सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमताको अध्ययन {Study of Letter and Application Writing Ability of Students Studying in Class Nine of Sindhuli District}
| dc.contributor.author | श्रेष्ठ Shrestha, महेन्द्र देव Mahendra Dev | |
| dc.date.accessioned | 2022-01-19T05:24:10Z | |
| dc.date.available | 2022-01-19T05:24:10Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शोधशीर्षक सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुकाचिठी तथा निवेदन लेखनक्षमताको अध्ययन शोधार्थीको नाम महेन्द्रदेव श्रेष्ठशोधनिर्देशक उपप्राध्यापकअर्जुनप्रसाद पौडलशैक्षिक वष २०६४÷२०६६क्याम्पस विभाग नेपाली भाषा शिक्षा विभाग, सिन्धुली वहुमुखी क्याम्पस ढुङग्रेवास ।अध्याय÷पृष्ठसङख्या ९+४७+८ समस्याकथन सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमता कस्तो छ ? सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्याथीहरुमा चिठीनिवेदनलेखन क्षमताका तुलनात्मक स्थिति क–कस्तो छ ?, भाषिक पृष्ठभूमिकाआधारमा नेपाली मातृभाषी तथा नेपाली दोस्रोभाषी विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमताको तुलनात्मक स्थिति कस्तो छ ? लैङ्गिक आधारमा छात्र र छात्राविद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमताका तुलनात्मक स्थिति क–कस्तो छ ?उक्त कक्षा पूरा गरेका विद्यार्थीहरुमा चिठी–निवेदन लेखनसम्वन्धी क–कस्ताकमीकमजोरीहरु रहेका छन ? चिठी र निवेदन लेखन सुधारका लागि क–कस्तासुझावहरु हुनसक्छन? भन्ने विषयलाई मुख्य समस्या मानेर प्रस्तुत शोधकार्य गरिएकाछ । यिनै समस्यासँग सम्वन्धित कक्षा ९ पूरा गरेका विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमता पहिचान गर्नु, सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाचिठी तथा निवेदन लेखन क्षमताको तुलनात्मक स्थिति पहिल्याउनु, भाषिकपृष्ठभूमिको आधारमा नेपाली मातृभाषी र नेपाली दोस्रोभाषी विद्यार्थीहरुको चिठी रनिवेदन लेखन क्षमताको तुलनात्मक अध्ययन गन उक्त विद्यार्थीहरुमा चिठी र निवेदनलेखनसम्बन्धी कमीकमजोरीहरु प्हिचान गर्नु र ती कमीकमजोरीहरुको निराकरण गनआवश्यक सुझाव दिने उद्देश्यहरुमा यो शोधकार्य केन्द्रित छ । प्रस्तुत शोधकार्यको विद्यार्थीहरुसँग प्रत्यक्षतः सम्बन्धित भएकोले विद्यार्थीहरुलाइकेन्द्रबिन्दु मानेर नमुना सर्वेक्षण विधिबाट यस अध्ययनलाई अगाडि बढाइएको छ ।यस अध्ययन अनुसन्धानका लागि सिन्धुली जिल्लाभित्र २÷२ वटा सरकारी र निजीविद्यालयहरुबाट २५÷२५ जनाको सङख्यामा जम्मा १०० जना विद्यार्थीहरुलाइप्रतिनिधि जनसङख्याको रुपमा चयन गरिएको छ । यसरी प्रस्तुत शोधकार्य मूलतःक्षेत्रीय सामग्री सङकलन विधि र अंशतः पुस्तकालय विधिमा आधारित छ । उपलब्धतथ्याङकहरुको वस्तुगत अध्ययनका लागि समूहगत प्रतिशताङकश्रेणी निर्धारण गरीविद्यार्थीहरुको चिठी र निवेदन लेखन क्षमताको पहिचान गरिएको छ । यस शोध–अध्ययनलाई बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छः१. कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको