राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दको अध्ययन {Rastranirmata Khandakabyama Prayukta Tatsamsabdako Adhyayan}
dc.contributor.author | भट्टराई Bhattarai, रञ्जन Ranjan | |
dc.date.accessioned | 2022-06-06T06:08:57Z | |
dc.date.available | 2022-06-06T06:08:57Z | |
dc.date.issued | 2019 | |
dc.description.abstract | शोधशीर्षकःराष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दको अध्ययन शोधविधिः प्रस्तुत शोधपत्रको सामग्रीको सङकलनको प्रमुख आधार पुस्तकालयीय विधिअपनाइएको छ । शोधपत्रमाप्रयुक्ततथ्य र तथ्याङकलाई व्याख्या र विश्लेषणात्मक विधिद्वारा प्रस्तुतगरिएको छ । शोध प्रक्रियाः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजनगरिएको छ । पहिलो अध्यायमा शोधको परिचय अन्तर्गत पृष्ठभूमि, समस्याकथन, अध्ययनको औचित्य र महत्व, अध्ययनको उद्देश्य, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दहरू समावेश गरिएका छन । अध्याय दुईमा पूर्वकार्यको समीक्षा तथा धारणात्मक संरचना अन्तर्गत पूर्वकार्यको समीक्षा, पूर्वकार्यका उपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक धारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷ विधिअन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना, नमुना छनोट प्रक्रिया, तथ्याङक संकलनका साधनहरू, तथ्याङक सङकलनका प्रक्रिया र तथ्याङक विश्लेषण र व्याख्याप्रक्रिया समावेश गरिएको छ । अध्यायचारमा राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दहरूको वर्ग, व्युत्पत्ति, अर्थका आधारमा विश्लेषण गरिएको छ । साथै प्रत्येक पाठमा प्रयुक्त सम्पूर्ण शब्दसङख्या, तत्समशब्दसङख्या र तत्समशब्दहरूको प्रतिशतको स्थिति प्रस्तुत गरिएको छ । यसका साथै आवृत्तिभएका शब्दहरूर आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाचाँै अर्थात अन्तिमअध्यायमा निष्कर्ष, सुझाव, भावी अनुसन्धानका लागिसम्भावितशीर्षक आदिउल्लेख गरिएको छ । यस शोधपत्रमा राष्ट्रनिर्माता खण्डकाव्यमा क कस्ता तत्समशब्दहरू रहेका छनभन्ने पत्ता लगाउनु, खण्डकाव्यकातत्सम शब्दहरूको बनोट प्रक्रिया पत्ता लगाउनु र खण्डकाव्यका तत्समशब्दहरूको अवस्था र आवृत्तिको अवस्था पत्तालगाउन जस्ता उद्देश्यहरू राखिएको छ । यस शोधपत्रले तत्समशब्दसँग सम्बन्धित भएर शोधकाय गर्न चाहनभावीशोधकर्तालाई दिशानिर्देश गर्नाका साथै एमएड पथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तत्समशब्दको अर्थ, निर्माणप्रक्रिया र शब्द आदिका बारेमा ज्ञान दिन सहयोग गर्ने छ । राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दहरूका अध्ययन विश्लेषणबाट निकालिएको निष्कर्षका आधारमा निम्नलिखित सुझावहरू पस्तुतगरिएको छः – यस खण्डकाव्यमा तत्समशब्दको प्रयोग ज्यादै भएको देखिन्छ । – अप्ठयारा तत्सम शब्दहरूको आवृत्तिभइरहे पाठकहरूलाई सहजहुने थियो । – सबै सगका अन्त्यमा कठिनतत्समशब्दहरूको शब्दार्थ स्तम्भ राखिनु पर्ने देखिन्छ। – राष्ट्रनिर्माता खण्डकाव्यमा तत्सम, तदभव र आगन्तुकतीनै स्रोतबाट आएका शब्दहरू छनोट गर्नुपर्ने देखिन्छ । – तत्समशब्दको आवृत्तिको स्थितिलाई हेर्दा राष्ट्रनिमाता खण्डकाव्यमा अत्यधिक मात्रामा तत्सम शब्दहरूका आवृत्तिभएको देखिन्छ तर यसो नभएर तत्समशब्दहरूको पुनरावृत्तिकम हुनुपर्ने देखिन्छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10847 | |
dc.language.iso | ne | en_US |
dc.publisher | Faculty of Education | en_US |
dc.subject | तत्समशब्द | en_US |
dc.subject | राष्ट्रनिर्माता | en_US |
dc.title | राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दको अध्ययन {Rastranirmata Khandakabyama Prayukta Tatsamsabdako Adhyayan} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Janta Multiple Campus, Itahari, Sunsari | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: