कक्षा ९ मा अध्ययनरत दनुवारी मातृभाषी विद्यार्थीहरुको नेपाली शब्दभण्डार क्षमताको अध्ययन {Kaksha 9 ma adhyayanrat danuwar matribhashi bidyarthiharuko shabadbhandar kshamtako adhyayan}

dc.contributor.advisorअर्जुन प्रसाद पौडेल (Arjun Prasad Paudel)
dc.contributor.authorन्यौपाने, दामोदर (Neupane, Damodar)
dc.date.accessioned2026-02-26T07:33:01Z
dc.date.available2026-02-26T07:33:01Z
dc.date.issued2014
dc.description.abstractशोध शीर्षक : सिन्धुली जिल्लाका कक्षा ९ मा अध्ययनरत दनुवारी मातृभाषी विद्यार्थीहरुको नेपाली शब्दभण्डार क्षमताको अध्ययन शोधार्थी : दामोदर न्यौपाने शोध निर्देशक : उपप्राध्यापक अर्जुनप्रसाद पौडेल क्याम्पस ÷विभागः नेपाली भाषा शिक्षण विभाग, सिन्धुली बहुमुखी क्याम्पस,सिन्धुली अध्यायः चार पृष्ठसंख्या : १२ंंं+५८+ शैक्षिक वर्ष : २०६४÷२०६६ शोध प्रक्रिया प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको नेपा.शि. ५९८ को आंशिक पाठ्यांश पूरा गर्ने प्रयोजनका निमित्त प्रस्तुत गरिएको हो । यस अध्ययनको उद्देश्य सिन्धुली जिल्लाका कक्षा ९ मा अध्ययनरत दनुवारी मातृभाषी विद्यार्थीहरुको शब्दभण्डार क्षमताको पहिचान गर्नु र उक्त विद्यार्थीहरुको लैङ्गिक दृष्टिका आधारमा भाषिक पृष्ठभूमि (नेपाली पहिलो भाषा हुने र नेपाली दोस्रो भाषा हुने) लाई आधार मानेर शब्दभण्डार क्षमताको अध्ययन गर्नु रहेको छ । शब्दभण्डार क्षमताको पहिचान गर्न सिन्धुली जिल्लाअन्तर्गत सिर्थौली, हत्पते र निपाने गा.वि.स.का जम्मा ५ वटा सामुदायिक विद्यालयहरुलाई लिई प्रत्येक विद्यालयबाट २०÷२० जना विद्यार्थीहरुलाई नमुनाका रुपमा छनोट गरिएको छ । पहिचानात्मक शब्दभण्डार थाहा पाउन २६ वटा प्रश्न र उत्पादनात्मक शब्दभण्डार क्षमता परीक्षण गर्न २४ वटा प्रश्नहरु समावेश गरिएको छ । प्राप्त तथ्याङ्कलाई माध्यमान, मानक विचलन एवम् प्रतिशतद्वारा साङ्खिकीय विधि प्रयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्र चार अध्यायमा विभाजित छ । पहिलो अध्यायमा परिचय, दोस्रो अध्यायमा शब्दभण्डारको सैद्धान्तिक अवधारणा तेस्रो अध्यायमा तथ्याङ्कको व्याख्या तथा विश्लेषण र चौथो अध्यायमा निष्कर्ष र सुझावहरु प्रस्तुत गरिएका छन् । शोध निष्कर्ष प्रश्नावली परीक्षणका आधारमा निम्नलिखित निष्कर्षहरु प्राप्त भएका छन् ः समग्र शब्दभण्डारलाई दृष्टिगत गर्दा सबै विद्यार्थीहरु मध्यमानभन्दा तल र माथि बराबर रहेको पाइएको छ । छात्रको तुलनामा छात्राहरुको शब्दभण्डार क्षमतामा कमजोर रहेको पाइएको छ । अर्कातर्फ मातृभाषी हुने विद्यार्थीभन्दा दोस्रो भाषा नेपाली रहेका विद्यार्थीहरुको शब्दभण्डार क्षमतामा कमजोर देखिएको छ । त्यसैगरी नेपाली पहिलो भाषा हुने विद्यार्थीहरुमा लिङ्गगत दृष्टिकोणले हेर्दा छात्राको तुलनामा छात्रहरु शब्दभण्डार क्षमतामा सबल रहेको पाइएको छ । त्यसको ठीक विपरीत नेपाली दोस्रो भाषा हुने विद्यार्थीहरुमा लिङ्गगत दृष्टिकोणले हेर्दा छात्रको तुलनामा छात्राको शब्दभण्डार क्षमता कमजोर रहेको पाइएको छ । माथि प्रस्तुुत निष्कर्षका आधारमा दोस्रो भाषा नेपाली हुने विद्यार्थीहरुका लागि विशेष शिक्षणको व्यवस्था हुनुपर्ने, पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, पाठ्यक्रम निर्माणकर्ता एवम् पाठ्यपुस्तक लेखक तथा विषयविज्ञहरुले भाषिक सीप विकासलाई प्रथमिकता दिने खालका उपयुक्त शब्दभण्डार समावेश गराउनु पर्ने, विषयवस्तुको स्तरणमा ध्यान दिनुपर्ने, विद्यार्थीको उमेर, रुचि, क्षमता र आवश्यकतालाई मनन गर्दै भाषिक पृष्ठभूमिका आधारमा शब्दभण्डार चयन गरी छुट्टाछुट्टै पाठ्यपुस्तक निर्माण गर्नुपर्ने कुरामा सचेतता अपनाउनु पर्ने र सामुदायिक विद्यालयका शिक्षकहरुलाई शब्दभण्डार शिक्षण गर्ने तालिमको व्यवस्था गर्नुपर्ने, शिक्षण कार्यलाई एकरुपता प्रदान गर्नुपर्ने एवं नेपाली भाषालाई सक्षम र राष्ट्रभाषाका रुपमा विकास गर्दै लैजानु पर्ने गम्भीरतालाई सम्बन्धित सबै क्षेत्रको आवश्यक ध्यान पुग्न जरुरी रहेको छ । परीक्षण मूल्याङ्कनमा सोधिएका पहिचानात्मक र उत्पादनात्मक शब्दभण्डार क्षमता मूल्याङ्कनका केही उदाहरणहरु निम्न छन् ः १. पहिचानात्मक मूल्याङ्कन (क) ठीक अर्थको अगाडि ठीक ( ) चिन्ह लगाऊ । अ. कवुल क) प्रतिज्ञा ख) बोलाहट ग) सुकला घ) सिंहासन आ. दिव्य क) दिउँसो ख) सुन्दर ग) सुरक्षा घ) शान्ति इ. हिमाच्छादित क) हिमश्रृङ्खला ख) हिंउँले ढाकिएको ग) हिमालय घ) हिँउ २. उत्पादनात्मक मूल्याङ्कन क) तल दिएका शब्दलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर । पराग........................................................................................। आशुतोष....................................................................................। जलपात्र....................................................................................।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25732
dc.language.isone
dc.subjectदनुवारी मातृभाषी (Danuwari martubhasha)
dc.subjectनेपाली शब्दभण्डार (Nepali sabadbhandar)
dc.titleकक्षा ९ मा अध्ययनरत दनुवारी मातृभाषी विद्यार्थीहरुको नेपाली शब्दभण्डार क्षमताको अध्ययन {Kaksha 9 ma adhyayanrat danuwar matribhashi bidyarthiharuko shabadbhandar kshamtako adhyayan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.docx
Size:
84.86 KB
Format:
Microsoft Word XML

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections