धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा लोकतात्विक प्रतिविम्बन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Central Department of English Kirtipur, Kathmandu

Abstract

प्रस्तुत शोधप्रबन्धमा धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा प्रतिविम्बित लोकतत्वको अध्ययन गरिएको छ । नेपालको धौलागिरि नामक हिमालय पर्वतको सेरोफेरोलाई आधार मानेर प्रस्तुत अध्ययनको क्षेत्र निर्धारण गरिएको हो । नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेशका एघार जिल्लाभित्र पर्ने म्याग्दी जिल्लामा धौलागिरि हिमालय पर्वत अवस्थित छ । सोही धौलागिरि हिमालय पर्वतको अवस्थिति रहेको म्याग्दी जिल्लालाई अध्ययनको प्रमुख स्थलका रूपमा लिँदै यसका आसपासका पर्वत जिल्ला र मुस्ताङ जिल्लालाई पनि यस शोधको अध्ययन क्षेत्रमा समेटिएको छ । यस अध्ययन क्षेत्रमा नेपाली भाषाका लोकतŒवले युक्त अनेक लोककथाहरू प्रचलित हुनु तर तिनको हालसम्म व्यवस्थित अध्ययन नहुनु नै यस अध्ययनको प्राज्ञिक समस्या हो l यही प्राज्ञिक समस्यासँग गाँसिएका धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा के कस्ता लोकविश्वास रहेका छन, ती लोककथामा लोकरीतिरिवाज र प्रथाहरू कसरी प्रस्तुत गरिएका छन र तिनमा स्थानीयताको अभिव्यक्ति कुन रूपमा भएको छ भन्ने शोधप्रश्नहरूको समाधान पहिल्याउने कार्य यस अध्ययनमा गरिएको छ । यसका निम्ति धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा विद्यमान लोकविश्वासको खोजी गर्नु, ती लोककथामा पाइने लोकरीतिरिवाज र प्रथाहरूको विश्लेषण गर्नु तथा तिनमा अभिव्यक्त स्थानीयताको मूल्याङकन गर्नु जस्ता उद्देश्य राखेर यो शोधकार्य सम्पन्न गरिएको छ । यही शोध उद्देश्यअनुरूप अध्ययन क्षेत्रका म्याग्दी जिल्लाका अन्नपूर्ण गाउँपालिका र रघुगङगा गाउँपालिका तथा पर्वत जिल्लाको जलजला गाउँपालिकाका मगर समुदाय तथा मुस्ताङ जिल्लाको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाका ल्होपा समुदायका लोककथामा प्रतिविम्बित लोकविश्वास, लोकरीतिरिवाज र प्रथा तथा स्थानीयता जस्ता लोकतŒवको अन्वेषण, विश्लेषण र मूल्याङकनमा यस अध्ययनलाई सीमित गरिएको छ । प्रस्तुत अध्ययनमा सामग्री सङकलनका लागि उपर्युक्त अन्नपूर्ण गाउँपालिका, रघुगङगा गाउँपालिका, जलजला गाउँपालिका र ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा क्षेत्रकार्य गरिएको छ । यसका लागि निर्धारित क्षेत्रमा गई लोककथाका स्रोतव्यक्तिलाई प्रत्यक्ष भेटेर उद्देश्यमूलक ढङगले नमुना छनोट गरी बयालिस ओटा लोककथाको श्रव्यदृश्य माध्यमबाट सङकलन गरिएको छ । क्षेत्रकार्यबाट सङकलित नेपाली भाषामा प्रचलित लोककथाका पाठहरू नै यसका प्राथमिक सामग्री हुन । सङकलित लोककथाहरूलाई स्थानीय स्तरमा प्रचलित कथ्य नेपाली भाषामा प्रस्तुत गरिएको छ । सामग्रीको सत्यापनका लागि स्थानीय विज्ञहरूको सहयोग लिइएको र अध्येता स्वयम त्यसै क्षेत्रको मगर समुदायसँग सम्बन्धित रहेकाले सङकलित सामग्री विश्वसनीय र प्रामाणिक रहेका छन । प्रस्तुत गुणात्मक प्रकृतिको शोधमा मुख्यतः धौलागिरि क्षेत्रबाट सङकलित लोककथाका पाठहरूमा अन्तर्निहित विषयको विश्लेषण गरिएको छ । अध्ययनका सन्दर्भमा धौलागिरि क्षेत्रबाट सङकलित लोककथाहरू अध्ययन–विश्लेषणको मूल तŒवका रूपमा रहेका छन । यही नै अध्ययनको तŒवमीमांसा हो । ती सङकलित लोककथाहरूको विश्लेषणका निम्ति ज्ञानमीमांसाको निर्माण गरिएको छ । यस क्रममा लोकतात्विक अध्ययन पद्धतिको अवधारणत्मक ढाँचा निमार्ण गरी सोका आधारमा लोककथाभित्र लुकेका विषयको अर्थात लोकविश्वास, लोकरीतिरिवाज र प्रथा तथा स्थानीयताको व्याख्या, विश्लेषण र मूल्याङकन गरी शोधको मूल्यमीमांसाको निर्धारण गरिएको छ । धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा लोकविश्वास, लोकरीतिरिवाज र प्रथाका साथै स्थानीयता लोकतत्वका रूपमा रहेका छन भनी निकालिएको निष्कर्ष नै शोधको मूल्यमीमांसा हो । लोकसाहित्यिक अध्ययनमा स्थापित लोकतŒवसम्बन्धी अवधारणा नै सामग्री विश्लेषणको मूल आधार हो । विभिन्न विद्वानहरूको लोकतत्वसम्बन्धी स्थापित मतका आधारमा सैद्धान्तिक अवधारणा निर्माण गरिएको छ र सोही सैद्धान्तिक अवधारणाका आधारमा अध्ययन सम्पन्न गरिएको छ । अध्ययनका क्रममा धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा के कस्ता लोकविश्वास रहेका छन भन्ने शोधप्रश्न (क) का सन्दर्भमा विवेचना गर्दा यहाँका लोककथामा अतिकल्पनासम्बन्धी लोकविश्वास सर्बाधिक र त्यसपछि व्रmमशः आत्मशीलतासम्बन्धी लोकविश्वास, योग र तन्त्रमन्त्रसम्बन्धी लोकविश्वास, पशुपक्षीको स्वभावसम्बन्धी लोकविश्वास, लोकअनुष्ठानसम्बन्धी लोकविश्वास, दण्ड सम्बन्धी लोकविश्वास तथा थर, गोत्र र शाखाको जन्मसम्बन्धी लोकविश्वासको आधिक्य देखा परेको छ । धौलागिरि क्षेत्रका लोककथामा लोकरीतिरिवाज र प्रथाहरू कसरी प्रस्तुत गरिएका छन भन्ने शोधप्रश्न (ख) का सन्दर्भमा विश्लेषण गर्दा व्यक्तिगत जीवनसँग सम्बद्ध लोकरीतिरिवाजका रूपमा सबैभन्दा बढी विवाह संस्कारसँग सम्बन्धित लोकरीतिरिवाज, त्यसपछि मृत्यु संस्कारसँग सम्बन्धित लोकरीतिरिवाज र सबैभन्दा कम जन्म संस्कारसँग सम्बन्धित लोकरीतिरिवाज देखा परेका छन । विवाह संस्कारसँग सम्बद्ध लोकरीतिरिवाजमा प्रेम विवाह, अभिभावक इच्छित विवाह, मागी विवाह, छली विवाह, जबर्जस्ती विवाह र प्रतिस्धापर्धात्मक विवाह गरेर वैवाहिक जीवनमा प्रवेश गर्ने लोकरीतिरिवाजलाई अङगीकार गरेको पाइएको छ । मृत्यु संस्कारसम्बन्धी लोकरीतिरिवाजमा शव गाडने, शव जलाउने, शव गिद्धलाई खुवाउने र आशोच बार्ने संस्कार त्यहाँको प्रचलनमा रहेको निष्कर्ष निस्केको छ । जन्म संस्कारसम्बन्धी लोकरीतिरिवाजमा जातकर्मसम्बन्धी र नामकर्मसम्बन्धी लोकरीरिरिवाज रहेका छन । यहाँका लोककथाका सामाजिक लोकरीतिरिवाजहरूमा सबैभन्दा बढी लोकरीतिरिवाजहरू व्यवसाय तथा धन्दासँग सम्बन्धित रहेका छन भने त्यसपछि व्रmमशः नातागोताबिचका सम्बन्ध, लौकिक अनुष्ठान, वेशभूषा, खानपान, महिना, वार वा दिन, मेलापर्व तथा औषधोपचारसँग सम्बन्धित लोकरीतिरिवाजको आधिक्य रहेको छ । यहाँको लोकसमाज तान्त्रिक प्रथामा बढी भर पर्ने गरेको पाइएको छ र त्यसको प्रभाव सर्वाधिक रूपमा लोककथामा देखा परेको छ । त्यसपछि व्रmमश जाति प्रथा÷बलि प्रथा, दाइजो प्रथा, छुवाछुत प्रथा ÷ कटुवाले प्रथा ÷ कचहरी प्रथा तथा सती प्रथा ÷ मुखिया प्रथाको अस्तित्व अध्ययनीय कथामा देखिएको छ । धौलागिरी क्षेत्रमा प्रचलित लोककथामा स्थानीयताको अभिव्यक्ति कुन रूपमा भएको छ भन्ने शोधप्रश्न (ग) का सन्दर्भमा अध्ययनीय लोककथाहरूको मूल्याङकन गर्दा स्थानीय भूगोल, स्थानीय समाज र स्थानीय भाषाको प्रभाव व्यापक रूपमा रहेको निष्कर्ष प्राप्त भएको छ । ती लोककथाले त्यहाँका लोकको स्थानीय भूगोलका प्राकृतिक आकृति, नदी, खोला, हावापानी, खेतीपाती, जलाशय, वनस्पति, जीवजन्तु र गाउँबस्तीसँग रहेको सम्बन्धलाई अभिव्यक्त गरेका छन । लोककथाले स्थानीय समाजको संरचनाका मुख्य आधारका रूपमा रहेका पारिवारिक अवस्था, शासन व्यवस्था, वर्गीयता, जाति—जनजातीयता तथा धार्मिकतालाई अगाडि ल्याएका छन । मान्छेको प्रारम्भिक अवस्थाको यायावरीय जीवन, मातृसत्ताबाट पितृसत्तात्मक समाज व्यवस्थातिर ढल्केको समाज, सिकारी युग, कृषि युग, क्रान्ति युग र ती युगअनुसारका जीवनपद्धति तथा व्यवस्थाको प्रतिविम्बन लोककथाहरूमा भएको छ । यहाँको समाजमा संयुक्त र एकल दुबै प्रकारका परिवारको अस्तित्व देखा परेको र हाडनाता विवाहमा आधारित परिवार व्यवस्थाको विरोध हुन थालेको, सामूहिक विवाहमा आधारित परिवार, युगल परिवार एवम एकनिष्ठ परिवार व्यवस्था समाजमा कायम रहेको जस्ता कुरा यहाँका लोककथामा फेला परेका छन । यहाँका कतिपय लोककथामा उच्च वर्ग र निम्न वर्गका बिच अन्तर्विरोध रहे पनि अन्याय विरुद्धको सङघर्ष मानव पात्रबाट नहुनु तथा कुनै कुनै लोककथामा पशु र वस्तु पात्रका माध्यमबाट प्रतीकात्मक रूपमा अन्यायको विरोध हुनुले मानव चेतनाको कमजोर अवस्था प्रतिविम्बित छ । यहाँका लोककथामा वर्णित समाजमा प्रमुखतः प्रकृतिपूजक बोनधर्म र बौद्धधर्मसँग सम्बन्धित मूल रैथाने आदिवासी जनजातिमध्येका मगर र ल्होपा तथा हिन्दु वर्णाश्रम व्यवस्थाका चार जातमध्येका ब्राह्मण जातसँग सम्बन्धित पण्डित र ज्योतिषी एवम कथित शूद्र जातका कामी र दमाईको बसोबास रहेको पाइएको छ जहाँ सामाजिक सदभावपूर्ण अवस्था विद्यमान छ । यहाँका लोककथाका शब्द, वाक्य, उखान र टुक्कामा स्थानीयपना रहेको तथा तिनमा आफ्नै रैथाने शब्दहरूको ठुलो सङख्यामा प्रयोग हुनु र कतिपय तदभव र आगन्तुक शब्दलाई स्थानीयपनाले युक्त तुल्याई प्रयोग गर्ने काम हुनुले भाषामा लौकिक विशेषता थपिएको पाइन्छ । धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा प्रतिविम्बित लोकतत्वको अध्ययन हालसम्म नभएको स्थितिमा प्रस्तुत अध्ययनले त्यहाँका मगर र ल्होपा समुदायका लोककथामा विद्यमान लोकविश्वास, लोकरीतिरिवाज र प्रथा तथा स्थानीयता जस्ता लोकतŒवलाई प्रकाशमा ल्याएको छ । यही नै प्रस्तुत शोधकार्यको ज्ञानका क्षेत्रमा नवीन योगदान भएको छ ।

Description

Citation

Collections