प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था {Prathamik tahama atirikta kriyakalap karyanbayanko abastha}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

बालबालिकाहरुको सर्वाङ्र्गीण विकासका लागि देश, काल, समय र परिस्थिति अनुसार समय सापेक्ष हुने गरी औपचारिक ज्ञान विद्यालयको माध्यमबाट दिइएको हुन्छ भने विद्यार्थीहरुको चौतर्फी विकास गराउन विद्यालय स्तरमा विभिन्न किसिमका अतिरिक्त कार्यक्रमहरु संञ्चालन गरी उनीहरुको शारिरीक, मानसिक, संवेगात्मक, सामाजिक विकासका साथसाथै ब्यक्तित्व विकासमा सहयोग पुर्याइने गरिन्छ । विद्यार्थीहरुमा ज्ञान, सीप, अभिवृद्धि र क्षमताको विकास गराउन उनीहरु माझ संञ्चालन गरिने शारिरीक, मानसिक, सामाजिक र संवेगात्मक पक्षसंग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरुलाई अतिरिक्त क्रियाकलाप भनिन्छ । सर्लाही जिल्ला अन्र्तगतको भक्तिपुर गा.वि.स.मा रहेका तीनवटा श्री सरस्वती उच्च मा.वि.भक्तिपुर, श्री नि.मा.वि.शंकरगंन्ज र श्री नि.मा.वि.हरिनगर राइटरखोरमा ‘‘ प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था” शीर्षकमा केन्द्रित रही यो अध्ययन गरिएको छ । यस अध्ययनको उद्देश्य प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था पहिचान गर्नु, अतिरिक्त क्रियाकलाप सम्बन्धमा सरोकारवालाहरुको धारणा पत्ता लगाउनु, अतिरिक्त क्रियाकलाप संञ्चालनमा देखिएका कमीकमजोरी पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा उद्देश्य अनुरुपका सूचना संकलन गर्नका लागि छनोटमा परेका विद्यालयका प्र.अ., शिक्षक, अभिभावकहरुसंग असंरचित अन्र्तवार्ता, विद्यार्थीहरुसंग लक्षित समूह छलफल गरिएको थियो । अध्ययनबाट प्राप्त सूचनालाई गुणात्मक विधि अन्र्तगत वर्णनात्मक अनुसन्धान मार्फत् विश्लेषण र व्याख्या गरिएको छ । यस अध्ययनको प्राप्ति अनुसार अध्ययन गरिएका विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संञ्चालन गर्दा व्यक्तिको सर्वाङ्र्गीण विकासमा सहयोग पुग्ने खालको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका क्रियाकलापहरु समावेश गरेको देखिन्छ । अतिरिक्त क्रियाकलापलाई अन्तर सदन र अन्तर विद्यालय गरी दुई भागमा विभाजन गरी संञ्चालन गर्ने गरेको देखिन्छ । अतिरिक्त क्रियाकलाप संञ्चालनको लागि छुट्टै शिक्षकको व्यवस्था नरहेको र शिक्षकहरुलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि तालिमको व्यवस्था नभएको पाइयो । विद्यालयमा अतिरिक्त क्रियाकलाप संञ्चालनको निमित्त छुट्टै रुपमा जि.शि.का.बाट बजेटको व्यवस्था नभएको पाइयो । अध्ययनका क्रममा अतिरिक्त क्रियाकलाप संञ्चालनमा देखिएका कमीकमजोरीहरु अन्र्तगत खेलमैदान, खेल खेल्नका लागि आवश्यक सामग्रीहरु, प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु, शिक्षकहरुलाई छुट्टै तालिमको व्यवस्था नहुनु, विद्यार्थीहरुको न्युन उपस्थिति र सहभातिगता, अभिभावकहरुमा चेतनाको कमी हुनु, विद्यालयको आर्थिक पक्ष कमजोर हुनु, पुरस्कार वितरणमा ढिलाइ हुनु रहेका छन । अतिरिक्त क्रियाकलापलाई सफल रुपमा कार्यान्वयनमा ल्याउन विद्यालयमा खेल खेल्नका लागि आवश्यक सामग्रीहरुको व्यवस्था गर्नुपर्ने, प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको व्यवस्था मिलाउनु पर्ने, शिक्षकहरुलाई तालिम उपलब्ध गराइ विशेष शिक्षक निर्माण गर्नुपर्ने, विद्यार्थी सहभागिता बढाउन बालमैत्री वातावरण सिर्जना गरी हौसला र पे्ररणा दिनुपर्ने, अभिभावकहरुलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि जानकारी गराउनुपर्ने, विद्यालयको आर्थिक पक्षलाई सुदृढ बनाउन जि. शि. का. बाट छुट्टै आर्थिक व्यवस्था गरिनु पर्ने, विद्यार्थीहरुलाई समय मै पुरस्कारको व्यवस्था गरिनुपर्ने, यससंग सम्बन्धित निर्देशिका सामग्रीहरु उपलब्ध गराउनु पर्ने, स्रोतकेन्द्र, जिल्लाबाट समय–समयमा विद्यालय निरीक्षण, अनुगमन र मूल्यांकन गर्नुपर्ने जरुरी देखिन्छ ।

Description

Citation