शिक्षकको पेशागत विकासमा स्रोतकेन्द्रको भूमिका {Shikshakko Peshagat Bikashma Shoratkendrako Bhumika}
| dc.contributor.author | गिरी Giri, मणिकुमार Manikumar | |
| dc.date.accessioned | 2022-12-11T06:49:28Z | |
| dc.date.available | 2022-12-11T06:49:28Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | शिक्षकको पेशागत विकासमा स्रोतकेन्द्रको भूमिका शीर्षकमा प्रस्तुत शोधपत्र तयार गरिएको छ । यस शोधपत्रका मूख्य उद्देश्य शिक्षाको पेशागत विकासमा स्रोतकेन्द्रले खेलेका भूमिकाका विश्लेषण गर्न, शिक्षकको पेसागत विकासमा स्रोतकेन्द्रले खेल्नु पर्ने भूमिका पहिल्याउनु र शिक्षकको पेसागत विकास गर्ने क्रममा स्रोतकेन्द्रले झेल्नुपरेका समस्याहरू तथा समाधानका उपायहरू सुझाउनु रहेको छ । उक्त उद्देश्य पुरागरी निष्कर्ष निकाल्नका लागि खोटाङ जिल्लाका ३ वटा स्रोतकेन्द्रका ३ जना स्रोतव्यक्तिहरू, १८ वटा विद्यालयका १८ जना प्रधानाध्यापकहरू र उक्त विद्यालयका ३८ जना शिक्षकहरूलाई प्रश्नावलीमा समावेश गरिएको छ । स्रोतकेन्द्रहरूको छनोट उद्देश्यपूर्ण नमुना छनोटका आधारमा गरिएको छ भने विद्यालय तथा शिक्षकहरूको छनोट समान सम्भावनायुक्त नमूना छनोट विधिको आधारमा गरिएको छ । यो अनुसन्धानमा परिमाणात्मक र गुणात्मक मिश्रित ढाँचाको प्रयाग गरिएको छ । अध्ययन अनुसन्धानका क्रममा प्राप्त तथ्याङ्कहरूलाई तालिकीकरण र प्रतिशतमा प्रस्तुत गरी नतिजाको छलफल गरिएको छ । प्रस्तुत अनुसन्धानमा स्रोतकेन्दले शिक्षकहरूको कार्य क्षमता अभिवृद्धि गर्नका लागि शिक्षकको पेशागत तालिम, पाठयक्रम प्रवोधिकरण, शैक्षिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम, स्थानीय भाषा शिक्षण तालिम र निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम सञ्चालन गरेको पाइयो । साथै स्रोतव्यक्ति र शिक्षक बीच राम्रो सम्बन्ध कायम हुन नसकेको, शिक्षकहरूलाई उचित समन्वय र उत्प्रेरणा प्रदान गर्न नसकेको पाइयो । स्रोतकेन्द्रमा आर्थिक अभावहुनु, स्रोतव्यक्तिलाई तालिमका व्यवस्था नहुने, विषयगत स्रोतव्यक्ति नहुनु, सहायक कर्मचारीको व्यवस्था नहुनु, दण्ड र पुरस्कारको व्यवस्था नहुनु, नीति नियम स्पष्ट नहुनु, राजनैतिक हस्तक्षेप र स्वच्छ शैक्षिक वातावरण नहुनु जस्ता समस्याहरू स्रोतकेन्द्रमा विद्यमानरहेको पाइयो । प्रस्तुत शोधपत्रमा स्रोतव्यक्तिले सबै विद्यालयहरूको निरीक्षण तथा सुपरीवेक्षण गर्नुपर्ने, विषयगत स्रोतव्यक्ति नियुक्त गर्नुपर्ने, स्रोतकेन्द्रलाई आर्थिक सुविधा प्रदान गर्नुपर्ने,सोतधकेन्द्रमा सहायक कर्मचारीको व्यवस्था गर्नुपर्ने, स्पष्ट नीति नियम निर्माण र कार्यान्वयन गर्नुपर्ने, निरीक्षण प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सबैले एकतावद्ध भएर प्रयोस गनपर्ने सुझावहरू प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13571 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय | en_US |
| dc.subject | शैक्षणिक योजना Educational plan | en_US |
| dc.subject | विद्यालय निरीक्षण School inspection | en_US |
| dc.title | शिक्षकको पेशागत विकासमा स्रोतकेन्द्रको भूमिका {Shikshakko Peshagat Bikashma Shoratkendrako Bhumika} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ्ग | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
