शिक्षक र विद्यार्थीको अनुशासन सम्बन्धी अवधारणा
| dc.contributor.advisor | विश्ववाला थापा | |
| dc.contributor.author | चौलागाई, साबित्री | |
| dc.date.accessioned | 2026-03-30T09:33:48Z | |
| dc.date.available | 2026-03-30T09:33:48Z | |
| dc.date.issued | 2071 | |
| dc.description.abstract | वर्तमान परिवेश शिक्षा क्षेत्रमा सरकारी तवरबाट अधिक खर्च गरिएता पनि अपेक्षित रूपमाशैक्षिक उपलब्धी हात पनि सकेको देखिदैन । मानव जीवनको भविष्य निर्धारण तथा मानिसले भविष्यमा के वन्ने तथा कुन लक्ष्य लिएर जीवन अगािड वढाउने भन्ने कुरा विद्यालय तहदेखि नै निर्धांराण हुन्छ । यसरी विद्यार्थीको पढाइ स्तरमा सुधार गर्ने विभिन्न तत्वहरू मध्ये अनुशासन पनि एक महत्वपूर्ण तत्व हो । प्रस्तुत अध्ययन शीर्षक “ शिक्षक र विद्यार्थीको अनुशासन सम्बन्धी अवधारणा” नवलपरासी जिल्ला सुनवल नगरपालिका वार्ड नंः ७ मा पर्न) श्री ज्योती उच्च मा.विका कक्षा ८ र ९ का १५ जना विद्यार्थी र १० जना शिक्षकहरूमा सिमित रहेको थियो । प्रस्तुत अध्ययनका उद्देश्यहरू शिक्षक र विद्यार्थीको अनुुशासन सम्वन्धी अपेक्षा पहिचान गर्नु, विद्यालयमा अनुशासनको वर्गमान अवस्थाप्रतिको दृष्टिकोण विश्लेषण गर्नु र विद्यालयमा अनुशासन सम्बन्धी समस्या र अपनाइएका समाधानका उपायहरू पहिचान गर्नुमा केन्द्रित रहेका थियो । जसको लागि शिक्षक र विद्यार्थी दुवैलाई अन्र्तवार्ता प्रश्नावली गरिएको थियो । अनुशासन सम्बन्धी अपेक्षालाई हेर्दा विद्यार्थीहरूमा देखिएका व्यवहारमा असल व्यवहार गर्ने, विद्यार्थीहरूले प्रश्न सोध्दा शिक्षकहरूले झर्को नमानी वताइदिने, असल व्यवहार गर्ने, विद्याथीहरूले मनोभावना वुझि शिक्षण गर्ने, प्रयोगशालाको उचित प्रयोग गरी शिक्षण गर्ने गरेका पाइयो भने शिक्षकहरूका सम्वन्धमा पनि विद्यार्थीहरू कम अनुशाशित रहेका पाइयो, शिक्षकहरूका सम्बन्धमा पनि विद्यार्थी कम अनुशाशित रहेका पाइयो, शिक्षकहरूलाई नटेर्ने, आपसमा झै–झगडा गर्न तथा विद्यालयको भैतिक व्यवस्थापन, वरिपरिको वातावरण साथैं विद्यालयमा प्रर्याप्त मात्रामा शिक्षण सामग्रीको अभावका साथै विद्यार्थीहरूको कक्षाकोठामा वसाइको व्यवस्था उचित नहुनु, साथै शिक्षकहरू पनि विषयवस्तमाु पूर्ण दक्ष नरहेको पाइयो त्यस्तैगरि विद्यालयबाट पनि शिक्षकहरूलाई दिइने पारिश्रामिकले गर्दा पनि शिक्षकहरू शिक्षण कार्य प्रति पूर्णता दिन नसकेको हो की? भन्ने कुराहरू पाइयो । कक्षाकोठामा प्रत्यक्षरूपमा गई अवलोकन गर्दा केटाहरूभन्दा केटीहरू वढी अनुशािसत पाइयो । अनुशासन सुदृढरूपमा संचालन गर्न शिक्षक–विद्यार्थी सक्रियताको महत्वपूर्ण भूमिका निभाएको पाइयो । कक्षाकोठामा अनुशासन संख्याात्मक रूपमा राम्रो देखिए पनि सानो संख्याका गैर अनुशाशित शिक्षक तथा विद्यार्थीका कारण असल शिक्षक तथाविद्यार्थीको कक्षा कार्यमा बाधा पारेका देखियो । विद्यालयमा अनुशासन सम्वन्धी समस्या र अपनाइएका समाधानका उपायहरू तथा अनुशासन कायम गर्न विद्यार्थी प्रोत्साहन तथा दण्ड, विद्यार्थी शिक्षक र शिक्षक–विद्यार्थी वीचको सम्बन्ध, शिक्षक विद्यार्थी आचारसंहिताको निर्माण र प्रयोग, अनुशासित विद्यार्थीलाई र शिक्षकलाई पुरस्कार र प्रमाण पत्रको साथै छापवृत्ति प्रदान गरिनुपर्ने देखियो । यसरी शिक्षक तथा विद्यार्थीमा देखिएका व्यवहारका आधारमा उनीहरूमा राम्रा व्यवहारलाईअभैm राम्रो र नराम्रा व्यवहारलाई राम्रा व्यवहारमा रूपान्तरण गर्न निम्न क्रियाकलापहरू गर्नु पर्ने देखिन्छ । शिक्षक विद्यार्थी वीचको सम्बन्ध हरेक गुरु चेलाको जस्तो हुनुपर्ने, अनुशाशित शिक्षक तथा विद्यार्थीलाई प्रमाण पत्र तथा पुरस्कार प्रधानाध्यापकबाट प्रदान गरिनुपर्ने, सरकारी तवरवाट पनि अनुशासन तथा नैतिक शिक्षासम्बन्धी नितिनियम, शिक्षक तथा विद्यार्थी आचारसंहिताको पालना तथा कार्यन्वयन र विद्यालय निरीक्षण तथा अनुगमन गरिनुपर्ने साथै अभिभावकहरूले पनि आफ्ना छोरीछोरीको शैक्षिक उपलब्धी समय–समयमा हेरी शिक्षक तथा प्र.अ संग अनुशासनलाई अझै उचाइमा पुर्याउन तथा अनुशासन कायम गरी विद्यार्थीको भविष्य उज्जवल गर्न सहयोग हुने देखिन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26113 | |
| dc.language.iso | ne | |
| dc.subject | अनुशासन | |
| dc.subject | साहित्यको पुनरावलोकन | |
| dc.title | शिक्षक र विद्यार्थीको अनुशासन सम्बन्धी अवधारणा | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Central Department of Education |
