भुजेल भाषा र नेपाली भाषा व्याकरणकाे तुलनात्मक अध्ययन (Bhujel bhasha ra nepali bhasha vyakaranko tulanatmak adhyayan)
| dc.contributor.author | भुजेल Bhujel, गाेकुल Gokul | |
| dc.date.accessioned | 2023-11-05T04:19:31Z | |
| dc.date.available | 2023-11-05T04:19:31Z | |
| dc.date.issued | 2016 | |
| dc.description.abstract | समस्याकथन नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका विभिन्न भाषाहरू मध्ये भुजेल भाषा र नेपाली भाषा व्याकरणको तुलनात्मक अध्ययन हालसम्म भएको पाइँदैन । तसर्थ दुवै भाषाका व्याकरणात्मक कोटीहरू के–कस्ता रहेका छन् ? शब्दवर्गमा के–कति समानता र असमानता रहेका छन् ? तुलनात्मक अध्ययनबाट के–कस्ता निष्कर्ष दिन सकिन्छ ? भन्ने बारेमा प्रस्तुत शोध केन्द्रित रहेको छ । प्रस्तुत शोधपत्र निम्न लिखित समस्याहरूमा केन्द्रित रहेको छ :- क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको अवस्था के–कस्तो रहेको छ ? ख) भुजेल भाषा र नेपाली भाषाको व्याकरणात्मक कोटिमा के–कस्तो समानता र भिन्नता पाइन्छ ? अध्ययनको उद्देश्य कुनै पनि कार्यको अभिन्न अङ्ग उद्देश्य हो । उद्देश्य विनाको कुनै पनि कार्य अगाडि बढ्न सक्दैन र औचित्यपूर्ण पनि हुँदैन । कुनै पनि शोधकार्यको उद्देश्य सम्बन्धित शोध समस्याको तर्कपूर्ण र प्रमाणिक समाधान प्राप्त गर्नु हो । तसर्थ शोधपत्रमा समावेश गरिएका समस्याहरूको तथ्यपरक रूपमा निदान गर्नु नै यस शोधको मूल उद्देश्य रहेको छ । प्रस्तुत शोधपत्रमा निम्न उद्देश्यहरू रहेका छन् ः क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको अवस्था अध्ययन गर्नु ख) भुजेल भाषा र नेपाली भाषाको व्याकरणात्मक कोटिमा के–कस्तो समानता र असमानता छ पहिल्याउनु । शोधको औचित्य र महत्त्व अनुसन्धानको व्रmममा कुनै पनि विषयवस्तुको खोज तथा अनुसन्धान गर्नु आफैमा एउटा महत्त्वपूर्ण कार्य हो । खास गरी अनुसन्धानको आवश्यकता र उपयोगिता माथि प्रकाश पार्नु नै अनुसन्धानको औचित्य रहेको छ । शोधकार्य सम्पन्न भएपछि भाषा अध्येता, आम पाठकहरूका लागि थोरै भए तापनि नेपाली भाषा र भुजेल भाषा बोल्ने वक्ताहरूका लागि यी भाषा व्याकरणका विशेषतासँग सम्बन्धित विभिन्न पक्षहरुको अध्ययन अनुसन्धान गर्नेहरूका लागि, पाठ्यव्रmम एवम् पाठ्य पुस्तक निर्माण गर्नेहरूका लागि सहयोग पुग्ने छ । नेपाली भाषा र भुजेल भाषाका सम्बन्धमा खोजी र चासो राख्ने जो कोहीलाई पनि यस अध्ययन फलदायी हुनेछ । नेपाली र भुजेल भाषाको तुलनात्मक अध्ययन र अनुसन्धानले भुजेल भाषाको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्ने देखिएकाले यो अध्ययन निर्विवाद रूपमा महत्त्वपूर्ण र औचित्यपूर्ण रहेको छ भन्न सकिन्छ । अध्ययनको सीमाङ्कन कुनै पनि शोधकार्यलाई निश्चित उद्देश्यतर्फ केन्द्रित गराउन त्यसलाई सीमाबद्ध गर्नु आवश्यक देखिन्छ । कुनै पनि अध्ययनलाई यसको प्रयोजन समेत आत्म निर्देशन गर्ने हुँदा यसको निश्चित सीमा निर्धारण नगरिकन थालिएको शोधकार्यबाट निश्चित गन्तव्यमा पुग्न कठिन हुने भएकाले प्रस्तुत शोधपत्र निम्न सीमाभित्र रही कार्य गरिएको छ :- क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको तुलनात्मक अध्ययन शब्दवर्ग र व्याकरिणक कोटिमा सीमित रहेको छ । ख) व्याकरणिक कोटिको अध्ययन लिङ्ग, वचन, पुरुष र कालमा सीमित रहेको छ । निष्कर्ष नेपाली व्याकरण र भुजेल भाषाको व्याकरणको पुस्तक सङ्कलन गरी नेपाली भाषा र भुजेल भाषाको शब्द वर्गको तुलनात्मक अध्ययन गरिएको छ । शब्दवर्ग