सिन्धुली जिल्लाका निजी तथा सरकारी विद्यालयका कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Who Have Passed Class 6 in Private and Government Schools of Sindhuli Distric}

dc.contributor.authorथापा Thapa, देव विक्रम Dev Bikram
dc.date.accessioned2022-01-25T04:41:15Z
dc.date.available2022-01-25T04:41:15Z
dc.date.issued2010
dc.description.abstractशोधशीर्षक ः सिन्धुली जिल्लाका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुको पठनबोध क्षमताको अध्ययन शोधार्थी ः देवविक्रम थापा शोधनिर्देशक ः उप. प्राध्यापक अर्जुुनप्रसाद पौडेल विभाग क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली शैक्षिक वर्ष ः २०६४–२०६६ पृष्ठ सङ्ख्या ः ५२+२१ अध्याय ः पाँच शोधको उद्देश्यः क) सिन्धुली जिल्लाका निजी तथा सरकारी विद्यालयका कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुको पठनबोेध क्षमता पहिचान गर्नु, ख) सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुमा पाईने तुलनात्मक स्थिति पत्ता लगाउनु, ग) कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुको भाषिक पृष्ठभूमिका आधारमा पठनबोध क्षमता पहिल्याउनु, घ) कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुको दृष्टांश तथा अदृष्टांश पाठ्य उद्धरणका बीच पठनबोध क्षमता पहिल्याउनु, ङ) पठनबोध क्षमता अभिवृद्धिका लागि आवश्यक सुझाव दिनु । शोधको सीमाः प्रस्तुत अध्ययन सिन्धुली जिल्लाका सरकारी तथा निजी गरी जम्मा ६ वटा विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई विभिन्न आधारहरु भाषिक, लैङ्गिक, विद्यालयको प्रकार (क्षेत्र) को आधारमा पठनबोध क्षमता साथै ती विद्यार्थीहरुका बीच तुलनात्मक अध्ययन र परीक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण सीमित रहेको छ । निष्कर्षः १. समग्र पठनबोध क्षमतामा विद्यार्थीहरुको पठनबोध क्षमताको मध्यमानलाई आधारमानी हेर्दा मध्यमानभन्दा तल कम प्रतिशत र मध्यमानभन्दा माथि बढी प्रतिशत विद्यार्थीहरु देखिनुले समग्र विद्यार्थीहरुको पठनबोध क्षमता सन्तोषजनक नै देखिन्छ , २. समग्र विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमताको स्थितिलाई प्रतिशतका आधारमा गणना गर्दा ५० प्रतिशतभन्दा माथि पठनबोध क्षमता भएका विद्यार्थीहरुको प्रतिशत अधिक रहेकोले विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता उच्च रहेको पाइन्छ , ३. समग्र विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमताको अवस्थालाई मध्यमानका आधारमा हेर्दा मध्यमानभन्दा माथि र तलको अन्तर हेर्दा १२ प्रतिशत बढी विद्यार्थीहरु मध्यमानभन्दा माथि रहेकाले विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता सन्तोषजनक रहेको पाइन्छ , ४. समग्र विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमता मध्यमानका आधारमा हेर्दा मध्यमानभन्दा माथि विद्यार्थीहरुको सङ्ख्या बढी प्रतिशत देखिएकाले अदृष्टांश पठनबोध क्षमता सन्तोषजनक रहेको देखिन्छ , ५. समग्र विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमताको स्थितिलाई प्रतिशताङ्कमा गणना गर्दा ५० प्रतिशतभन्दा माथि धेरै र ७५ प्रतिशतभन्दा तल थोरै पठनबोध क्षमता भएका विद्यार्थीहरुको प्रतिशत रहेकाले समग्र विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमता चित्तबुझ्दो नै रहेको देखिन्छ , ६. समग्र विद्यार्थीहरुको दृष्टांश र अदृष्टांश पठनबोध क्षमताको स्थितिलाई तुलनात्मक रुपमा विश्लेषण गर्दा दृष्टांश पठनबोध क्षमताको मध्यमान अदृष्टांश पठनबोध क्षमताको मध्यमानभन्दा ०.५३ ले बढी देखिनुले दृष्टांश पठनबोध क्षमता अदृष्टांश पठनबोध क्षमताभन्दा केही सन्तोषजनक देखिए पनि खासै अन्तर भने देखिँदैन , ७. समग्र मध्यमानलाई आधारमानी समूहगत रुपमा विद्यालयको प्रकृतिका आधारमा हेर्दा निजी विद्यालयका विद्यार्थीहरु मध्यमानभन्दा माथि बहुसङ्ख्यक र सरकारी विद्यालयतर्फका विद्यार्थीहरु मध्यमानभन्दा तल बहुसङ्ख्यक रहनुले निजी विद्यालयका विद्यार्थीहरुको पठनबोध क्षमता सन्तोषजनक देखिन्छ भने सरकारी विद्यालयतर्फका विद्यार्थीहरुको समग्र पठनबोध क्षमता त्यति चित्तबुझ्दो रहेको देखिँदैन , ८. विद्यार्थीहरुलाई लैङ्गिक समूहमा बाँडेर हेर्दा समग्र छात्र विद्यार्थीहरुको पठनबोध क्षमतालाई समग्र मध्यमानका आधारमा हेर्दा छात्रहरुको मध्यमान ६५.४१ रहेको र छात्राहरुको मध्यमान ५९.