ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन{Comparative Study of Grammatical Categories of Tajpuria and Nepali Language}
| dc.contributor.author | ताजपुरिया Tajpuria, सन्जित कुमार Sanjit Kumar | |
| dc.date.accessioned | 2022-05-12T07:08:45Z | |
| dc.date.available | 2022-05-12T07:08:45Z | |
| dc.date.issued | 2019 | |
| dc.description.abstract | शोधशीर्षक : ‘ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन’ शोधार्थी : सन्जित कुमार ताजपुरिया शोध निर्देशक ः दीपक प्रसाद न्यौपाने विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षण विभाग, सुकुना बहुमुखी क्याम्पस, मोरङ शैक्षिक वर्ष ः २०७१÷०७२अध्याय ः पाँच प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सुकुना बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठयांश नेपा.शि. ५९८को आवश्यकता परिपूर्तिका प्रयोजनका लागि तयार पारिएको छ । यस शोधकार्य पुस्तकालयीय अध्ययन विधि अवलम्वन गरी तयार पारिएको छ । यस शोधपत्रको अध्याय एकमा शोध शीर्षक अध्ययनको पृष्ठभूमि, समस्या कथन,अध्ययनको उद्देश्य, अध्ययनको महत्व र अध्ययनको परिसीमा रहेका छन। अध्याय दुईमा सैद्धान्तिक साहित्यको पुनरावलोकन, पुनरावलोकनको उपादेयता, सैद्धान्तिक ढाँचाको वर्गीकरण गरिएको छ । अध्याय तीनमा अध्ययनका ढाँचा र प्रक्रिया, जनसङख्या, नमुना र छनोट रणनीति,अध्ययनको क्षेत्र, तथ्याङक सङकलनका साधन र तरिका तथ्याङक सङकलन प्रक्रिया, तथ्याङककाव्याख्या र विश्लेषण प्रक्रिया समेटिएको छ । अध्याय चारमा ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन लिङग, वचन, पुरुष, कारक, आदर, काल, पक्ष, भाव, वाच्य, निषेधनका आधारमा गरिएको छ ।सबै भन्दा पहिला ताजपुरिया भाषाको परिचय र विशेषता दिइएको छ । ततपश्चात शब्दका तहमा ताजपुरिया र नेपाली भाषाका नाम शब्दको लिङग, वचन र आदरका आधारमा, सर्वनाम शब्दकावचन, पुरुष र आदरको आधारमा, विशेषण शब्दको लिङग, वचन र आदरका आधारमा र क्रियापदशब्दको लिङग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, निषेधनका आधारमा तुलना गरिएको छ ।त्यसैगरी वाक्यगत तहमा लिङग व्यवस्था, वचन व्यवस्था, पुरुष व्यवस्था, आदर व्यवस्था, कारक व्यवस्था, काल व्यवस्था, पक्ष व्यवस्था, भाव व्यवस्था, वाच्य व्यवस्था, विभक्ति व्यवस्था, निषेधन व्यवस्थाका आधारमा ताजपुरिया र नपाली भाषाका व्याकरणिक कोटिहरूको तुलना गरिएको छ । अध्याय पाँचमा निष्कर्ष तथा सुझाव रहेको छ । जस अन्तर्गत नीतिगत तहका लागिसुझाव, अभ्यास तहका लागि सुझाव र अनसन्धान तहका लागि सुझाव रहेका छन । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10281 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा सङ्काय | en_US |
| dc.subject | नेपाली व्याकर Nepali grammar | en_US |
| dc.subject | ताजपुरिया भाषा Tajpuria language | en_US |
| dc.title | ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन{Comparative Study of Grammatical Categories of Tajpuria and Nepali Language} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
