प्रारम्भिक बालविकास दिग्दर्शन(पाठयक्रम) कार्यान्वयनको अवस्था{Prarambhik balbikash digdarshan (pathyakram) karyanbayanko abastha}

dc.contributor.authorविश्वकर्मा, रुद्रबहादुर Bishwakarma, Rudra Bahadur
dc.date.accessioned2022-03-28T05:10:02Z
dc.date.available2022-03-28T05:10:02Z
dc.date.issued2015
dc.description.abstractप्रस्तुत अध्ययन ‘प्रारम्भिक बालविकास दिग्दर्शन(पाठयक्रम) कार्यान्वयनको अवस्था’शीर्षकमा गरिएको हो । यस अध्ययनका उद्देश्य बालविकास कक्षा शिक्षण सिकाइ प्रक्रियाको वर्तमानअवस्थाको पहिचानगरी समस्यासमाधानका उपाय खोजी गर्नु रहेको छ । यसअध्ययनका लागि धनकुटा जिल्ला अन्र्तगत ६नं. बुधबारे स्रोतकेन्दका ४ वटाबालविकास कन्द्रहरु उद्देश्यमूलक ढङगबाट छनौट गरिएको छ । बालविकास केन्दका सहयोगीकार्यकर्ताहरुको कक्षा अवलोकन, स.का.हरु र विद्याथीहरूलाई प्रश्नावली र बालविकास कन्दकाप्र.अ.र वि.व्य.स.अध्यक्षहरूका लागि अन्तर्वार्ता सञ्चालन गरी आवश्यक तथ्याङक र विवरणलिइएको थियो । त्यसैगरी स.का.हरू, वि.व्य.स.अध्यक्ष र अन्य पदाधिकारीहरू समेतको संलग्नतामासमूह छलफल गनका साथै सम्बन्धित विद्यालयहरूबाट अभिलेख र स्थलगत सर्वेक्षण फारम भराइआवश्यक सूचनाहरू सङकलन गरिएको थियो । प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त सूचना रतथ्याङकलाई प्रयोग गरिएको छ । यसका लागि गुणात्मक र अनसन्धान ढाँचाको प्रयोग गरिएकाछ । बालविकास कक्षामा गरिने शिक्षण सिकाइ क्रियाकलापको अवस्था पहिचान गर्दा समुदायशिक्षित र क्रियाशील भएका क्षेत्रका तुलनामा अन्य क्षेत्रका बालकक्षाको वातावरण सुधार हुननसकको र शिक्षण प्रक्रियासँग आवश्यक सामग्रीहरु व्यवस्थापन गर्न पहल नगरको अवस्था पाइयो ।पाठयक्रमको कार्यान्वयन तथाबालकक्षाको शिक्षण सिकाइ सम्बन्धमा सहयोगी कार्यकर्ताहरुलसिकका र जानेका क्रियाकलापहरु शैक्षिक सामग्रीको अभाव र कक्षा व्यवस्थापन समस्याको बाबजुदप्रयोग गर्न असमर्थ रहेको र सरोकारवालाहरुको समर्थन र सहयोग प्राप्त नभएको अवस्था देखियो ।बालकक्षाका पाठयक्रम कार्यान्वयन तथा शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री वातावरणमासञ्चालन गर्न बालकेन्द्र, प.अ., स.का. र वि.व्य.स.हरुले दाताहरु वा व्यक्ति, संघ, संस्था, स्थानीयनिकाय, क्लब, आमा समूह र अभिभावकहरुको सहयोग लिन क्रियाशील हुँदै योजनाबद्ध ढङगलविद्यमान समस्याहरु समाधान गर्दै जाने नीति अबलम्बन गर्न सके बालकक्षामा गरिने सिकाइप्रक्रियालाई बालमैत्री शिक्षण सिकाइ प्रक्रियामा बदल्न सकिन्छ । घ बालकक्षामा गरिने शिक्षण सिकाइ सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागियस अध्ययन अनसन्धानबाट प्राप्त निष्कर्ष र सुझावहरुलाई सम्बन्धित निकायले अनुसरण गरीमार्गदर्शनको रुपमा ग्रहण गर्नु पर्दछ । बालविकास कक्षाको शिक्षण सिकाइ प्रक्रियाका लागिआवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, शैक्षिक सामग्री खरिद गर्ने, सङकलन गन, निर्माण गर्ने,खेलका सामग्री निर्माण गर्ने, सन्दर्भ सामग्रीहरु खोजी गर्ने, बालुवा क्षेत्र र पानी क्षेत्र निर्माण गर्ने,सिकाइ कर्नरको व्यवस्था गर्ने गर्नु पर्दछ । सरोकारवालाहरुलाई समय समयमा बालकक्षा सञ्चालनसम्बन्धमा तालिम तथाप्रबोधिकरण कार्यक्रम सम्बन्धित निकायले सञ्चालन गर्नु पर्दछ । बालकक्षाशिक्षण गर्ने सहयोगी कार्यकर्ताहरुले योजनाबद्ध तरिकाले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गनसधैं प्रयत्नशील हुँदै आफ्ना सिकाइ प्रक्रियामा आवश्यक सामग्री जुटाउन सधै लागि रहनु पर्दछ ।बालकक्षा शिक्षण गर्ने सहयोगी कार्यकर्ताहरुको मनोबल उकास्न प्रोत्साहन दिन समय समयमाविद्यालय र शिक्षा मन्त्रालयले ध्यान दिने गर्नु पर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9521
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङकन संकायen_US
dc.subject बालविकास दिग्दर्शन Balbikash digdarshanen_US
dc.subjectशिक्षण सिकाइ Shikshan sikaien_US
dc.titleप्रारम्भिक बालविकास दिग्दर्शन(पाठयक्रम) कार्यान्वयनको अवस्था{Prarambhik balbikash digdarshan (pathyakram) karyanbayanko abastha}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleSukuna Multiple Campus, Morangen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
90.64 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
242.41 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: