गुल्मी जिल्लामा प्रचलित लोककथामा पर्यावरण
| dc.contributor.advisor | Shadananda Paudyal | |
| dc.contributor.author | Gyawali, Shivasharan | |
| dc.date.accessioned | 2026-09-18T06:53:41Z | |
| dc.date.available | 2026-09-18T06:53:41Z | |
| dc.date.issued | 2025 | |
| dc.description.abstract | यो शोधप्रबन्धमा गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरणको अध्ययन गरिएको छ । त्यसैले गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरण नै यो शोधकार्यको मुख्य समस्या रहेको छ । गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरणको क्षेत्रमा हालसम्म कुनै पनि अध्ययन भएको छैन । अध्ययनको यो क्षेत्रमा रिक्तता रहेको छ । त्यो रिक्ततालाई यो शोधकार्यले परिपूर्ति गरेको छ । शोधकार्यका लागि गुल्मी जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाबाट सोद्देश्य नमुना छनोट विधिका आधारमा चालिसओटा लोककथा सङ्कलित गरिएको छ । सङ्कलित लोककथामध्ये सबै भौगोलिक क्षेत्र, जातजातिको प्रतिनिधित्व हुने गरेर बिसओटा लोककथाको अध्ययन यो शोधकार्यमा गरिएको छ । शोधकार्यमा पर्यावरणको अध्ययन पारिस्थितिक प्रणाली, पर्यावरणीय प्रतिनिधित्व र पर्यावरणीय नैतिकतासम्बन्धी सिद्धान्तका आधारमा गरिएको छ । पारिस्थितिक प्रणालीका अन्तर्सम्बन्ध, खाद्यचक्र र वासस्थानजस्ता अवधारणा बनाइएको छ । अन्तर्सम्बन्धका सजीव र निर्जीव, खाद्यचक्रका माटो, वनस्पति र जीव तथा वासस्थानका बाटोघाटो, जङ्गल, भीर, रूख, गाउँघर सूचक बनेर आएका छन् । पर्यावरणीय प्रतिनिधित्वका भौतिक, जैविक र प्रविधिजस्ता अवधारणा बनाइएको छ । भौतिकका पृथ्वी, तेज, जल, वायु र आकाश, जैविकका जीव र वनस्पति, प्रविधिका चौँठी, मुङ्ग्रो, हलो, कुटो, मादल, हँसिया, डोरी आदिजस्ता सूचक रहेका छन् । पर्यावरणीय नैतिकताका स्वअस्तित्व, समानता र दिगो विकासजस्ता अवधारणा बनाइएको छ । स्वअस्तित्वका पहिचान र फरकपन, समानताका अन्तर्निहित मूल्य र क्षमता तथा दिगो विकासका निरन्तरता, संरक्षणजस्ता सूचक बनाइएको छ । पर्यावरणका यिनै मान्यताका आधारमा यो शोधकार्य सम्पन्न गरिएको छ । गुल्मीका लोककथामा पर्यावरणका सजीव र निर्जीव विषयवस्तु एक आपसमा अन्तर्सम्बन्धमा कसिलो गरेर बाँधिएका पाइन्छन् । यहीँ अन्तर्सम्बन्धले खाद्यचक्रको शृङ्खला पनि निर्माण गरेको छ । सजीव र निर्जीव विषयवस्तुहरू घर, गोठ, रूख, भीरपाखा, पहरा, खोला, पधेँरा, वन तथा जङ्गल आदिजस्ता क्षेत्रमा बसेका पाइन्छन् । यहाँका जीव, वनस्पति तथा निर्जीव वस्तु भौतिक पर्यावरणसँग समायोजित भएर रहेको पाइन्छ । यसक्रममा मानवले आफूलाई सहयोगी हुने किसिमले प्रविधिको निर्माण पनि गरेको छ । लोककथाका कुनै न कुनै पात्र स्वअस्तित्वले युक्त रहेको पाइन्छ भने तिनीहरूमा रहेको अन्तर्निहित गुणका कारणले गर्दा सबै विषयवस्तु समान रहेका पाइन्छन् । पर्यावरणका सबै विषयवस्तुले दिगोपनलाई आत्मसात् गरेका छन् । पर्यावरणका यी