सामाजिक अध्ययन विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरूको अध्ययन{Samajik adhyayan bisayako sikai upalabdhima prabhab parne tatwaharuko adhayayan}

dc.contributor.authorअधिकारी, पदम बहादुर Adhikari, Padam Bahadur
dc.date.accessioned2022-05-09T09:50:18Z
dc.date.available2022-05-09T09:50:18Z
dc.date.issued2017
dc.description.abstractनेपालमा सञ्चालित विद्यालय स्तरीय शैक्ष्ँिक प्रणाली अन्तरगत माध्यमिक तहमा(कक्षा ९ र १०) अनिवार्य विषयका रुपमा व्यवस्था गरिएको सामाजिकअध्ययन विषयकासिकाई उपलब्धी त्यत्ति सन्तोषजनक नभएको हालको परिपे्रक्ष्यमा “सामाजिक अध्ययनविषयको सिकाइ उपलब्धीमा प्रभाव पार्ने तत्वहरुका अध्ययन” शीर्षकमा अध्ययन गरी याशोधपत्र तयार गरिएको छ । यस अध्ययनका लागि सुनसरी जिल्ला अन्तरगतको इटहरी स्रोतकेन्द्रमा पर्ने विभिन्न विद्यालयहरु मध्ये सुविधानजनक छनौट विधिको प्रयोग गरी जम्मा ५ ओटा सामुदायिक विद्यालयलाई नमुनाका रुपमा लिइ अध्ययन कार्य सम्पन्न गरिएको छ ।जस अनुसार श्री सरस्वती सनत मा.वि. इटहरी–७, श्री जनता उच्च मा.वि. इटहरी–१, श्री कचना महादेव मा.वि. इटहरी–४, श्री महेन्द्र उ.मा.वि. इटहरी–२ र श्री ज्योती मा.वि.इटहरी–५ लगायत विद्यालयहरुलाई अध्ययनका लागि छनौट गरिएको थियो । यस अध्ययन कार्यलाई सम्पन्न गर्ने क्रममा हरेक विद्यालयबाट सामान्य सम्भावनायुक्त नमुना छनौट विधिको प्रयोग गरी कक्षा ९ बाट २ जना र कक्षा १० बाट २ जना विद्यार्थीहरुको छनोट गरी उनीहरुले वि.सं. २०७२ को वार्षिक परीक्षामा प्राप्त गरेका सामाजिक अध्ययन विषयको प्राप्ताङक तथा उपलब्धीलाई आधार बनाई जम्मा ५ ओटा विद्यालयका २० जना विद्यार्थी र हरेक विद्यालयका एक एक जना प्र.अ. र एक एक जना सामाजिक अध्ययन विषयका शिक्षकलाई उददेश्यमूलक नमुना छनोट विधिका प्रयोग गरी ५जना प्र.अ. र ५ जना शिक्षकको छनोट गरिएको थियो । यस अध्ययनलाई पूरा गर्नका लागि २० जना विद्यार्थीका २० जना अभिभावकहरु र विद्यालयका स्रोतव्यक्तिलाई समेत उददेश्यात्मक छनोट विधिको प्रयोगबाट छनोट गरिएको थियो । अध्ययन तथा अनुसन्धानलाई पूरा गर्ने क्रममा सूचनाहरुको सङ्कलन गर्नका लागि दस्तावेज अध्ययन, अन्तरवार्ता अनुसूची, प्रश्नावली तथा अवलोकन विधि समेतको प्रयोग गरिएको थियो ।अध्ययनलाई पूरा गर्नका लागि आवश्यक महसुस गरिएका विभिन्न पूर्व साहित्यहरुकासमीक्षा तथा दस्तावेज अध्ययन गरिएको थियो । जस अन्तरगत विभिन्न पुस्तक, पत्रपत्रिका,विभिन्न शोधपत्रहरु समेतको अध्ययन गरी निष्ककष निकाल्ने काम गरिएको थियो । अध्ययनका क्रममा विभिन्न विद्यालयको अवलोकनबाट विद्यालयहरुमा पर्याप्त मात्रामा शैक्षिक सामग्रीहरुको प्रयोग नभएको, उपयुक्त शिक्षण विधिको प्रयोग नभएको,अभिभावक तथा विद्यार्थीहरुले सामाजिक विषयलाइ अन्य विषयको तुलनामा कम महत्व दिएको, सामाजिक अध्ययन विषयमा अतिरिक्त कक्षाको व्यवस्था नभएको, उत्तर पुस्तिका परीक्षणमा वस्तुनिष्ठ उत्तर नहुन भएका कारण समस्या देखिएको, गृहकार्य तथा कक्षाकार्यकमा कम चासो दिइएको जस्ता समस्या देखिएको र समस्या समाधानका लागि शिक्षकहरुले कक्षा शिक्षणका क्रममा अनिवार्य रुपमा शिक्षण सामग्रीको प्रयोग गर्नुपर्ने,उपयुक्त किसिमको शिक्षण विधिको प्रयोग गर्नुपर्ने, सामाजिक अध्ययन विषयमा समेत प्रयोगात्मक परीक्षाको व्यवस्था गरिनुपर्ने, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाका व्यवस्था गरिनुपर्ने, विद्यालय क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्ने, निरन्तर मूल्याङकन प्रणाली लागु गरिनुपर्ने, विषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने, विद्यालय क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्ने, निरन्तर मूल्याङकन प्रणाली लागु गरिनुपर्ने, विषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने आदिजस्ता निष्कर्षहरु निकालिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10216
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङकन सङ्कायen_US
dc.subjectसामाजिक अध्ययन Samajik adhyayanen_US
dc.subjectसिकाइ उपलब्धि Sikai uplabdhien_US
dc.titleसामाजिक अध्ययन विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरूको अध्ययन{Samajik adhyayan bisayako sikai upalabdhima prabhab parne tatwaharuko adhayayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
99.41 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
352.93 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: