विद्यालय व्यवस्थापनमा वित्तीय स्रोत परिचालनको प्रभाव {Impact of financial resource mobilization on school management}

dc.contributor.authorपन्थ Panth, लक्ष्मी Lakshmi
dc.date.accessioned2022-02-03T10:29:52Z
dc.date.available2022-02-03T10:29:52Z
dc.date.issued2010
dc.description.abstractविद्यालय व्यवस्थापनमा वित्तिय स्रोत परिचालनको प्रभाव शिर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य विद्यालय व्यवस्थापनको लागि आवश्यक वित्तीय स्रोतहरुको पहिचान गर्ने र वित्तिय स्रोत परिचालनले परेको प्रभाव पत्ता लगाउने रहेका छन् । यी उद्देश्यहरु पुरा गर्नको लागि उद्देश्य बमोजिमका अनुसन्धनात्मक प्रश्नहरु निमार्ण गरिएको छ । यस अनुसन्धान सँग सम्बनिधत ऐतिहासिक घटनाहरुको समिक्षा, ऐन, नियम र कानुन, अनुसन्धानात्मक प्रतिवेदन, विद्यालयको आर्थिक प्रतिवेदन, विद्यालय सुधार योजना, पत्र पत्रिका, लेख रचनाहरुको पुनरावलोकन गरिएको थियो । अध्ययनको उद्देश्य पुरा गर्नको लागि काठमाण्डौ महानगरपालिका मनोहर स्रोत केन्द्र अन्तगर्ततका तिनवटा सामुदायिक विद्यालयहरु छनौट गरिएको थियो । छनौट गरिएका विद्यालयका प्र.अ, वि.व्य.स का अध्यक्ष र लेखापाल सँग प्रश्नावली प्रयोग गरी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । द्धितिय तथ्याङ्कको स्रोत विद्यालयको अभिलेखलाई उपयोग गरिएको थियो । यी संकलन गरिएका तथ्याङ्कलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या तथा विश्लेषण गरिएको छ । विद्यालयको प्रमुख आयस्रोत सरकारी अनुदान रहेको र शिक्षक तथा कर्मचारी तलब भत्तामानै बढी वित्तिय स्रोत खर्च हुने गरेको पाइयो । वित्तिय स्रोतको परिचालन प्रभावकारी रुपमा कार्यान्वयन भएका विद्यालयको विद्यालय व्यवस्थापन पक्ष र शैक्षिक उपलब्धि उच्च पाइयो भने वित्तिय स्रोतको परिचालन र कार्यान्वयन प्रभावकारी रुपमा नभएको विद्यालयको विद्यालय व्यवस्थापन पक्ष र शैक्षिक उपलब्धि पनि न्यून पाइएको छ । आयव्ययको विवरण चुस्त र दुरुस्त राखी भौतिक तथा शैक्षिक विकासका लागि योजना अनुसार आम्दानि र खर्चको विचमा तालमेल मिलाएर वित्तीय स्रोतको परिचालन प्रभावकारी रुपमा कार्यान्वयन गरेमा विद्यालय व्यवस्थापन प्रभावकारी हुनुको साथै विद्यालयले उच्च शैक्षिक उपलब्धि प्राप्त गर्न सकिने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । विद्यालयले प्राप्त गरेको वित्तिय स्रोतलाई वार्षिक आम्दानिको रुपमा एकत्रित गरी आवश्यक शिर्षकमा खर्च गर्नका लागि योजना बनाउनुपर्ने, शिक्षालाई पूर्णत लगानिको रुपमा हेर्नुपर्ने, छात्रावृत्तिलाई निरन्तरता दिनुपर्ने, विद्यालयको हरेक शैक्षिक कार्यक्रममा अभिभावक र स्थानिय निकायलाई सहभागी गराइनुपर्ने, औपचारीक शिक्षाको साथ साथै अनौपचारीक शिक्षामा जोड दिनुपर्ने, शिक्षामा हुने लगानी र खर्चको अनुगमन र मुल्याङ्कन हुनुपर्ने, मागमा आधारित शिक्षक तालिमको व्यवस्था हुनुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8038
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापनen_US
dc.subjectविद्यालय व्यवस्थापन School managementen_US
dc.subjectवित्तीय स्रोत परिचालन Financial resource operationsen_US
dc.titleविद्यालय व्यवस्थापनमा वित्तीय स्रोत परिचालनको प्रभाव {Impact of financial resource mobilization on school management}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
53.99 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
251.02 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: