उच्च माध्यमिक तहमा पुस्तकालय व्यवस्थापन {Uchha madhyamik tahama pustakalay byabasthapan}

dc.contributor.advisorबिमल नेपाल (Bimal Nepal)
dc.contributor.authorथापा, ज्ञानेन्द्रबहादुर (Thapa, Gynendrabahadur)
dc.date.accessioned2026-03-13T07:02:59Z
dc.date.available2026-03-13T07:02:59Z
dc.date.issued2014
dc.description.abstractउच्च माध्यमिक तहमा पुस्तकालय व्यवस्थापन शीर्षक अन्तरगत गरिएको यो शोध अध्ययन मोरङ जिल्लामा संचालित सामुदायिक उच्च मा.वि.हरूको पुस्तकालय व्यवस्थापनसँग सम्बन्धित छ । यस अध्ययनको मूख्य उद्देश्य उच्च माध्यमिक विद्यालयहरूमा पुस्तकालय व्यवस्थापनको अवस्थालाई अध्ययन गर्नु साथै पुस्तकालय व्यवस्थापनको समस्या र पुस्तकालय व्यवस्थापनप्रति प्रशासकिय र व्यवस्थापकिय दृष्टिकोण पत्ता लगाउनु रहेको छ । नमूना छनौटमा परेका उच्च मा.वि.हरूलाई सहयोग गर्ने विभिन्न संघ संस्थाहरू रहेका तथा यी उच्च मा.वि.हरूमा विद्यार्थी संख्याअनुसार पुस्तक न्यून रहेको, पुस्तकालय कक्ष वेग्लै नभएको, आधुनिक यूगअनुसार इमेल इन्टरनेटको सुविधा नभएको, पुस्तकालयमा कार्यरत कर्मचारीको न्यून रहेको त्यही भएका कर्मचारीले विभिन्न फाँटमा समेत कार्यगर्नु पर्ने, बेग्लै कम्प्युटर कक्षसमेत नभएको, कार्डको माध्यमबाट नै पुस्तक वितरण गर्ने गरिएको, नयाँ कोर्षअनुसार पुस्तक संख्या न्यून रहेको, बैग्ले अध्ययन कक्ष नभएको, पुस्तक राख्ने ¥याकको अभाव भएको, शिक्षकहरूले आवश्यकताभन्दा बढी पुस्तक लाने गरेको, विद्यार्थी क्याटलगको व्यवस्था नभएको, पुस्तकालयमा शौचालय तथा खाने पानीको व्यवस्था नभएको, कर्मचारीलाई तालिमको व्यवस्था नगरिएको, समसामयिक पत्रपत्रिकाको व्यवस्था नभएको देखिन्छ । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने दाता तथा संघ स्थाहरुको खोजि गर्ने, विद्यार्थी संंख्याको आधारमा पुस्तक संख्या बढाउने तथा नयाँ कोर्षअनुसारका पुस्तकहरु खरिद गरि त्यसको संख्या समेत बढाउने, पुस्तकालयमा कर्मचारीको संख्या बढाउनु पर्ने, पुस्तकालयमा कार्यरत कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नु पर्ने, पुस्तकालयमा अधिकृत स्तरको कर्मचारीको व्यवस्थागर्नु पर्ने, सम्भव भए विद्यार्थीहरुबाट केहि बढी धरौटी रकम लिई ३÷४ वटा सम्म पुस्तक एकै पटकमा दिने व्यवस्था गर्नु पर्ने, पुस्तकालय कक्षमा शौचालय, खानेपानीको व्यवस्था गर्नु पर्ने, पुस्तकालय कक्षमा फोटोकपि मेसिनको समेत व्यवस्था गर्नु पर्ने, कुनै पनि तह वा संङ्कायमा अध्यानरत विद्यार्थीहरुले पुस्तक लगि विचैमा अध्ययन छाडेमा उक्त विद्यार्थीको धरौटी रकमले सोहि पुस्तक खरिद गर्नु पर्ने व्यवस्था हुनु पर्ने, पुस्तकालयको अध्यायन कक्षमा अनावश्क विद्यार्थीहरु प्रवेश गरि मोवाई बजाई हो हल्ला गरि पुस्तकालयको वातावरणनै दुषित गर्ने गरेकोमा त्यँहा एक नाम चौकिदारको व्यवस्था गरि त्यस कार्यलाई नियन्त्रण गर्नु पर्ने देखिन्छ । पुस्तकालय कक्ष एउटै ठूलो हल कोठामा भएका कारण सम्पूर्ण कुराको कारोवार एकै ठाउबाट हुने हुदा विद्यार्थीहरुको बढि चाप पर्ने हुदा वितरण काउन्टर, रिफरेन्स काउन्टर, अध्ययन कक्ष र शिक्षक कक्ष बेग्ला बेग्लै हुनु पर्ने, पुस्तकालयमा कम्पयुटर जडान गरि सम्पूर्ण कारोवारलाई कम्पयुरराइज गर्नु पर्ने, आजको विज्ञान र प्रविधिको युगमा इमेल, इन्टरनेटको समेत व्यवस्था हुनु पर्ने, पत्रपत्रीकाहरुलाई व्यवस्थित गरि अन्य थप पत्रपत्रीकाको संख्या बढाई पाठकलाई सु–सुचित गर्ने अभ्यास गर्नु पर्ने, शिक्षकहरुले लाने पुस्तकहरुको निश्चित संख्या तोकिनु पर्ने, खरिद भई आएका पुस्तकहरु समयमा दर्ता हुन नसकेको देखिदा प्रशासनिक तहबाट दर्ता हुन नसनुका कारण अनुसन्धान गरि निराकरण गर्नु पर्ने, पुस्तकालयमा व्यवस्थित क्याटलक समेत नभएका कारण विद्यार्थीहरुलाई पुस्तक सम्बन्धि ज्ञान पाउन गाह्रो भएको पाइयो । पुस्तकालय कक्षमा शिक्षक अध्ययन कक्ष, विद्यार्थी अध्ययन कक्ष आदिको वेग्लै व्यवस्था गर्नु पर्ने देखिन्छ । आजको बैज्ञानिक युगमा पहिलेको जस्तो शिक्षकले नोट नबनाई इ–लाइव्रेरीको अवधारणा अनुसार पुस्तकालयलाई इ–लाइवे्ररीकरण बनाउन पहल गर्नु पर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25909
dc.language.isone
dc.subjectउच्च माध्यमिक (Uchha Madhyamik)
dc.subjectपुस्तकालय व्यवस्थापन (Pustakalay byabasthapan)
dc.titleउच्च माध्यमिक तहमा पुस्तकालय व्यवस्थापन {Uchha madhyamik tahama pustakalay byabasthapan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस, इटहरी

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
373.83 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: