संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन { Sasthagta bidhayalayako saikshik bebasthapan
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत अध्ययन संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन भन्ने शिर्षकमा तयार गरिएको हो । यस
अध्ययनको प्रमुख उद्देश्य भने को संस्थागत विद्यालयको शैक्षिक विकास तथा व्यवस्थापनमा
वि.व्य.स. अध्यक्ष तथा प्रधानाध्यापकको भूमिका के कस्तो रहेको छ भनि हेर्नु हो । यस अध्ययनको
लागि आवश्यक पर्ने तथ्याङ्क प्राथमिक स्रोतबाट संकलन गरिएको छ जसको लागि प्रश्नावली ,
अन्र्तवार्ता र छलफल जस्ता स्रोतहरुबाट तथ्याङ्क संकलन गरिएको छ । यस अध्ययनको क्रममा
विभिन्न प्रश्नावली तयार गरी विद्यार्थी , प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट
तथ्याङ संकलन गरिएको छ ।
यस अध्ययनबाट विद्यालयको विकास तथा व्यवस्थापनमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन
समिति अध्यक्षको भुमिका खासै महत्वपूर्ण पाइएको छैन । विद्यालय भने को ज्ञान आर्जन गर्ने ठाउँ हो
तर संस्थागत विद्यालय नाफामुखी भएको कारणले शिक्षा प्रदान गर्नु भन्दा नाफा आर्जन तर्फ संस्था
अग्रसर भएको पाइयो ।
संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन तथा विकासमा आइपरेका समस्याहरु समाधान गर्नको
लागि विभिन्न छलफल कार्यक्रम, तालिम कार्यक्रम सञ्चालन गर्दै आउने दिनमा अगाडी बढनु पर्ने
देखिन्छ । अझै संस्थागत विद्यालयको व्यवस्थापन तथा विकासको लागि प्रधानाध्यापक, विद्यालय
व्यवस्थापन समिति अध्यक्ष, विभिन्न सरोकारवाला, अभिभावकहरुबिच दोहोरो सञ्चार कार्यक्रम
संचालन आवश्यक देखियो । त्यस्तै विद्यालयको विकासको लागि विभिन्न समस्याहरु समाधान गर्दे
अघि बढ्नु पर्दछ जसको लागि नीतिगत तह, अनुसन्धान तह र कार्यान्वयन तह गरि तीन
किसिमबाट विभाजन गरि व्याख्या गरिएको छ ।
