शिक्षण–सिकाइमा किताब कुनाको प्रयोग {Sikshyan sikaima kitab kunako prayog}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

यस शोध अध्ययनको शिर्षक शिक्षण सिकाइमा किताव कुनाको प्रयोग राखिएका छ । यो शोध अध्ययनको मुख्य उद्दश्य यस प्रकार रहेका छन ः क) शिक्षाका सिकाइमा किताव कुनाको प्रयोगको स्थिति पहिचान गर्नु । ख) किताव कुनालाई प्रभाव पार्ने तत्वहरु पहिल्याउनु । ग) किताव कुनाको प्रयोगमा देखिएका समस्या पहिल्याउनु । घ) किताव कुनाको प्रयोगलाई प्रभावकारी बनाउने उपाय सुझाउनको लागि शोध अध्ययन अगाडि बढाइएको छ । यस अध्ययनलाई पूर्णता प्रदान गर्न शिक्षा र सिकाइमा किताव कुनाको प्रयोगले परेका प्रभावको अवस्था, समस्याको व्याख्या विश्लेषण गर्नु पर्ने भएकोले गुणात्मक अनुसन्धान ढाँचा र शिक्षण सिकाईमा किताव कुनाको प्रयोगले परेको असरको लेखाजोखा गर्न कक्षाकोठाको संख्या, विद्यार्थीको संख्या, प्र.अ. अभिभावक, विद्यार्थी आदिको साथै सिकाइ उपलव्धिको विश्लेषण गर्न परिमाणात्मक विधि समेत प्रयोग गर्नु पर्ने भएकोले गुणात्मक र परिणात्मक दुवै विधिको प्रयोग गरी व्याख्यात्मक तथा विश्लषणात्मक विधिद्वारा अनुसन्धानपूर्ण गरिएको छ । यो अनुसन्धान पूर्ण गर्न एफ.डव्लु.टेलरको बैज्ञानिक व्यवस्थापनको सिद्धान्त र ब्रुनरको संज्ञानात्मक बृद्धिको सिद्धान्तलाइ सैद्धान्तिक आधारको रुपमा लिइएको छ । अर्को तर्फ यस अध्ययनलाई पुर्णता प्रदान गर्न उद्देश्य पूणर््ानुमना विधि प्रयोग गरी विद्यालयका कक्षा कोठाहरु, सम्वन्धित विद्यालयका तत् तत् कोठामा अध्ययन गर्ने वालवालिकाहरु मध्ये बाट प्रत्येक कक्षा कोठाबाट नियमित उपस्थिति हुने न्युन उपस्थिती हुने र किताव कुनाको प्रयोगमा सक्रिय सहभागीता देखाउने छात्र छात्रा गरी १८÷१८जना गरी ३६ जना सक्रिय अभिभावक २÷२ जना गरी ४ जना , वि.व्य.स. का अध्यक्ष १÷१ जनागरी २ जना, शिक्षक अभिभावक संघका अध्यक्ष १÷१ जना गरी २ जना समेत जम्मा ५२ जनाका नमुना छनौट गरी शोध अध्ययन अगाडी बढाइएको छ । यस शोध अध्ययन लाई अगाडी बढाउन तथ्याङक संकलनका लागि प्राथमिक श्रोत अन्तर्गत, खुल्ला प्रश्नावली, अन्तवार्ता अुनसुची, निर्देशिका प्रश्नावली तथा सहायक द्वितिय श्रोत अन्तर्गत विद्यालयद्वारा अभिलेख गरिएका बैठक पुस्तिका चार्ट,ग्राफ र विभिन्न प्रकाशित, अप्रकाशित पुस्तक, लेख आदिको सहायता लिई यो शोध पत्रलाई पुर्णता प्रदान गरिएको छ । यस शोध अध्ययनबाट प्रत्येक विद्यालयमा शिक्षण सिकाइमा किताव कुनाको पयोगको लागि सन्दर्भ सामग्रीहरुलाई व्यवस्थापन गर्न टिनका बाकस, बुककेश, ¥याक, दराज, टेवल र डोरीहरुको प्रयोग भएको पाइयो । त्यसैगरी बाल कुनामा बाल चित्रकला, बाल कथा, बाल कविता, गणितीयतथा विज्ञान लेख सामग्री र शिक्षक तथा विद्यार्थी निर्मित सन्दर्भ सामग्रीहरु रहेको पाइयो । साथै गणितीय तथा विज्ञानलेख सन्दर्भ सामग्री अन्य सन्दभ सामग्री भन्दा न्युन रहेको पाइयो । किताव कुनाको प्रयोग बाट अन्य विषयहरुको सिकाइ उपलव्धी सुधार आएको भएता पनि गणित विषयमा न्युन उपलव्धिको अवस्था पाइयो । किताव कुनामा गणितीय तथा विज्ञानका सामग्री प्रर्याप्त नभएका, शिक्षक तालिम, सुपरीवेक्षणको अभाव र भौतिक सामाग्रीहरु व्यवस्थापनमा कठिनाई रहेको पाइयो । शिक्षण सिकाइमा बालकुनाको प्रयोगको प्रभावकारीता बढाइ सिकाई उपलव्धी बृद्धि गर्न समुदायमा बाल कुना सम्वन्धि सचेतना कार्यक्रम गनुपर्ने, विद्यार्थी कन्द्रित शिक्षण विधि अपनाउनु पर्ने , शिक्षकलाई तालिमका व्यवस्था हुनु पर्ने, आर्थिक श्रोत बृद्धि गरी सन्दर्भ सामग्री थप गर्नु पर्ने साथै भौतिक सामग्रीको समेत व्यवस्थापन गर्नु पर्ने र यस को लागि पहिलो राज्य पक्ष जिम्मेवार हुनुपर्ने, समुदाय, विद्यालय प्रशासनको मुख्य व्यतिmत्व प्र.अ.विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र समुदाय आदिले किताव कुनाको प्रवन्ध, संचालन र कार्यान्वयनमा सक्रिय भूमिक ानिर्वाह गर्नुपर्ने सुझावहरु यस शोधमा समावेश गरिएका छन ।

Description

Citation