कक्षा आठका विद्यार्थीहरूको नेपाली विषयको सिकाइमा निरन्तर मूल्याङ्कन र प्रभाव {Continuous Evaluation of Class VIII Students' Learning of Nepali Subject and Effects}

Date
2011
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकायअन्तर्गत स्नातकोत्तर तह (एम.एङ) दोश्रावर्षको नेपा. शि.५९८ पाठयांश परिपूर्तिका लागिकक्षा आठका विद्याथीहरूको नेपाली विषयकासिकाइमा निरन्तर मूल्याड्ढनर प्रभावशीर्षकमा तयार गरिएको प्रस्तुत शोध–पत्रको मुख्य उद्देश्यआठ कक्षामा अध्ययनरत विद्याथीहरूको नेपाली विषयको शिक्षण सिकाई प्रक्रियामा निरन्तरमूल्याड्ढनबाट उनीहरूको तहगत सिकाइ उपलब्धिको लेखाजोखा गरी त्यस कार्यबाट शिक्षणकार्यमा के कस्तो उपलब्धि हासिल भयो र त्यसका प्रभाव कस्तो रयो भन्ने विषयमा कन्द्रितरहेको छ । यही उद्देश्य पूरा गर्न निरन्तर मूल्याड्ढनका सद्धान्तिक स्वरूपको चर्चा गर्दै कक्षाआठको नेपाली भाषा शिक्षणमा अबलम्बन गरिनुपर्ने मूल्याड्ढनका आधार तथा साधनहरूकाप्रयोग गर्ने क्रममा लुम्बिनी अञ्चल, पाल्पा जिल्लाअन्तर्गत झडेवा ९ मा अवस्थित किसानउच्च मा.वि.मा अध्ययन गर्ने २० जना विद्याथीहरू छनोट गरी तीन महिनासम्मकामूल्याड्ढनबाट प्राप्त सामग्रीहरूको प्रस्तुती व्याख्या तथा विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रको अध्याय एकमा शोधपत्रको परिचय दिइएको छ । जसमा विषयपरिचय, शोधको प्रयोजन, समस्याकथन, उद्देश्य, क्षेत्र र सीमा, शोध शीर्षकसँग सम्बन्धित पूर्वकार्यका समीक्षा, शोधको औचित्य, अध्ययन विधि, सामग्री सङकलन विधि, शोधपत्रका रूपरेखासमावेश गरिएको छ । यसशोधकार्यका अध्याय दुईमा निरन्तर मूल्याड्ढनको सैद्धान्तिक पक्षको चर्चा गरिएकाछ। यसअन्तर्गत मूल्याड्ढनको परिचय, परिभाषा, पद्धति, प्रयोजन, प्रकार, मूल्याड्ढनका आधारहरूर विकासक्रमको चर्चा गरिएको छ । अध्याय तीनमा कक्षा आठका विद्याथीहरूको भाषा शिक्षण र मूल्याड्ढनको चर्चा रहेको छ। जसमा पहिलो भाषा र दोश्रो भाषाका रूपमा नेपाली अध्ययन गर्ने विद्याथीहरूको शिक्षण रमूल्याड्ढन नेपाली भाषा विषयको मूल्याड्ढन प्रविधि र नवीन अवधारणाहरू भाषिक सीपविकासको निम्ति मूल्याड्ढन गर्दा अपनाउनुपर्ने क्रियाकलापहरूको प्रयोग, मल्याड्ढनका साधनआदिको चर्चा परिचर्चा र नेपाली भाषा शिक्षणका सन्दर्भमा मूल्याड्ढन परिपाटीको समीक्षागरिएको छ । अध्याय चारमा पाल्पा जिल्ला झडेवा गाविसको किसान उ.मा. वि. कक्षा आठमाअध्ययनरत छनौट गरिएका बीस जना विद्याथीहरूको तीन महिनासम्मको निरन्तरबाटमूल्याड्ढनबाट प्राप्त सामग्रीहरूको प्रस्तुती व्याख्या तथा विश्लेषण गरिएको छ । जसमा पूर्वपरीक्षादेखि पाक्षिकरूपमा लिखित तथा मौखिक आवधिकपरीक्षाहरूसञ्चालन गरी त्यसबाटप्राप्त विवरणको अभिलेखीकरण गरेर ती परीक्षाबाट प्राप्त नतिजाहरूका तुलनात्मक व्याख्याविश्लेषण गरिएको छ । यस शोध कार्यको अध्याय पाँचमा समग्र शोधको अनुशीलन गरी शोधनिष्कर्ष रसुझावका रूपमा उपसंहार प्रस्तुत गरी सन्दर्भ सामग्री सची र परिशिष्ट समावेश गरी शोधकास्वरूपअन्त्य गरिएको छ ।
Description
Keywords
नेपाली विषय Nepali subject, सिकाइ सिप Learning skills
Citation