सबै कुराको निश्चित सम्बन्ध रहेको छ । यस्तो सम्बन्ध भत्काउन खोज्ने जो कोही सजीव र निर्जीव विषयवस्तुलाई पर्यावरणकै अर्काे सजीव र निर्जीव विषयवस्तुले दण्डित गरेको तथा रोकेको पाइन्छ । दण्डित गर्दा वा रोक्दा नै पर्यावरण गतिशील भएको छ । पर्यावरणको गतिशीलतालाई कोही कसैले कसै गरे पनि पनि रोक्न सकेको पाइँदैन । पर्यावरणको गतिशीलतालाई रोक्न खोज्ने सजीव र निर्जीव विषयवस्तु नै पर्यावरणको चक्रबाट बाहिरिनु, भाग्नु वा दण्डित हुनु परेको अवस्था पाइन्छ । पर्यावरणमा कोही कसैको हर्ताकर्ता छैन । सबैको समान अवस्था रहेको पाइन्छ । गुल्मीका लोककथामा पारिस्थितिक प्रणालीमा सजीव र निर्जीव विषयवस्तुको अन्तर्सम्बन्ध रहेको छ । अन्तर्सम्बन्ध सजीव सजीवका बीचमा पनि रहेको छ भने सजीव र निर्जीवका बीचमा रहेको छ । निर्जीव निर्जीवका बीचमा रहेको छ । समष्टिमा सजीव र निर्जीव नै अन्तर्सम्बन्धित भएर रहेका छन् । माटो, जीव, वनस्पति र पुनः माटोकै शृङ्खलामा खाद्यचक्र तयार भएको छ । खाद्यचक्रको निर्माण हरेकको जीवनलाई गतिशील बनाउनका लागि भएको पाइन्छ । पर्यावरणको वासस्थान मूलतः गाउँघर तथा वनजङ्गल बनेको छ । घर, गोठ, बाटो, तगालो, रूख, पधेँरा, खोला, पाखापखेराजस्ता ठाउँ नै वासस्थान बनेका छन् । पर्यावरणका सजीव र निर्जीव विषयवस्तु भौतिक पर्यावरणका पृथ्वी, तेज, जल, वायु, आकाशजस्ता तत्वसँग समायोजित भएर रहेका छन् । भौतिक पर्यावरणबाट कसैले कसैलाई वञ्चित गराउन खोज्यो भने त्यस्तो तत्व नै वञ्चित हुनुपर्ने अवस्था रहेको छ । गुल्मीका लोककथामा जीव र वनस्पतिजस्ता जैविक तत्वको उपस्थिति रहेको छ । जीव मानव र मानवेतर छन् । लोककथामा चौँठी, मुङ्ग्रो, कुटो, कोदालो, हँसिया, डोरी, पिङ्, हलो, जुवा, नारा, मादल बन्चरो आदिजस्ता परम्परागत प्रविधिको प्रयोग भएको छ । यी सबै प्रविधि मानवीय सहयोगका लागि उपलब्ध भएका छन् । लोककथामा पर्यावरणीय नैतिकतालाई पनि आत्मसात् गरिएको छ । लोककथाका कुनै न कुनै पात्र स्वअस्तित्वले युक्त रहेका छन् । ती पात्रले लोककथाको कथानकमा नवीनता तथा मोड सिर्जना गरेको पाइन्छ । स्वअस्तित्वले युक्त पात्रलाई कसै गरे लोककथाबाट अलग गर्न सकिँदैन । लोककथामा सजीव र निर्जीव विषयवस्तुमा अन्तर्निहित क्षमता रहेको छ । त्यो क्षमताले समानताको सिर्जना गरेको छ । पर्यावरणमा सबैको निरन्तरता रहेको छ । निरन्तरताका लागि कसैले न कसैले विषयवस्तुलाई संरक्षण अर्थात प्रेम गरेको पाइन्छ । एकाध लोककथामा भने पर्यावरणीय विच्छेद भएको अवस्था पनि रहेको छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/27278 | |
| dc.language.iso | ne | |
| dc.subject | लोककथा | |
| dc.subject | लोककथामा पर्याबरण | |
| dc.subject | गुल्मी लोक साहित्य | |
| dc.title | गुल्मी जिल्लामा प्रचलित लोककथामा पर्यावरण | |
| dc.type | Thesis | |
| local.academic.level | M.Phil. | |
| local.institute.title | Faculty of Humanities & Social Science |