अन्तर्गत नाम, सर्वनाम, व्रिmया, विशेषण, व्रिmया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको अध्ययन गरिएको छ । नेपाली भाषाको व्याकरणमा नामलाई विभिन्न नाममा वर्गीकरण गरिएको छ । तर भुजेल भाषाको व्याकरणमा नामको छुट्टै चर्चा नगरी केही नामपदहरूको मात्र उल्लेख रहेको पाइन्छ । नेपाली भाषामा पुरुष वाचक, दर्शक वाचक, प्रश्न वाचक र निज वाचक गरी चार प्रकारका सर्वनामको चर्चा गरिएको छ भने भुजेल भाषामा पुरुष वाचक सर्वनाम, अन्तर्गत मुक्त सर्वनाम र बद्ध सर्वनाम, अन्य सर्वनाम अन्तर्गत दर्शक सर्वनाम, प्रश्नवाचक सर्वनाम, आत्मवाचक सर्वनाम, पारस्परिक सर्वनाम र सम्बन्ध वाचक सर्वनामको चर्चा गरिएको छ । नेपfली भाषामा विशेषणलाई विभिन्न आधारमा वर्गीकरण गरी अध्ययन गरिएको छ भने भुजेलको विशेषणलाई एक रूपी, व्युत्पन्न र आगन्तुक विशेषणमा वर्गीकरण गरिएको पाइन्छ । त्यस्तै नेपाली भाषाको व्याकरणमा व्रिmया, व्रिmया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको विश्लेषण र प्रयोग गरिएको पाइन्छ भने भुजेल भाषाको व्याकरणमा व्रिmया, व्रिmया विशेषण र नामयोगीको व्याख्या विश्लेषण र प्रयोग भए तापनि संयोजक, विस्मयादिबोधक र निपातको चर्चा गरिएको छैन । यसरी प्रस्तुत शोधमा नेपाली भाषा र भुजेल भाषाको व्याकरणको अध्ययन गर्दा शब्दवर्गगत आधारमा भुजेल भाषाको व्याकरणको तुलनामा नेपनली भाषाको शब्द वर्गको अध्ययनको क्षेत्र बढी रहेको पाइन्छ । यसैगरी प्रस्तुत शोधमा नेपाली भाषा र भुजेल भाषाको व्याकरणको पुस्तकका आधारमा व्याकरणात्मक कोटिको अध्ययन गरिएको छ । व्याकरणात्मक कोटि अन्तर्गत लिङ्ग, वचन, पुरुष र कालको मात्र अध्ययन गरिएको छ । प्राकृतिक लिङ्गको आधारमा सजीव नामलाई स्त्रिलिङ्ग वा पुलिङ्गको रूपमा बदली उल्लेख गरिएको छ । भुजेलमा भुजेल पनि लिङ्ग व्याकरणिक कोटिको रूपमा छैन । भुजेल भाषामा लिङ्गका रूपमा भाले र पोथी बुझाउने केही शब्दहरू रहेको पाइन्छ । भुजेलमा तिन प्रकारका वचन रहेका पाइन्छन् : एकवचन, द्विवचन र बहुवचन । एकवचन अचिन्हित हुन्छ भने नामसँग (निस्) र व्रिmयासँग (च) प्रत्यय लागेर द्विवचन बन्दछ । नेपाली भाषामा पुरुषलाई उत्तम पुरुष, मध्यम पुरुष र अन्य पुरुषका रूपमा चर्चा गरिएको छ तर भुजेलको व्याकरणमा पुरुषको छुट्टै चर्चा गरिएको छैन । नेपालीमा जस्तै भुजेल भुजेल व्याकरणमा भूत काललाई सामान्य भूत र दूरवर्ती भूतका रूपमा चर्चा गरिएको छ । अध्ययनको रूपरेखा प्रस्तुत शोधपत्रलाई व्यवस्थित रूप दिनका लागि पाँच अध्यायभित्रका मूल शीर्षकहरूमा विभाजन गरी आवश्यकता अनुसार उपशीर्षक राखेर शोधपत्र तयार पारिएको छ । यस शोधपत्रको परिच्छेद विभाजनका मुख्य शीर्षकहरू निम्नानुसार रहेका छन् ः क) अध्याय एक : शोध परिचय ख) अध्याय दुई : पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा ग) अध्याय तिन ः शोध विधि र अध्ययन प्रक्रिया घ) अध्याय चार : व्याख्या तथा विश्लेषण ङ) अध्याय पाँच : निष्कर्ष, सुझाव र उपयोगिता सन्दर्भसामग्रीसूची | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/20459 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | भुजेल भाषा | en_US |
| dc.subject | व्याकरणात्मक कोटि | en_US |
| dc.title | भुजेल भाषा र नेपाली भाषा व्याकरणकाे तुलनात्मक अध्ययन (Bhujel bhasha ra nepali bhasha vyakaranko tulanatmak adhyayan) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सिन्धुली बहुमुखी क्याम्पस | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