५८ रहेकाले छात्रा समूहका विद्यार्थीहरुको पठनबोध क्षमता कमजोर रहेको देखिन्छ भने ०.०५ सार्थकता हेर्दा दुबैको पठनबोध क्षमतामा अन्तर भने देखिँदैन , ९. भाषिक पृष्ठभूमिका आधारमा समग्र मध्यमानका आधारमा हेर्दा नेपाली मातृभाषी विद्यार्थीहरुको पठनबोध क्षमता नेपाली दोस्रो भाषीका विद्यार्थीहरुकोभन्दा ५.८७ ले बढी रहनुले नेपाली दोस्रो भाषी विद्यार्थीहरुको पठनबोध क्षमता कमजोर रहेको पाइयो, १०. विद्यालयको प्रकृतिका आधारमा निजी र सरकारी विद्यालयतर्फका विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमतालाई समग्र दृष्टांश मध्यमानका आधारमा विश्लेषण गर्दा सरकारी विद्यालयतर्फका विद्यार्थीहरुको दृष्टांश पठनबोधभन्दा निजी विद्यालयतर्फका विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता उच्च रहेको देखिन्छ , ११. लैङ्गिक दृष्टिले छात्र र छात्रा विद्यार्थीसमूहको दृष्टांश पठनबोध क्षमता समग्र दृष्टांश मध्यमानका आधारमा हेर्दा छात्र विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमताको स्थिति सामान्य देखिन्छ भने छात्रा समूहका विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता उच्च रहेको देखिन्छ , १२. भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमतालाई हेर्दा नेपाली मातृभाषीतर्फ बहुसङ्ख्यक विद्यार्थीहरु मध्यमानभन्दा माथि र दोस्रो नेपार्ली भाषीतर्फ अल्पसङ्ख्यक विद्यार्थीहरुको मात्र पठनबोध क्षमता मध्यमानभन्दा माथि देखिनुले नेपाली मातृभाषी विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता उच्च देखिन्छ भने दोस्रो नेपाली भाषी विद्यार्थीहरुको दृष्टांश पठनबोध क्षमता कमजोर रहेको देखिन्छ , १३. विद्यालयको प्रकृतिका आधारमा निजी र सरकारी विद्यालयतर्फका विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमतालाई समग्र अदृष्टांश मध्यमानका आधारमा विश्लेषण गर्दा निजी विद्यालयतर्फका विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमता सन्तोषजनक रहेको पाइन्छ भने सार्वजनिक विद्यालयतर्फका विद्यार्थीहरुको पठनबोध क्षमता सामान्य रहेको पाइन्छ, १४. लैङ्गिक दृष्टिले हेर्दा छात्र र छात्रा विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमतालाई समग्र अदृष्टांश मध्यमानका आधारमा विश्लेषण गर्दा छात्रा विद्यार्थीहरुको पठनबोध क्षमता सामान्य देखिन्छ भने छात्र विद्यार्थीहरुको पठनबोध क्षमता मध्यमानभन्दा माथि बहुसङ्ख्यक र मध्यमानभन्दा तल अल्पसङ्ख्यक विद्यार्थीहरु रहनुले उनीहरुको अदृष्टांश पठनबोध क्षमता सन्तोषजनक नै देखिन्छ , १५. भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमतालाई समग्र अदृष्टांश मध्यमानका आधारमा विश्लेषण गर्दा दोस्रो नेपाली भाषी विद्यार्थीहरुको तुलनामा नेपाली मातृभाषी विद्यार्थीहरुको अदृष्टांश पठनबोध क्षमता उच्च रहेको पाइएता पनि समग्र मानक विचलन ६.०३ लाई हेर्दा नेपाली मातृभाषी विद्यार्थीहरु र दोस्रो नेपाली भाषी विद्यार्थीहरुको पठनबोध क्षमतामा एकरुपता देखिन्छ , १६. समग्र पठनबोध क्षमतामा विद्यालयको प्रकृतिका आधारमा हेर्दा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको पठनबोध क्षमतामा सार्थक अन्तर पाइन्छ । श् को मान ०.०५ सार्थक तहभन्दा बढी हुनुले तल उक्त कुराको पुष्टि हुन्छ , १७. समग्र पठनबोध क्षमता लैङ्गिक आधारमा हेर्दा छात्र र छात्राबीच पठनबोध क्षमतामा सार्थक अन्तर पाइँदैन । श् को मान ०.०५ सार्थक तहभन्दा तल हुनुले उक्त कुराको पुष्टि हुन्छ , १८. समग्र पठनबोध क्षमतामा भाषिक पृष्ठभूमिका आधारमा हेर्दा नेपाली मातृभाषी र दोस्रो नेपाली भाषी विद्यार्थीहरुका बीच पठनबोध क्षमतामा अन्तर देखिन्छ । श् को मान ०.०५ सार्थक तहभन्दा बढी हुनुले उक्त कुराको पुष्टि हुन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7652
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, नेपाली भाषाen_US
dc.subjectपठनबोध क्षमता Reading comprehensionen_US
dc.subjectतुलनात्मक स्थिति Comparative positionen_US
dc.subjectभाषिक पृष्ठभूमि Linguistic backgrounden_US
dc.titleसिन्धुली जिल्लाका निजी तथा सरकारी विद्यालयका कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Who Have Passed Class 6 in Private and Government Schools of Sindhuli Distric}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
thesis.docx
Size:
127.36 KB
Format:
Microsoft Word XML

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: