बन्दी महिलाको वैवाहिक अवस्था कास्की जिल्ला कारागारका विवाहित महिलाको समाजशास्त्रीय अध्ययन{Marital Status of the Captive Woman of a Married Woman of Kaski District Jail}

dc.contributor.authorदेवकोटा Devkota, सत्य देवी Satya Devi
dc.date.accessioned2022-04-04T06:59:10Z
dc.date.available2022-04-04T06:59:10Z
dc.date.issued2021
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी सामाजिक शास्त्र संकाय अन्तर्गत समाजशास्त्र विभाग समाजशास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौ पत्रको प्रयोजनका लागि तयार गरिएको हा । यो शोधपत्र कास्की जिल्ला कारागारमा रहेका बन्दी महिलाहरूको बारेमा अध्ययन गरिएको हा । प्रस्तुत अध्ययन खासगरी बन्दी विवाहित महिलाको बैवाहिक अवस्था शीर्षक छनौट गरी अनुसन्धानको प्रकृया अगाडि बढाईएको छ । बन्दी विवाहित महिलाहरूको अपराधप्रतिको दृष्टिकोण र उनिहरूको वैवाहिक जिवनशैली र पारिवारिक अवस्था बुझने उद्देश्यका साथ गरिएको प्रस्तुत अनुसन्धान मानविय संवेदनशिलताको कोणबाट हेर्दा अत्यन्तै आवश्यक, महत्वपूर्ण र औचित्यपूर्ण छ । अझ कारागारका समग्र बन्दीहरू र समग्र कारागार व्यवस्थापन सम्बन्धि अध्ययन गर्न आवश्यक हुदाँ हुदै पनि समय, जनशक्ति र आर्थिक अभावका कारणले सीमित गरिएको प्रस्तुत अध्ययन कास्की जिल्ला कारागारमा रहेका ६४ जना बन्दी महिला रहेकोमा (१ जना नाबालिका भएको) ५१ जना बन्दी विवाहित महिलामा आधारित रहेर गरिएको यो अनुसन्धान प्रकृया विवराणात्मक पद्धतिमा आधारित छ । तथ्याङक श्रोत मध्ये प्राथामिक श्रोतलाई बढि जोड दिईएका छ । सामाग्री संकलनका प्रथामिक श्रोतका लागी बन्दि विवाहित महिलाका लागी प्रश्नावली, अवलोकन र छलफल विधिको उपयोग गरिएको छ भने द्धित्तिय श्रोतहरूमा प्रकाशित, अप्रकाशित लेख, रचना, शोधपत्र र पुस्तकहरूबाट अध्ययन गरी समाविष्ट गरिएको छ । प्रस्तत शोत्रपत्रमा जम्मा ६ अध्याय, १९ शिर्षक, २७ उप शिर्षक, १९ तथ्याङक तालिका, २ अनुसुची, सन्र्दभ सामग्रीसमेत गरी ५० पृष्ठ सहित निम्न निष्र्कष निकालिएको छ ः  समग्र बन्दीहरू अन्य मुद्धाभन्दा पनि लागुऔषध मुद्धामा परेकाहरू बढी छन, साथै थुनुवाको तुलनामा कैदिको सख्या बढी रहेको छ ।  अंविवाहित महिलाको तुलनामा विवाहित महिलाहरूको सख्या बढि पाईएको छ । ष्ख  बन्दी विवाहित महिलाहरूमा विभिन्न प्रकारका बैबाहिक अवस्थाका बन्दी महिलाहरू भएता पनि सामाजिक परम्पररा अनुसारका मागी विवाह भएका महिलाहरूको सख्या बढि पाइएको छ ।  बन्दीहरूको पुर्व रोजगारीको अवस्थालाई हेर्दा बेरोजगारीको सख्या बढी रहेको पाईएको छ ।  बन्दी विवाहित महिलाहरूमा महिला घरमली भएको संख्या अत्यन्तै न्युन पाईएको छ ।  पारिवारिक महत्वका निणय गर्दा बन्दी विवाहित महिलाहरूले कुनै जानकारी नै नपाउने र जानकारी पाएका महिलाहरूमा पनि निर्णय कायान्वयनको अवस्था अत्यन्तै न्युन भएको सख्या बढी पाईएको छ ।  बन्दी जीवन पछि पारिवारिक तथा सामाजिक पुर्नस्थापनाप्रति बन्दी महिलाहरूलाई पुर्नस्थापनाको सम्भावना नभएको सख्या बढि पाईएको छ । अधिकाशं बन्दी विवाहित महिलाहरू बन्दी जीवन पश्चात कहाँ जाने के गन भन्ने विषयमा अनभिज्ञ छन ।  बन्दी विवाहित महिलाहरू परिवार समाज इष्टमित्रको नकरात्मक दृष्टिकोणका कारण परिवारसगँको भेटघाटबाट समेत वञ्चित छन । बालबच्चाहरूको भविष्यप्रति चिन्तीत छन ।  घटनाको कारणप्रति विवाहित बन्दि महिलाहरू सबैभन्दा बढि घरायसी पारिवारिक कारण भएको संख्या बढि छ ।  बन्दी महिलाहरू युवा अवस्थामा (२५ देखि ३४ वर्ष) अपराध गनहरू बढी पाईएको छ ।  शैक्षिक अवस्थालाई हेर्दा ८ देखी १० कक्षा सम्म अध्ययन गरका बन्दी विवाहित महिलाहरूको संख्या सबैभन्दा बढी पाईएको छ ।  एकल परिवार भन्दा संयक्त परिवारमा भएका बन्दी विवाहित महिलाहरू धेरै रहेका छन । ख  धेरै बन्दीहरूको घरको वार्षिक आम्दानीले वर्षभरी खान नपुग्ने र केहीको जग्गा जमिन भए पनि ज्यादै न्यून भ–स्वामित्व भएको पाईएको छ ।  बन्दी विवाहित महिलाहरूले आय मुलक काममा समय विताउने सख्या बढि पाईएको छ तर आयमुलक काम सन्तुष्टी भएको भने देखिएको छैन ।  हाम्रो समुदायका सदस्यहरूको बन्दी महिलाहरूप्रति हेर्ने दृष्टिकोण र धारणाले गर्दा समुदाय, परिवार, र इष्टमित्रप्रति बढी शसंकित छन ।  बन्दी विवाहित महिलाहरू अन्य मुद्धामा भन्दा पनि लागु औषध मुद्धामा परेकाहरू बढी छन, साथै थुनुवाको तुलनामा कैदिका सख्या बढी रहेको छ ।  अन्य कारण भन्दा साथी संगतीको कारण अपराध गर्ने बन्दीहरू बढी पाईएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9665
dc.language.isoneen_US
dc.publisherसामाजिकशास्त्र संकायen_US
dc.subjectबन्दी महिलाको Bandi Womanen_US
dc.subjectवैवाहिक अवस्था Marital statusen_US
dc.titleबन्दी महिलाको वैवाहिक अवस्था कास्की जिल्ला कारागारका विवाहित महिलाको समाजशास्त्रीय अध्ययन{Marital Status of the Captive Woman of a Married Woman of Kaski District Jail}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
818.84 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections