प्राथमिककालीन नेपाली काव्यमा संस्कृति

dc.contributor.advisorनारायणप्रसाद गडतौला
dc.contributor.authorभट्टराई, बद्रीप्रसाद
dc.date.accessioned2026-06-25T09:45:59Z
dc.date.available2026-06-25T09:45:59Z
dc.date.issued2025
dc.description.abstractनेपाली काव्यपरम्पराका प्राथमिककाल, माध्यमिककाल र आधुनिककालमध्ये प्राथमिककालीन नेपाली काव्यहरूमा हालसम्म विधागत धाराविभाजन, कवि र काव्यप्रवृत्ति, कवित्वका विश्लेषण, छन्दविधान, एक कृतिको अर्को कृतिसँग तुलना, विकासक्रम, इतिहास, परम्परा, लय, वर्णविन्यास र रससम्बद्ध अध्ययन भएका छन । रेमन्ड विलियम्स, लुइस अल्थुसर, एन्टोनियो ग्राम्सीजस्ता चिन्तकका प्रभुत्व, श्रेणीकरण, विचारधारा र प्रतिनिधित्वका सांस्कृतिक चेतनाको प्रभुत्वशाली तथा प्रतिप्रभुत्वशाली मान्यताको व्याख्यात्मक तथा विश्लेषणात्मक पद्दतिमा आधारित भइ वर्गीय, जातीय, लैङगिक, धार्मिक आस्था र विश्वासको संस्कतिको समग्र अध्ययन हालसम्म नभएको हुँदा यो नै प्रस्तुत अध्ययनको मुख्य अनुसन्धेय समस्या हो । यस समस्या समाधानका लागि प्रस्तुत शोधकार्यमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त वर्गीय संस्कृतिको विवेचना गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त जातीय संस्कृतिको विश्लेषण गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त लैङगिक संस्कृति विश्लेषण गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त धार्मिक आस्था र विश्वासको संस्कतिको मूल्याङकन गर्नुजस्ता उद्देश्यहरू निर्धारण गरिएका छन । प्रस्तुत अध्ययनको परिच्छद दुईमा प्राथमिककालीन नेपाली काव्यमा वर्गीय संस्कृति केकस्तो छ भन्ने शोध समस्याको समाधान गरिएको छ । उक्त कालमा नेपाली काव्यमा अभिव्यक्त भएको वर्गीय संस्कृतिमा शासक वर्गीय युद्ध संस्कृति, शासक वर्गीय श्रेष्ठता र शासित वर्गमाथि प्रभुत्व स्थापना, शासक वर्गीय सामाजिक संस्कृति, अधीनस्थ शासित वर्गमा मौनताको संस्कृति, अधीनस्थ शासित वर्गमा समर्पणको संस्कृति र प्रभत्वशाली उत्पीडनका विरूद्ध प्रतिप्रभुत्वशाली वर्गीय स्वतन्त्रताको चेतनाका प्रभुत्वशाली तथा प्रतिप्रभुत्वशाली संस्कृति रहेका छन । पृथ्वीन्द्रोदय, भाषारामायण महाकाव्य र प्रश्नोत्तरमाला, स्तुति–पद्य र श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यमा वर्गीय संस्कृतिमा विभिन्न वर्गको संलग्नता रहेको भए तापनि राज्यसत्ता र राज्यशासनसँग नजिक रहन सफल रहेको देवता र शासक वर्गको संस्कृतिले नै प्रभुत्वशाली वर्गीय संस्कृतिको रूप लिन सफल रहेको छ । देवता र शासक वर्गको राज्य सञ्चालन क्षमतामा प्रभुत्व रहेर देवाता र शासक वर्गको प्रभुत्वशाली वर्गीय संस्कृति रहको अध्ययनबाट प्राप्त हुन आएको छ । बाँदर, राक्षस र शासित वर्गले प्रभत्वशाली वर्गको संस्कतिको समर्थन वा उत्पीडनको विरुद्धमा आवाज उठाए तापनि यिनीहरूको वर्गीय संस्कृति अधीनस्थ भइ अवशिष्ट बनेको छ । प्रस्तुत अध्ययनको परिच्छेद तीनमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त जातीय संस्कृतिको विश्लेषण गरिएको छ । उक्त कालमा पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, स्तुति पद्य, श्रीकृष्णचरित्र (पूर्वार्ध) र उदयलहरी लघकाव्यहरूमा विभिन्न जातिको संलग्नता रहेको भए तापनि प्रभुत्वशाली राज्यसत्ता र राज्यशासनसँग नजिक रहन सफल रहेको देवता, ब्राह्मण र क्षत्री जातिको संस्कृतिले नै प्रभुत्वशाली जातीय संस्कृतिको रूप लिन सफल रहेको छ । देवता, ब्राह्मण जातिको ज्ञान र क्षत्रीको राज्य सञ्चालन क्षमतामा प्रभुत्व रहेर देवता, ब्राह्मण र क्षत्री जातिको प्रभुत्वशाली जातीय संस्कृति रहेको पाइएको छ । बाँदर, राक्षस, गृदध्र, जटायु, भालु, वैश्य, शूद्र जातिले प्रभुत्वशाली जातिको संस्कतिको समर्थन वा उत्पीडनको विरुद्धमा आवाज उठाए तापनि यिनीहरूको जातीय संस्कति अधीनस्थ रहेको छ । प्रस्तुत अध्ययनको परिच्छेद चारमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त लैङगिक संस्कृतिको विश्लेषण गरिएको छ । उक्त कालमा मदन दीपिका, पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, वधूशिक्षा, रामायण सुन्दरकाण्ड, कृष्णचरित्र, स्तुति पद्य, श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यहरूमा लैङगिक सम्बन्धको संस्कति रहेको छ । प्रस्तुत काव्यमा पुरुषले नारीलाई आफ्नो अधीनस्थ राख्न सफल रहेकाले पुरुषको संस्कृति प्रभुत्वशाली र नारीको संस्कृति अधीनस्थ बनेको छ । प्रस्तुत अध्ययनको परिच्छद पाँचमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त धार्मिक आस्था र विश्वास संस्कतिको विश्लेषण गरिएको छ । उक्त कालमा पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, भक्तमाला, रामायण सुन्दरकाण्ड, कृष्णचरित्र, स्तुति पद्य र श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यहरूमा धार्मिक आस्था र विश्वासको संस्कतिमा शासकले शासितलाई आफ्नो अधीनस्थ राख्न सफल रहेकाले राम, कृष्ण, पृथ्वीनारायण शाहका माध्यमबाट देवता र ब्राह्मणको हिन्दु धार्मिक मान्यताको संस्कति प्रभुत्वशाली र बाँदर, राक्षस सीख, मुसलमान, फिरङ्गी, गरिबपरवर, अल्लाह र शासितको संस्कृति अवशिष्ट बनेको पाइएको छ । प्राथमिककालीन नेपाली काव्यमा संस्कृति शीर्षकको प्रस्तुत शोधकार्यबाट प्राथमिककालीन नेपाली काव्यमा वर्गीय संस्कृतिका राम, कृष्ण, पृथ्वीनारायण शाहजस्ता शासक वर्गको प्रभत्व रहेर शासित वर्गको संस्कति अधीनस्थ बनेको, जातीय संस्कृतिमा देवता, ब्राह्मण र क्षत्रीजस्ता शासक जातिको प्रभुत्व रहेर शासित जातिको संस्कृति अधीनस्थ बनेको, लैङगिक संस्कृतिमा पुरुषको प्रभत्व रहेर नारी अधीनस्थ बनेको तथा धार्मिक आस्था र विश्वासको संस्कृतिमा राम, कृष्ण र शासक राजालाइ ईश्वरीय रूपमा स्वीकार गर्दा हिन्दु धार्मिक आस्था र विश्वासका शासक प्रभत्वमा रहेर शासितको धार्मिक आस्था र विश्वास अधीनस्थ बनेको पाइएको छ । यही नै ज्ञानका क्षेत्रमा यसको प्रमुख योगदान हो । प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त वर्गीय, जातीय, लैङगिक र धार्मिक आस्था र विश्वासको संस्कृतिको अध्ययनलाई स्थापित गर्नु, माध्यमिककाल र आधुनिककालको संस्कृतिको पहिचान र विश्लेषणको आधार सामग्री संस्कृति अध्ययनलाई प्रदान गर्नु यसको थप योगदान रहन गएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27077
dc.language.isone
dc.subjectनेपाली काव्य
dc.subjectधार्मिक आस्था
dc.titleप्राथमिककालीन नेपाली काव्यमा संस्कृति
dc.typeThesis
local.academic.levelPh.D.
local.institute.titleCentral Department of Education

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
2.01 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections