लेखित बिषयको अध्ययनबाट सरकारी विद्यालयको व्यवस्थापन समुदायद्धारा हुँदा शैक्षिक विकास एवं गुणस्तरमा आउने सुधार, विद्यालय समुदाय बीचको सम्बन्ध, विद्यालयको भौतिक व्यवस्थापनमा आउने सुधार, विद्यार्थीको सिकाइ उपलब्धिको विश्लेषण गर्ने, समुदायले आफ्नो दायित्व तथा जिम्मेवारीलाई बहन गर्न सकेनसकेको अध्ययन गर्ने साथै विद्यालयको व्यवस्थापन समुुदायद्धारा सञ्चालन हुँदा देखापरेका समस्याहरुको पहिचान र निराकरण गर्ने उपायहरुको विश्लेषण गर्नु यस अनुुुसन्धानको मुख्य उद्देश्य हो । यस अध्ययनलाई निष्कर्षमा पु¥याउन विद्यालयका प्रधानाध्यापकहरु , विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षाप्रेमी महानुभावहरु , शिक्षकका पेशागत संगठनका पदाधिकारीहरु, स्रोतव्यक्ति, विद्यालय निरीक्षकलाई प्रश्नावलीहरु दिई तथ्याङ्कहरु सङ्कलन गरिएका छन् । यस शोध पत्रलाई पूर्णता दिन विभिन्न शिक्षा सम्बन्धी पुस्तकहरुमा शिक्षाविद् तथा शिक्षा सम्वन्धी सरोकारवालाहरुले उल्लेख गरेका विषयहरुलाई छलफलको रुपमा ल्याइएको छ ।अध्ययनको क्रममा तेह्रथुम जिल्लाका व्यवस्थापन समुदायमा गएका १०९ वटा विद्यालयहरु मध्ये १२ वटा विद्यालयहरुलाई नमुना छनौटका रुपमा लिइएको छ । अध्ययनको क्रममा संकलित तथ्याङ्क र तिनको विश्लेषणवाट विद्यालयको समुदायद्धारा व्यवस्थापन हुँदा मिश्रित प्रभावहरु देखिएका छन् । समुदायद्धारा विद्यालयको ब्यवस्थापन भएपछि विद्यालयको शैक्षिक प्रगतिका सूचकहरुमा उच्च प्रगतिदर कायम भएको पाईन्छ । यसका साथै विद्यालय समुदायको सम्वन्ध वलियो भएको, सरोकारवालाहरुमा विद्यालयप्रतिको अपनत्वको भावना बढेको, भौतिक अवस्थामा सुधार हुन सकेको, पिछडिएका जाति जनजाति दलित उत्पीडित वर्गका छात्र छात्राहरु लाभान्वित हुन सकेका जस्ता राम्रा प्रभावहरु देखिएका छन् । त्यसै गरी नराम्रा प्रभाव अन्तर्गत समुदायको पूर्ण व्यवस्थापकिय कार्यकुशलता नभएको, विद्यालय व्यवस्थापन समिति सर्वेसर्वा हुन खोजेको विद्यालयमा राजनैतिक चलखेल वढेको, शिक्षकमा पेशागत सुरक्षा प्रति शंका उत्पन्न भएको, सरकार आफ्नो दायित्ववाट पन्छिन खोजेको महसुुुुस सम्वन्धित पक्षले गरेको जस्ता प्रभावहरु देखिएका छन् । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8514 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty of Education | en_US |
| dc.subject | शैक्षिक व्यवस्थापन Śaikṣika Byavasthapana | en_US |
| dc.subject | व्यवस्थित विद्यालय Byavasthita vidyslaya | en_US |
| dc.title | समुदायद्धारा व्यवस्थित विद्यालयको शैक्षिक व्यवस्थापनमा पारेको प्रभाव {Samudayadwara bebasthit bidayalayako saishik bebasthapanma pareko prabhab} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