समगमा चिठी र निवेदन लेखन क्षमता सन्तोषजनक रहेको देखिन्छ । यस अध्ययनमा ५० प्रतिशतभन्दा माथि चिठीलेखनक्षमता मापन गराउन सफल विद्यार्थीहरुको सङख्या ६५ प्रतिशत देखिनुले यसकुराको पृष्टि गरेको छ । २. समान विद्यार्थी सङख्याका प्रतिशतको आधारमा नेपाली मातृभाषी विद्यार्थीहरुकाचिठीलेखन क्षमता दोस्रोभाषी विद्यार्थीहरुको भन्दा आंशिक रुपमा सन्तोषप्रददेखिन्छ । ३. निजी र सरकारी विद्यालय समूहका विद्यार्थीहरुको चिठीलेखन क्षमताका तुलना गदासरकारी विद्यालयकोभन्दा निजी विद्यालय समूहका विद्यार्थीहरुको चिठीलेखनक्षमता उच्च रहेको देखिन्छ । ४. छात्र तथा छात्रा समूहका विद्यार्थीहरुको लैङ्गिकताका आधारमा चिठीलेखनक्षमताका तुलनात्मक अध्ययन गर्दा छात्रा समूहका विद्यार्थीहरु चिठीलेखनमा केहीवढी मात्रमा सक्षम रहेको पाइन्छ । ५. समग्रमा कक्षा नामा अध्ययनरत विद्यार्थीहरुको निवेदन लेखन क्षमता उच्च नरहेको देखिन्छ । यस अध्ययनमा ५० प्रतिशतभन्दा माथि निवेदन लेखन क्षमतामापन गराउन सफल विद्यार्थीहरुको सङख्या ७७ प्रतिशत देखिनुले यस कुराकापुष्टयाइँ गरेको छ । ६. समान विद्यार्थी सङख्याका प्रतिशतको आधारमा नेपाली मातृभाषी विद्यार्थीहरु रनेपाली दोस्रोभाषी विद्यार्थीहरुको निवेदनलेखन क्षमता समान देखिन्छ । ७.सरकारी र निजी विद्यालय समूहका विद्यार्थीहरुको निवेदन लेखन क्षमताको तुलनागर्दा सरकारी विद्यालय समहका विद्यार्थीहरुभन्दा निजी विद्यालय समूहकाविद्यार्थीहरुको निवेदनलेखन क्षमता उच्च रहेको देखिन्छ । ८. लैङ्गिकताका आधारमा छात्र तथा छात्रा समूहका विद्यार्थीहरुको निवेदनलेखनक्षमताको तुलनात्मक अध्ययन गर्दा छात्राभन्दा छात्र समूहका विद्यार्थीहरुकानिवेदन लेखन क्षमता केही उच्च देखिन्छ । ९. सामान्य ढाँचा, विषयवस्तु , भाषिक शुद्धता, शैली र शिल्प चिठी र निवेदनलेखनक्षमताको सङगठनात्मक ढाँचा चिठी र निवेदन लेखनका केन्द्रीय पक्ष हुनभने यसतर्फ विद्यार्थीहरुमा बढी मात्रामा जानकारी रहेको तथ्य प्रस्तुत अध्ययनलेदेखाएको छ । १०. सरकारी विद्यालयहरुमा योजनाबद्ध शिक्षण सिकाइ हुन नसक्नु तथा निजीविद्यालयमा एउटै विषयमा बढी अभ्यास गराइनुले विद्यार्थीहरुको स्वतन्त्रअभिव्यक्ति क्षमतामा सामान्य रुपमा असर पु¥याएकै देखिन्छ । यसर्थ विद्यार्थीहरुमासिर्जनात्मक अभिव्यक्ति क्षमता विकास गर्दै लेखाइ सीपमा सक्षम बनाउन चिठीतथा निवेदन लेखन क्षमता शिक्षणलाई व्यवस्थित गरिनुपर्दछ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7506 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा | en_US |
| dc.subject | चिठी लेखन Letter writing | en_US |
| dc.subject | निवेदन लेखन Application writing | en_US |
| dc.subject | लेखन क्षमता Writing ability | en_US |
| dc.title | सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमताको अध्ययन {Study of Letter and Application Writing Ability of Students Studying in Class Nine of Sindhuli District} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
