निर्माणात्मक मूल्याङकनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव {Nirmanatak mulyankanle shaikshik upalbdhima parne prabhab}
| dc.contributor.author | रावल, बेञ्जु Rawal, Benju | |
| dc.date.accessioned | 2023-01-08T06:56:32Z | |
| dc.date.available | 2023-01-08T06:56:32Z | |
| dc.date.issued | 2014 | |
| dc.description.abstract | यो शोधपत्र निर्माणात्मक मूल्याङ्कनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव शीर्षकमा तयार गरिएको छ । यस अध्ययनको उद्देश्य सामुदायिक विद्यालयहरुमा निर्माणात्मक मूल्याङ्कनले शैक्षिक उपलब्धिमा पार्ने प्रभावको विश्लेषण गरी यसको समाधानका उपायहरु सुझाउनु रहेको छ । यस अध्ययन गुणात्मक प्रकृतिको भएता पनि यसलाईि यथार्थ, वस्तुगत र प्रमाणिक बनाउनका लागि सम्बन्धित विद्यालयको स्थलगत भ्रमण गरेर सम्बन्धित सरोकारवालाहरुसँग प्रत्यक्ष भेटघाट गरी प्रश्नावली, अवलोकन, समूह छलफल आदिका माध्यमबाट तथ्याङ्क संकलन गरीएको छ । अध्ययन क्षेत्रमा रहेका विद्यालयहरुमा गरिएको अध्ययन र विश्लेषणबाट आएका यस शोधका मुख्य प्राप्तीहरुमा परीक्षालाई आधार मानी मूल्याङ्कन गर्ने, विद्यालयहरुले आफनो मूल्याङ्कन प्रक्रियामा सुधार गरी विविध मूल्याङ्कन साधनहरुको प्रयोग गरी मूल्याङ्कन गर्ने परीपाटी विकास गर्नु पर्दछ, विद्यार्थीहरुका मूल्याङ्कनको विविध साधनको प्रयोग गर्न शिक्षकहरुमा तालिमको आवश्यकता देखिन्छ, धेरै विद्यार्थी भएका कक्षाहरुमा निरन्तर मूल्याङ्कन गर्न समयको अभाव, शिक्षकहरुको साप्ताहिक कार्यभार बढी रहेको जसले गर्दा शैक्षिक उपलब्धि कम रहेको पाइएको छ । यस अध्ययनमा प्राप्त भएका समस्या सामानधका लागि कक्षाकार्य र गहृकार्यको नियमित परीक्षण गरी आवश्यक पृष्ठपोष्ण दिनुपर्ने देखिन्छ । विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान भन्दा व्यहारिक ज्ञानमा जोड दिइ सोही बमोजिमका मूल्याङ्कन प्रक्रिया अपनाउन आवश्यक देखिन्छ, विद्यार्थी मूल्याङ्कन अभिलेखहरु व्यवस्थित राख्नु पर्ने देखिन्छ, शिक्षकहरुमा पुर्नताजगी तालिमको व्यवस्था, विद्यार्थी शिक्षकको अनुपात मिलाउन शिक्षकहरु थप्नु पर्ने देखिन्छ जसका लागि वि.व्य.स. मार्फत जि.शि.का., शिक्षा मन्त्रालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ नियकाहरुसँग आवश्यक समन्वय गरी व्यवस्था मिलाउन पर्ने दखिन्छ र निर्माणात्मक मूल्याङ्कन पद्धतिलाई राम्रो बनाउन प्र.अ., श्रोत व्यक्ति र वि.नी.हरुले निर्माणात्मक मूल्याङ्कनसँग सम्बन्धित अभिलेखहरुको बेला बेलामा अनुगमन तथा निरीक्षण गर्नु पर्ने देखिन्छ । शैक्षिक संस्थाहरुमा शैक्षिक सत्रको शुरुदेखि अन्त्यसम्म विभिन्न किसिमका मूल्याङ्कन प्रक्रिया अपनाइन्छ जसले विद्याथीहरुको स्तर निर्धारण गर्ने, उसको कमिकमजोरी पत्ता लगाउने, कठिनाइहरुमा सघाउ पु¥याउने कार्य गर्दछ । मूल्याङ्कन प्रक्रियाले शिक्षण सिकाइ क्रियाकलापमा अपनाइएका शिक्षण विधि, सामग्री र क्रियाकलापहरु समेतको प्रभावकारिता सम्बन्धमा आवश्यक जानकारी प्राप्त हुन्छ । फलस्वरुप कन पक्षमा कस्ता खालको सुधारात्मक उपायहरु अपनाउनु पर्ने हो, यसको लागि कस्तो खालको पृष्ठपोषण आवश्यक हुन्छ, त्यो बारेमा सब ज्ञान हुन्छ । तसर्थ विद्यार्थी मूल्याङ्कनका साधनहरु प्रयोग गर्नु फलदायी हुनेछ भन्ने अपेक्षा राखेको छु । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/14434 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | पाठ्यक्रम तथा मूल्याङ्कन सङ्काय | en_US |
| dc.subject | निर्माणात्मक मूल्याङ्कन Nirmanatmak mulyankan | en_US |
| dc.subject | शैक्षिक उपलब्धि Shaikshik upalabdhi | en_US |
| dc.title | निर्माणात्मक मूल्याङकनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव {Nirmanatak mulyankanle shaikshik upalbdhima parne prabhab} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
